ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 28, 2009

कांग्रेस नेताको सुरक्षामा पाँच सय प्रहरी


विष्णु पौडेल/ नयाँ पत्रिका

कांग्रेसका सात नेतालाई सुरक्षा प्रदान गर्न मंगलबार चितवनमा पाँच सय प्रहरी परिचालन गरिएको छ । त्यतिले नपुगेर उनीहरूको सुरक्षाका लागि राजधानीबाट 'क्लोज प्रोटेक्सन युनिट'समेत मगाइएको छ । तरुण दलको ५६औँ स्थापना दिवसका
अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन कांग्रेसका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, सिँचाइमन्त्री बालकृष्ण खाँण, केन्द्रीय सदस्य शशांक कोइराला, युवानेता गगन थापा, चन्द्र भण्डारी, तरुण दल अध्यक्ष महेन्द्र यादव, प्रदीप पौडेललगायत नेता मंगलबार बिहान १२ बजे बुद्ध एयरबाट चितवन आइपुगेका थिए । मन्त्री र नेताको सुरक्षाका लागि तीन सय २५ जनपद तथा एक सय ७५ सशस्त्र प्रहरी र काठमाडौंबाट आएको 'क्लोज प्रोटेक्सन युनिट' दिनभर खटिएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले मात्र सुरक्षा दिन नसकेपछि काठमाडौंबाट आएको क्लोज प्रोटेक्सन युनिट परिचालन गरेको प्रमुख जिल्ला अधिकारी महेश्वर न्यौपानेले बताए । नेताहरूलाई सशस्त्र प्रहरीको एक, नेपाल प्रहरीको दुईवटा गाडीले स्कर्टिङ गरेको थियो ।
मन्त्रीसहित कांग्रेस नेताहरू चितवन आउने खबर पाएपछि प्रमुख प्रतिपक्ष माओवादीका कार्यकर्ता बिहानैदेखि हातमा कालोझन्डा र बाँसको लाठी लिएर नारायणगढ क्याम्पचौरमा भेला भएका थिए । उनीहरू निधारमा कालो फेटा, एउटा हातमा कटबासको लठ्ठी र त्यही लठ्ठीमा कालोझन्डा बाँधेर विरोध प्रदर्शन गरिरहेका थिए । मन्त्रीसहित कांग्रेस नेताहरू कार्यक्रमस्थल नारायणी कलामन्दिर प्रवेश गर्ने वेलामा माओवादी कार्यकर्ता र प्रहरीबीच दोहोरो झडपसमेत भएको थियो । झडपमा आफ्ना ६ जना कार्यकर्ता घाइते भएको माओवादी चितवनले जनाएको छ । मन्दिरपरिसरमा कांग्रेस र माओवादी कार्यकर्ताबीच ढुंगा हानाहानसमेत भएको थियो ।
माओवादी कार्यकर्ताले सिँचाइमन्त्री बालकृष्ण खाँण चढेको बा६च १०२५ नम्बरको गाडी र प्रहरीको बा१ग २१६४ नम्बरको गाडीसमेत तोडफोड गरेका छन् । चितवन घटनाको नेपाली कांग्रेसले विज्ञप्तिमार्फत भत्र्सना गरेको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by