ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 31, 2009

म नै हो उपराष्ट्रपतिः परमानन्द



विजेता सिंह/जनकपुर


उपराष्ट्रपति परमानन्द झाले सरकारले आफूलाई उपराष्ट्रपति मानोस या नमानोस तर आफ्नो दावी अहिले पनि यथावत नै रहेको बताउनुभएको छ। जनकपुरमा आयोजित विद्यापति स्मृति पर्व समारोहको अवसरमा शनिवार बोल्दै उपराष्ट्रपति झाले संविधानतः आफू अहिले पनि उपराष्ट्रपति नै रहेको दावी गर्नुभएको छ। उपराष्ट्रपति पदबाट आफुलाई हटाउन अहिले पनि सर्वोच्च
अदालतमा अधिकारपृच्छाको मुद्धा दायर गरिएको छ भन्दै झाले अगाडी भन्नुभयो- सम्भवतःयसको सुनुवाई आगामी मंसिर २२ गते हुने भएकोले निष्कृय भुमिकामा रहेको उपराष्ट्रपति नराख्न अहिले पनि षडयन्त्र जारी नै छ।

मृत्यु,महाभियोग या राजीनामा दिए मात्र आफ्नो पद नरहने अवस्था प्रष्ट भए पनि यदि मैले केही पनि असंवैधानिक काम गरेको छु भने सरकारलाई आफु विरुद्ध महाभियोग लगाएर विधिवत रुपमै पदबाट हटाउन उहाँले चुनौती समेत दिनुभयो।

संविधान संशोधनका लागी कैविनेटबाट निर्णय गरि सदनमा उक्त विधेयक दर्ता गराइएको छ भनेर मधेशवादी दलले समेत ट्रम्पकार्ड फ्यालेको आरोप लगाउनुभयो।

साँझ सम्म नेपालीमा शपथ नलिनुस भन्दै आएका मधेशी नेताहरुलाई समेत कहाँबाट कुन बाध्यता आयो,नेपालीमा शपथ लिनुस भनेर सल्लाह दिदा पनि आफुलाई जोकर बनाउन प्रयत्न गरे पनि आफ्नो अडान यथावतै रहेको प्रष्ट पार्नुभयो। गत भदौ १४ गते विधिवत रुपमा प्रेस सम्मेलन मार्फत पद छोडे पनि गएको २ महिना यता कुनै पनि मधेशी नेताहरुले समेत आफ्नो विषयमा जानकारी लिन इच्छुक नरहेको भन्दै दुःख समेत व्यक्त गर्नुभयो।

सरकारले सेवा तथा सुविधा हटाए पनि करिव ३० जना सम्मको सुरक्षाकर्मीहरुले आफ्नो नीजि निवासमा ब्यारेक बनाएर आफुलाई त्रिकुंश जस्तो झन्झट अवस्थामा पुर्याएको टिप्पणी समेत गर्नुभयो। अनावश्यक रुपमा सुरक्षाकर्मीको ब्यारेक बनाएर तिनीहरुलाई आवास,विजुली,टेलिफोन,धारा समेतको भुक्तानी गर्नुपर्दा आफुलाई आर्थिक भार समेत परेको झाले बताउनुभयो।

कार्यक्रममा वरिष्ठ पत्रकार राजेश्वर नेपाली,डा.रेवतिरमण लाल,डा.राजेन्द्र विमल सहितका बक्ताहरुले मनत्व्य राख्नुभएको थियो।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by