ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 29, 2009

माओवादी सडकबाट सत्ता कब्जामा लागेको प्रमको आरोप

काठमाडौं, १२ कातिक (दैनिकी)

प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीहरू सदनमा आफ्नो बहुमत नपुग्ने भएपछि जवरजस्ती सडकबाट सत्ता कब्जामा लागेको आरोप लगाउनु भएको छ । नेकपा एमालेको संसदीय दलको बैठकलाइ सम्बोधन गर्दै उहाँले बहुमत पुर्‍याएर सरकार बनाउन माओवादीलाई चुनौती दिदै नभए अहिलेकै सरकारमा सहभागिता जनाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री नेपालले माओवादीका अगाडि अन्य दलले आत्मसमर्पण नगर्ने भन्दै प्रधानमन्त्री नेपालले माओवादी अन्य दलहरुले आत्मसमर्पण गरुन भन्ने चाहन्छन् जुन सम्भव छैन भन्दै सहमतिका लागि लचिलो हुन आग्रह गर्नुभयो।

उहाँले माओवादी नेताहरूका भिन्नभिन्न अभिव्यक्तिले अलमल उत्पन्न गरेको धारणा राख्नुभयो । उहाँले राष्ट्रपतिलाई लान्छना लगाएर वर्तमान सरकारले कुनै पनि काम नगर्ने अडान व्यक्त गर्दै राष्ट्रपतिले गलत काम गर्छन भन्ने लागेमा संविधान संसोधन गरेर यस्ता मद्दालाई सम्बोधन गर्न सकिने बताउनु भयो। प्रम नेपालले संविधान निर्माण अगाडिनै माओवादी लडाकूको समायोजन भइसक्ने उल्लेख गर्दै लडाकू समायोजन गर्दा महिला, दलित र जनजातिलालाई प्राथमिकता दिइने जिकिर गर्नुभयो ।

सिंहदरबारस्थित एमालेको संबिधान सभा संसदीय दलको कार्यालयमा जारी दलको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने एमालेका मुख्य सचेतक भिम आर्चायले जानकारी दिनु भयो । सदनको गतिरोध यथावत रहेका कारण सरकारको बजेट सदनमै अलपत्र परेका समयमा एमाले दलको बैठक बसेको हो । बैठकमा माओबादी आन्दोलन , सदनको गतिरोध , मुलुकको पछिल्लो राजनीतिक अवस्था लागायतका बिषयमा छलफल हुने छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by