ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 25, 2009

नेपालमा पर्यटन 'सन्तोषजनक’



शिला पाण्डे/काठमाडौ, २०६६ कार्तिक ८ - दक्षिण एसियाका पर्यटकीय मुलुकमध्ये नेपालको अवस्था सन्तोषजनक रहेको विश्व पर्यटन संगठनले जनाएको छ । संगठनले जनवरीदेखि सेप्टेम्बरसम्म गरेको अध्ययनका क्रममा अन्य मुलुकभन्दा नेपाल आउने पर्यटक बढी भएको औंल्याएको हो ।  आर्थिक मन्दी, कमजोर सुरक्षा अवस्था र अन्य कारणले नेपालबाहेकका देशमा पर्यटक संख्यामा भारी गिरावट आएको छ । यसमध्ये सबैभन्दा बढी पर्यटक घटेको मुलुक पाकिस्तान हो । दोस्रोमा माल्दिभ्स छ । पाकिस्तानको पर्यटक आगमन ११ दशमलव ९ प्रतिशतले खस्केको छ । यस्तै सोही अवधिमा माल्दिभ्समा ८ दशमलव ८ प्रतिशत कम पर्यटक गएका थिए । 

संगठनले जारी गरेको प्रतिवेदनका अनुसार भारतमा आठ प्रतिशत, भुटानमा ७ दशमलव ४ र श्रीलंकामा ५ दशमलव ९ प्रतिशत पर्यटक घटेका छन् । यी मुलुकको तुलनामा नेपालको पर्यटक आगमन सन्तोषजनक रहेको हो । संगठनका अनुसार यस अवधिमा पर्यटक ३ दशमलव ३ प्रतिशतले मात्र घटेका छन् । तर पर्यटन बोर्डले भने २ दशमलव २ प्रतिशतले मात्र घटेको जनाएको छ । अध्यागमनले हवाईमार्गबाट आउने पर्यटकको मात्र लेखाजोखा गर्ने भएकाले दुई संस्थाको तथ्यांकमा अन्तर देखिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले बताए । 'संगठनले स्थलमार्गका पर्यटक आगमनलाई समावेश गरेर तथ्यांक सार्वजनिक गरेको हो,' उनले भने । दक्षिण एसियाका मुलुकमा जाने कुल पर्यटक संख्या भने ८ दशमलव ४ प्रतिशतले घटेको छ । 

संगठनले आफ्नो वाषिर्क साधारण सभापछि विश्वका पर्यटकीय मुलुकको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको हो । थुप्रै अनिश्चितता रहे पनि सुधारका संकेत देखा परेकाले पर्यटन मुलुक देशले अब केही राहत पाउन सक्ने संगठनले जनाएको छ । संगठनका अनुसार २००९ को पहिलो सात महिना विश्वको पर्यटनमा देखिएको ऋणात्मक वृद्धि हट्दै जानेछ । विश्वकै पर्यटन २००९ को जनवरीमा ८ प्रतिशत, फेब्रुअरीमा १०, मार्चमा १३ प्रतिशत, अपि्रलमा १, मेमा १०, जुनमा ७ र जुलाईमा ४ प्रतिशतले खस्केको 

थियो । यसले विशेष गरी एसिया, युरोप र मध्यपूर्वी मुलुकमा पनि यस्तै प्रवृत्ति देखियो । 'विश्वमै पर्यटन व्यवसाय खस्केको अवस्थामा नेपालको निकै न्यून हो,' श्रेष्ठले भने, 'विशेष चासोको गन्तव्य भएकाले मन्दी लगायत अन्य समस्याको असर यहाँ कम पर्‍यो ।' 

तर पनि यसमै चित्त बुझाउन नसकिने भएकाले संगठनको वाषिर्क साधारणसभामा नेपालले पर्यटन व्यवसाय मजबुत बनाउन केही प्रस्ताव समेत पेस गरेको छ । 'शान्ति सम्झौतापछि पनि यहाँको बारे नकारात्मक ट्राभल एडभाइजरी बनिरहेका छन्,' उनले भने, 'यसको निराकरणका लागि संगठनले स्वतन्त्र अनुगमन गनर्ुपर्ने प्रस्ताव राखिएको छ ।' यस्तै एडभाइजरी तयार पार्दा आयोजक राष्ट्रको सल्लाह लिएर मात्र गर्ने प्रस्ताव राखिएको छ । 'यी कुराहरू प्ास भएमा नेपालको पर्यटनमा धेरै सुधार आउनेछ,' प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने । 

पर्यटकीय मुलुकको सन्दर्भमा संगठनले पर्यटन प्रवर्द्धन गर्दा सरकारले उत्प्रेरणात्मक कार्यक्रम ल्याउनुपर्ने, अर्थतन्त्रको मजबुत खम्बाको रूपमा पर्यटनलाई लिनुपर्ने र वातावरणीय संरक्षणलाई सघाउने खालको पर्यटन विकास गर्न निर्देशनसमेत दिएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by