ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 29, 2009

श्रीलंकाका राष्ट्रपति राजधानीमा


काठमाडौ, २०६६ कार्तिक १२ - 

श्रीलंकाको राष्ट्रपति महिन्दा राजपाक्षे धार्मिक भ्रमणका निम्ती बिहीबार काठमाडौ आइपुगेका छन् । राजपाक्षे दम्पतीसगै भ्रमणमा तीन मन्त्रीसहितको झण्डै ७० जनाको टोली आएका छन् । उनीहरु श्रीलंकाको राजधानी कोलम्बोबाट विषेश जहाज चढी काठमाडौ आएका हुन् । अपरान्ह २:४०मा उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । विमानस्थलमा परराष्ट्रमन्त्री सुजाता कोइराला र संस्कृति मन्त्री मिनेन्द्र रिजालले श्रीलंकन राष्ट्रपतिको स्वागत गरेका थिए । विमानस्थलमा संचारकर्मीसंग राष्ट्रपति राजापाक्षेले कुनै प्रतिक्रिया दिएनन् । उनले पछि मात्रै प्रेस संग बोल्ने बताए । शनिबार बिहान उनको पत्रकार सम्मेलन तय गरिएको छ ।

राष्ट्रपति राजपाक्षेको नेपाल भ्रमणका लागी गरिने सुरक्षाका सबै तयारी सम्पन्न भएको बताइएको छ । राजपाक्षे सहितका सबै पाहुनलाई औपचारिक सम्मानका साथ भ्रमण सम्पन्न गर्न गराउन गृह र परराष्ट्र मन्त्रालयले मातहतलाई निर्देशन दिइसकेको छ । 

राजपाक्षे मुख्य रुपमा बुद्धको जन्मस्थान लुम्बिनीको दर्शन गर्ने उदेश्यले नेपाल आउन लागेका हुन । लुम्बिनीमा राजपाक्षेले बुद्धको धार्मिक विधी विधानद्धारा पुजाआजा गराउने कार्यक्रम रहेको छ ।

दुई दिन नेपाल बर्साईका क्रममा राजपाक्षेले राष्ट्रपति डा। रामवरण यादव र प्रधानमन्त्री माधवकुमार नेपाललगायतका उच्च अधिकारीहरुलाई भेटने कार्यक्रम छ । राजपाक्षे सहितको टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रेर सोझै होटल सोल्टी पुगेका छन् । साँझ सवा छ बजे होटल याक एण्ड यति जाने कार्यक्रम तय भएको छ । त्यसैगरी शुक्रवार बिहान सवा नौ बजे सोल्टीबाट बिमानस्थल गई हेलिकप्टरबाट लुम्बिनी जाने कार्यक्रम रहेको छ । लुम्बिनीबाट राष्ट्रपति सहितका पाहुनाहरु ३:४५ मा काठमाडौ आई होटल सोल्टी गएर ४:५० बजे महाराजगंजस्थित सित्तल निवास जाने कार्यक्रम छ । राष्ट्रपति सहितको टोली शनिवार बिहान आठ बजे होटलबाट बिमानस्थल पुगी स्वदेश र्फकनेछन ।

राजपाक्षे यसअघि मार्च पहिलो साता नेपाल भ्रमणमा आएका थिए । नेपाल भ्रमणमा रहेकै क्रममा पाकिस्तानमा श्रीलंकाली खेलाडीलाई गोली प्रहार भएपछि राजपाक्षे आकस्मिक रुपमा भ्रमण छोट्याएर फर्केका थिए । परराष्ट्रका एक अधिकारीले भने- ुराजपाक्षेको भ्रमण विगतमा भएको अधुरो यात्राको निरन्तरता मात्रै हो ।

सुरक्षा निकायले राष्ट्रपतिको औपचारिक सवारी चलाउन बुधवार बिहान बिमानस्थलदेखि होटल सोल्टीसम्मको पर्ूवअभ्यास गरेका थिए । साँझ सबै सुरक्षा निकाय संयुक्त रुपमा अह्रन खटन सम्बन्धी बैठक गरेका थिए

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by