ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 27, 2009

सरकार परिवर्तन गर्न खोजे मधेशवादी दलहरुले संसद अवरोध गर्ने

बुटवल,, कार्तिक १० (दैनिकी)

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संसद अवरोध गरेर सरकार परिवर्तन गर्न माओवादीले खोजेको भए उसको नेतृत्वमा सरकार वने त्यो सरकारलाई ढाल्न मधेशवादी दलहरुले संसद अवरोध गर्ने चेतावनी दिनुभएको छ । उहाँले विधि सम्वद्ध रुपमा संसदमा वहुमत प्राप्त गरी वनेको सरकारविरुद्ध संसद अवरोध गरेर सरकार गठन गर्न माओवादीले चाहेको भए अव संसद घेर्न मधेशवादी सभासदहरु समेत पछि नहट्ने बताउनुभयो । रिपोर्टस क्लब नेपाल लुम्विनी समन्वय समितिद्धारा आज भैरहवामा आयोजित साक्षात्कार कार्यक्रममा वोल्दै उपप्रधानमन्त्री गच्छदारले संसदमा रहेका मधेशी सभासद्हरु एक भै अव वन्ने सरकारलाई समेत राजिनामा दिन लगाउने चेतावनी दिनुभयो । अलोकतान्त्रिक ढंगवाट सरकार परिवर्तन गरिए त्यो सरकारलाई कुनै पनि हालतमा टिक्न नदिइने उहााले स्पष्ट पार्दै मधेश समेत ठप्प पार्ने चेतावनी दिनुभयो । 
लोकतान्त्रिक विधिवाट समस्या समाधान गर्न माओवादी इच्छुक नदेखिएको आरोप लगाउादै उहााले संसद घेर्न आफूहरुले समेत जानेको बताउनुभयो । संविधानसभानै निकास निकाल्न माओवादीले नचाहेको बताउदै उहाँले यदि संविधान सभावाट निकास ननिकाल्ने भए जनतामाझ जनमत संग्रहमार्फत निकास खोज्न सकिने उल्लेख गर्नुभयो ।
आफ्नो ३५/४० वर्षको अनुभवले धेरै कुरा सिकाएको बताउदै उपप्रधानमन्त्री गच्छदारले अहिलेको समस्या समाधान गर्न आफूसाग ३ विकल्प रहेको र त्यो विकल्प २/३ दिनभित्रै सार्वजनिक गर्ने उल्लेख गर्नुभयो ।
२२ दलको संसदमा ६० प्रतिशत उपस्थिति रहेको वर्तमान सरकारको विरुद्ध ३९ प्रतिशत उपस्थिति रहेको एकिकृत माओवादीले वहुमत छ भन्नु हास्यास्पद विषय भएको बताउदै उपप्रधानमन्त्री गच्छदारले अहिलेको सरकारनै राष्ट्रिय सरकार भएको जिकिर गर्नुभयो । बहुमतलाई वन्धक वनाएर माओवादीले कस्तो लोकतन्त्र खोजेको हो उहाँले प्रश्न गर्दै भन्नुभयो माओवादीले गरेको नागरिक सर्वोच्चता सरकारमा नेतृत्वको माग गरेपछि उदाङगो वनेको छ । अध्यक्ष गच्छदारले राष्ट्रपति कदमवारे कुनै विचार विमर्श नगरिने उल्लेख गर्नुभयो ।
उहाँले माओवादी आन्दोलनले सरकारलाई कुनै फरक नपर्ने बताउादै संसद घेरेर माओवादीले वजेट पारित हुन नदिदा जनसेनादेखि लिएर समग्र राष्ट्रलाई घाटा पुगेकाले अव अर्को विकल्प अपनाइने बताउनुभयो । ठूला दलहरुको दम्भका कारण मुलुक संकटमा परिरहेको बताउँदै ठूला दलले अंहकारीपन त्याग्नुपर्ने सुरुवात माओवादीवाट नै हुनुपर्नेमा उहाँले जोड दिनुभयो । संविधान नवने सम्पूर्ण दोष माओवादीले लिनुपर्ने उल्लेख गर्दै उपप्रधानमन्त्री गच्छदारले सबैको समर्थन प्राप्त सरकारले शान्ति सुरक्षा समेत सुदृढ पारेको बताउनुभयो । कार्यक्रम अंचल अध्यक्ष प्रकाश खनालको अध्यक्षता र सचिव सुरज भण्डारीको संचालनमा भएको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by