ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 26, 2009

सरकार कसैले ढाल्न सक्दैन : अध्यक्ष राणा

काठमाडौं, कात्तिक ९ (नागरिक) - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले माधवकुमार नेपाल नेतृत्वको सरकारलाई २२ दलको समर्थन भएकाले एकिकृत माओवादीले ढाल्न नसक्ने दाबी गरेका छन् । 'माओवादीले सडकमा उफ्रिएको भरमा सरकार ढल्दैन,' अध्यक्ष राणाले सोमबार रिपोर्टर्स क्लबमा भने,'माओवादीसंग सामर्थ्य छ भने अविश्वासको प्रस्ताव ल्याएर देखाओस् ।' सडक र सदन अवरुद्ध पारेर माओवादीले जनतालाई दुःख दिइरहेको टिप्पणी पनि उनले गरे । लोकतान्त्रिक पद्धति विपरित माओवादी गतिविधि निर्देशित रहेको आरोप राणाले लगाए । बहुमत पुर्‍याउन नसक्ने देखेपछि माओवादीले जताततै अवरोध सृजना गरेको बताए ।
राणाले आफू हुँदा ठिक र अरु हुँदा बेठिक भन्ने सोच त्याग्न माओवादीलाई सुझाव दिए। माओवादीले संसदीय लोकतान्त्रिक प्रणालीलाई बुझ्न नसकेको टिप्पणी राणाले गरे। अध्यक्ष राणाले सहमतिको पहल भइरहँदा एकाएक सरकार परिवर्तनको प्रस्ताव ल्याएर आर्श्चर्यचकित पारेको बताए।

माओवादीले नागरिक सर्वोच्चताको जतिसुकै नारा उठाएपनि केन्द्रीय उद्देश्य सत्ता प्राप्तिनै भएको प्रष्ट भएको बताए । उनले भने,'माआवादीको मुख्य उद्देश्य सत्ता प्राप्ति हो ।'

एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेको एकाधिकार शैलीले समस्या थपेको आरोप लगाए । उनले भने,'अरुसंग छलफलै नगरी सर्वेर्सवा हुने तीन दलको प्रवृत्तिले समस्या ल्याएको हो।'

राणाले माओवादी लडाकुलाई सेनामा नभई समाजका विभिन्न निकायमा समायोजन गर्नुपर्ने प्रष्ट पारे।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by