ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 26, 2009

नेपाललाई महिनाभित्रै विशाखापत्तनम् बन्दरगाह

काठमाडौ, २०६६ कार्तिक ९ - व्यापारका लागि कोलकाता/हल्दिया मात्र पाएका मुलुकका व्यवसायीहरूले छिट्टै भारतको विशाखापत्तनम् बन्दरगाह पनि प्रयोग गर्न पाउने भएका छन् । एक महिनाभित्रै दोस्रो बन्दरगाहमार्फत व्यापारका लागि आवश्यक प्रक्रिया टुंगिने अधिकारीले जनाएका छन् । प्रधानमन्त्री माधवकुमार नेपालको भ्रमणका क्रममा भारतले दोस्रो बन्दरगाह उपयोग गर्न दिने सैद्धान्तिक सहमति जनाएको थियो । उच्चस्तरमा भएको सहमतिलाई नोभेम्बर दोस्रो साता यहाँ हुने अन्तर सरकारी समितिको बैठकले अनुमोदन गर्नेछ । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक शरदविक्रम राणाका अनुसार त्यसपछि बन्दरगाह सञ्चालनको कार्यविधि निर्धारण गर्नुपर्नेछ ।

'नोभेम्बरको अन्तिममा हुने द्विपक्षीय बैठकमा रेल सेवा सम्झौता संशोधन भए बन्दरगाह सञ्चालनको बाटो खुल्नेछ,' राणाले आइतबार कान्तिपुरसँग भने । हाल कार्यान्वयनमा रहेको सम्झौतामा कोलकाता/ हल्दियादेखि वीरगन्ज सुख्खा बन्दरगाहसम्म रेल सञ्चालको कार्यविधि मात्र उल्लेख भएकाले संशोधन आवश्यक परेको हो । 

कोलकाता बन्दरगाहमा भीडभाडको कारण मुलुकमा भित्रिने ठूलो परिमाणमा कन्टेनर जाममा पर्ने गरेका छन् । अहिले पनि सयौंको संख्यामा कन्टेनर लोड हुन नसकेर अलपत्र अवस्थामा परेको व्यवसायीले बताएका छन् । यसरी कन्टेनर ढुवानीमा ढिलाइ हुँदा आयातकर्ताले विलम्ब शुल्कबापत ठूलो रकम जहाज कम्पनीलाई बुझाउनुपर्छ । 'तीन लाख ५० हजार कन्टेनर ह्यान्डल गर्ने क्षमता रहेको विशाखापत्तनम्मा भीडभाड छैन,' राणाले भने । यो बन्दरगाहको वीरगन्ज सुख्खा बन्दरगाहसँग रेलमार्ग जोडिएको छ । 

व्यवसायीले भने हाल प्रयोग भइरहेको कोलकाता बन्दरगाहभन्दा झन्डै दोब्बर दूरी रहेकाले ढुवानी खर्च बढ्ने बताएका छन् । वीरगन्ज सुख्खा बन्दरगाहबाट कोलकाताको दूरी ७ सय ४ किलोमिटर छ । तर विशाखापत्तनम् १ हजार ३ सय ९४ किलोमिटर पर छ । आयातकर्ता प्रदीप केडियाले भन्ो, 'दूरी दोब्बर भएकाले ढुवानी खर्च पनि दोब्बर पर्छ ।' कोलकाताबाट पारवहन समय २ दिन लाग्दै आएकामा विशाखापत्तनम्बाट ३ दिन लाग्छ । 

विशाखापत्तनम् प्रयोग गर्दा ढुवानीमा प्ा्रतिकन्टेनर १ सय ५० डलर -११ हजार रुपैयाँ बढी) पर्ने अध्ययनले देखाएको छ । तर सामान बोकेर आएका कन्टेनरमा निर्यातजन्य वस्तु राखेर पठाउन सके लागत बराबर पर्न आउँछ । 

ढुवानी भाडा बढी परे पनि अरू खर्च कम पर्ने भएकाले विशाखापत्तनम् महँगो नपर्ने राणा बताउँछन् । उनका अनुसार मुलुकमा बढी सामान आयात हुने सिंगापुर, मलेसिया, चीनबाट समुद्री दूरी कम पर्ने भएकाले जहाज भाडा कम पर्नेछ । यसबाहेक निजी क्षेत्रबाट सञ्चालित बन्दरगाहले निकै सुविधा दिने विश्वास दिलाएको छ ।

राणाका अनुसार सबै कामकारबाही स्वचालित भएका कारण छिटोछरितो छ । कुनै पनि टेबुलमुनिको खर्च नलाग्ने विश्वास बन्दरगाह व्यस्थापनले दिलाएको छ । कोलकातामा टेबुलमुनिको खर्च उच्च हुने गरेको गुनासो व्यवसायीले गर्दै आएका छन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by