ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 29, 2009

कोरम नपुगेपछि संबैधानिक समितिको बैठक बस्न सकेन

के यिनले संविधान बनाउछन त?
काठमाडौं १२ कात्तिक(दैनिकी)

नयाँ संविधान बनाउने जनताको भोटबाट जितेर आएका र समयमै नयाँ संविधान बनाउने कसम खाएका सभासदहरु संविधान निर्माणकालागि बस्ने महत्वपुर्ण बैठकहरुमा अनुपस्थित भएपछि बैठकहरु स्थगित हुन थालेका छन् । संविधान निर्माणको सबैभन्दा महत्वपुर्ण समिति संबैधानिक समितिको बैठक आज गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ । कुल ६३ सदस्य रहेको समितिमा आज १५ जना मात्रै सदस्यहरु गएपछि बैठक भोलि विहान सम्मकालागि स्थगित गरिएको छ ।

सवा ८ बजे भित्र बैठक बसिसक्ने समितिको प्रावधान भएपनि साँडे ८ बजे सम्म पनि गणपुरक संख्या नपुगेपछि समितिका सभापति निलाम्बर आचार्यले बैठक स्थगित भएको जानकारी गराउनुभएको हो । साथै उहाँले भोलिदेखि समयमै बैठकमा उपस्थित हुन सबै सदस्यहरुलाई निर्देशन दिनुभयो ।
आज उपसमितिले बुझाएको मस्यौदा अन्तरगत नयाँ संविधानमा सक्रमणकालीन व्यवस्थाका विषयमा छलफल हुने कार्यसुचि रहेको थियो ।
संविधान सभा एजेण्डा विहिन भइरहँदा र संविधान निर्माणको आन्तरिक कार्यतालिका ६ पटक परिवर्तन भईसक्दा सभादसहरुको यस्तो रबैयाले आम जनतामा संका उत्पन्न गराएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by