ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 28, 2009

माओवादी आन्दोलन जनाबरको जस्तो: नेता ओली

विजय नेपाल पोखरा, ११ कात्तिक

नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले माओवादीले आन्दोलनका नाममा गरेका ब्यवहारलाई जनाबरले गर्ने क्रियाकलापको संज्ञा दिएका छन् । "वार्ता र छलफलमार्फत् समस्याको समाधान गर्नुपर्नेमा काँग्रेस र एमालेका कार्यकर्तामाथि माओवादीको ढुंगामुढा प्रहार बोल्न नसक्ने जनाबरले गर्ने ब्यवहार हो", उनले भने । नेपाल सम्बत् ११३० को अवसरमा नेकपा एमाले पोखरा नगर कमिटीले बुधबार पोखरामा आयोजना गरेको शुभकामना एवं चियापान कार्यक्रममा बोल्दै उनले भने, "जनाबरले प्रतिक्रिया दिन सिंग अघि सार्छ, बाटो छेकेर ढुंगामुढा गर्ने माओवादी ब्यवहार पनि जनाबरको जस्तो छ ।"
यस्तै प्रेस चौतारी नेपाल कास्कीले बुधबार नै पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले माओवादीले कात्तिक १५ पछि गर्ने भनिएको आन्दोलन शान्तिप्रक्रियालाई विथोल्ने वितण्डामा मात्रै भएको टिप्पणी गरे । माओवादीले कसका लागि आन्दोलन गर्दैछ ? उनले प्रतिप्रश्न गर्दै भने, "माओवादीले जनता तर्साउने योजनाबाट नै आन्दोलनको घोषणा गरेको हो । अशान्ति मच्याउने माओवादी रणनीतिको देशभित्र र बाहिर कतैबाट पनि समर्थन रहादैन ।"
माओवादी आन्दोलनका कारण संविधान निर्माणमा बाधा पुग्ने बताउँदै उनले यो आन्दोलनले सत्ता प्राप्ति हुन पनि नसक्ने उनले ठोकुवा गरे ।
सरकारले माओवादीको वितण्डा रोक्न प्रतिकार पनि नगर्ने र आत्मसमर्पण पनि नगर्ने भन्दै उनीहरुलाई सम्झाउने प्रयास जारी राख्ने नेता ओलीले बताए ।
संवैधानिक प्रक्रियाभन्दा बाहिर गएर आन्दोलनको भरमा आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउने जिद्धिलाई त्याग्न आग्रह गर्दै उनले भने-"अराजक प्रक्रियाबाट नभई संसदबाट बहुमत जुटाएर नै माओवादीले सरकार बनाउन सक्नुपर्छ । "
एमाले नेता बामदेव गौतमले पार्टीभित्र विवाद झिकेको र संचारमाध्यमबाट एमाले नेता ओलीलाई पार्टी फुटाएर जान दिएको चेतावनीका विषयमा पत्रकारको जिज्ञासामा उनले आफूलाई कसले के भन्यो र के बोल्यो भन्ने विषयमा कुनै चासो नभएको प्रतिक्रिया दिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by