ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 25, 2009

'राष्ट्र सङ्घसमेत असफल हुने खतरा'

काठमाडौं, कात्तिक ८ (नागरिक)- 
नेपालस्थित अनमिन प्रमुख करिन ल्यानग्रेनले नेताहरुसँग भेटेर वर्तमान राजनीतिक अवस्थाबारे चिन्ता व्यक्त गरेकी छन्। उनी वर्तमान नेपाली अवस्थाबारे निकै चिन्तित रहेको भेटघाटका क्रममा देखिएको एमाले अध्यक्ष झलनाथ खनालले बताए। संविधान निर्माण र शान्ति प्रक्रियामा देखिएको अवरोधले यस प्रक्रियामा सघाइरहेको संयुक्त राष्ट्र सङ्घ नै असफल हुने सम्भावना देखिएको भनाइ पनि खनालको थियो। 

शान्ति सम्झौताका बुँदा फेर्ने रक्षा मन्त्रीको भनाइप्रति असहमित जनाउँदै उनले यसले शान्ति प्रक्रिया बिथोलिन सक्ने धारणा पनि राखे। भएकै बुँदा लागू नभइरहेको अवस्थामा मौजुदा बुँदा परिवर्तनको अर्थ नभएको भनाइ उनको थियो।

उनले शान्ति प्रक्रिया र माओवादी लडाकु समायोजन सम्बन्धमा आज माओवादी र एमाले अध्यक्षसँग भेटघाट गरेकी थिइन।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by