ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 29, 2009

बेलायती सरकारबिरुद्ध गोर्खा फेरी अदालतमा


काठमाडौ, २०६६ कार्तिक ११ - 
बेलायती साम्राज्यका लागि करिव दुइ सय वर्षको बफदारीपूर्ण सेवा गरेका गोर्खाहरु फेरी तिनै वेलायती सरकारको बिरुद्ध उच्च अदालतमा पुगेका छन् । बेलायती सैनिक बराबरको पेन्सन माग गर्दै गोर्खाहरुले मंगलबार बेलायती उच्च अदालतमा मुद्दा दायर गरेका हुन् । त्यसमा यस पटक गोर्खा अभियानमा सहभागी जोहन लुम्लेलगायतले साथ दिएका छन् । बेलायतले हङकङ छाडेको समय सन् १९९७ भन्दा अघि अवकास पाएका पर्ूव गोर्खाहरुको पेन्सन बेलायती समकक्षीको बराबर हुनुपर्ने माग रिट निवेदनमा रहेको अन्तरराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

बेलायती समकक्षीको तुलनामा ति गोर्खाहरुले एक तिहाई मात्र पेन्सन सुविधा पाउ“दै आएका छन् । मुद्दाको अगुवाई गोर्खा वेलफेयर सोर्साईटीले गरेको छ । सोसाइटीका अनुसार हाल यसरी विभेदमा २४ हजार पर्ूव गोर्खाहरु र तिनका आश्रति रहेका छन् ।

यसअघि गोर्खा भूतपर्ूव संघले पनि यसअघि सन् २००४ मा पनि गोर्खाहरुलाई समान अधिकारको माग गर्दै बेलायती उच्च अदालतमा मुद्दाहरु दायर गरेको थियो । त्यस मध्ये समान पेन्सनबाहेक युद्धबन्दीहरुको क्षतीपर्ूर्ती, बेलायतमा बसोबासलगायतका मुद्दाहरु जितेको थियो । गत बर्षगोर्खाहरुले बेलायतमा बसोबासकोसम्बन्धी मुद्दा जितेपछि पर्ूव गोर्खाहरु त्यता जाने लहर नै चलेको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by