ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 30, 2009

आन्दोलनले माओवादीलाई पूर्वराजा ज्ञानेन्द्रको हालतमा पुर्याउने देउवाको चेतावनी

विजय नेपाल/ पोखरा
एकीकृत नेकपा माओवादी आन्दोलनले उसैलाई पूर्व राजा ज्ञानेन्द्रको हालतमा पुर्याउने काँग्रेस नेता शेरबहादुर देउवाले चेतावनी दिएका छन्।“माओवादी आन्दोलन सान्दर्भिक छैन”, नेपाल प्रेस यूनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “संसदीय व्यवस्थामा आएर पनि ववण्डर मच्चाउने माओवादी नै पुर्वराजा ज्ञानेन्द्रको हालतमा पुग्नेछन्।” राष्ट्रपतिको कदमविरुद्ध माओवादीले आन्दोलन शुरु गरेर मुलुकमा ववण्डर मच्चाएको आरोप समेत उनले लगाए।

राष्ट्रपतिको गरिमामा आँच पुर्याउने गरी माओवादीले अत्तो थापिरहेको भन्दै उनले २२ दलकै आग्रहमा राष्ट्रपतिले चालेको कदमविरुद्ध जान २२ दललाई नैतिकताले नदिने बताए। उनले प्रजातान्त्रिक पद्धतीमा आएर पनि माओवादीले भिन्न विचार राख्नेमाथि ढुंगामुढा गरेर प्रजातान्त्रिक संस्कारविरुद्धको गतिविधि गर्नु निन्दनीय रहेको बताए।

शान्तिसम्झौताको पुनरावलोकन आवश्यक गर्नुपर्ने रक्षामन्त्रीको अभिब्यक्तिले प्रधानमन्त्री र रक्षामन्त्रीबीचको सम्बन्ध चिसिदै गइरहेको बेलामा नेता देउवाले शान्तिसम्झौता पुनरावलोकन आवश्यक नभएको बताए। तर उनले शान्तिसम्झौतामा माओवादीले गरेका प्रतिबद्धताहरु पूरा गर्नुपर्ने धारणा राखे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका काँगे्रेस नेता देउवाले वजेट पारीत नभए माओवादी लडाकू, कर्मचारी र मुलुकको विकास निर्माणमा गम्भीर असर पर्ने भन्दै बजेट पारीत गर्नका लागि माओवादी गम्भीर बन्नुपर्ने बताए। उनले माओवादीले बजेट पारीत हुन नदिएर विरोधी दुश्मनले समेत नगर्ने काम गरिरहेको टिप्पणी गरे।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by