ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 28, 2009

आतंककारी सूचीबाट हटाउन माओवादीको आग्रह/दाहाल-अमेरिकी राजदूत भेट

काठमाडौ, २०६६ कार्तिक ११ -
 
माओवादीले आफूलाई आतंककारी सूचीबाट हटाउन अमेरिका समक्ष आग्रह गरेको छ । युद्ध छाडेर शान्ति प्रक्रियामा आइसके पनि माओवादीलाई अमेरिकाले आतंककारी सूचीबाट हटाएको छैन । बुधबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग उनकै निवास नया“ बजारमा भेट्न पुगेका नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत जेप|mी एमुनसंग दाहालले उक्त आग्रह गरेका हुन् ।
माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराले आतंकारी सूचीबाट हटाउने विषयमा दर्ुइ पक्षबीच छलफल भएको बताए । 'अमेरिका सकारात्मक भएको प्रतिक्रिया राजदूत जेप|mीले दिएका छन्' महरालर्ेर् इकान्तिपुरसंग भने ।

माओवादीले आन्दोलनको घोषणा गरेपछि उत्पन्न पछिल्लो राजनीतिक स्थितिबारे छलफल गर्न अमेरिकी कार्यवाहक राजदूत दाहाल निवास पुगेका थिए । माओवादी -अमेरिका सम्बन्ध, जारी राजनीतिक गतिरोध, शान्ति प्रक्रिया, संविधान निर्माण, सेना समायोजनलगायत समसमायीक विषयहरुमा दर्ुइ पक्षबीच छलफल भएको पनि महराले बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by