ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 27, 2009

सभामुख अधिकार प्रयोग गर : महत

पोखरा, कात्तिक १० (नागरिक)- 
नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामशरण महतले संवैधानिक अधिकार प्रयोग गरेर भएपनि अवरुद्ध संसद सुचारु गर्नुपर्ने बताएका छन्। 'सभामुखले दलहरुलाई मिलेर आउनु भनेर मात्रै पुग्दैन' मंगलबार पोखरामा संचारकर्मिसँग महतले भने-.'संविधानले दिएको अधिकार प्रयोग गरी विधेयक ल्याएर भएपनि सभामुखले अवरुद्ध संसद सुचारु गर्नुपर्छ।' संसद सुचारु भए माओवादीको नारावाजीकाबिच बजेट पारित हुने उनको भनाई थियो। महतले माओवादीले मुख्य विषयलाई कम प्राथमिकता दिएर जवरजस्ती संसद अवरुद्ध पारिरहेको आरोप लगाए। 'अहिलेको मुख्य विषय संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने हो' महतले भने- 'तर माओवादीले त्यसैलाई ओझेलमा पारेका छन्।'

माओवादीले बिनाबहुमत आफ्नो नेतृत्वमा सरकार बनाउन खोज्नु लज्जास्पद भएको भन्दै महतले भने-'सकिन्छ भने माओवादीले बहुमत पुर्‍याएर सरकार बनाए हुन्छ।' माओवादीले बहुमत पुर्‍याएर देखाए अहिलेको सरकार एक मिनेटपनि नरहने उनको भनाई थियो। 

कांग्रेस नेतृ सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाइएपछि चुलिएको विवादका विषयमा सोधिएको प्रश्नमा उनले आन्तरीक समस्या भन्दै केहि बताउन चाहेनन।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by