ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 25, 2009

एमाले र माओवादीबीच नयाँ सहमति

काठमाडौं, ८ कार्तिक (दैनिकी)

नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच साझा संकल्प प्रस्तावमा राष्ट्रपतिको कदमलाई अप्रत्क्षरुपमा समेट्ने सहमति भएको छ । आइतबार बिहान भएको दुइदलीय कार्यदलबीच बिहान भएको छलफलमा राष्ट्रपति कदमलाई गलत भएको साझा संकल्प प्रस्तावमा उल्लेख नगर्ने तर क्षेत्राधिकार सच्याउन संविधान संसोधन गर्ने सहमति बनेको छ ।  राजधानीको बानेश्वरमा एक माओवादी नेताको घरमा भएको छलफलमा साझा संकल्प प्रस्तावमा राष्ट्रपतिको कदमका विषयमा राख्न सकिने शब्दका विषयमा सहमतिको नजिक पुगेको भेटमा सहभागि एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनु भएको छ । उहाँले आजै ३ दलको वैठकबाट साझा संकल्प प्रस्तावलाई टुङग्याउने र सबै विषय प्याकेजमा समाधान गर्नुपर्ने विषयमा सहमति बनेको पनि बताउनु भयो । 

माओवादीले एमालेलाई ३ दलको वैठक बस्नुअघि कांग्रेससँग् छलफल गर्न आग्रह गरेको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by