ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 27, 2009

सगरमाथा आधारशिविरमा अन्तराष्ट्रिय वातावरण सम्मेलन गर्ने

कालोझण्डा देखाउने क्रममा प्रहरीसहित ३ घाईते
पवन पौडेल, १० कार्तिक (दैनिकी)

आफ्नो देशको अस्तित्व नै खतरामा परेको भन्दै मालदिभ्सले समुन्द्रमुनि मन्त्रीपरिषदको बैठक भएको केही समय नबित्दै नेपाल सरकारका एक मन्त्रिले जलवायु परिवर्तनका कारण नेपालको हिमालय क्षेत्रमा वातावरणीय समस्या देखा परेको भन्दै सगरमाथाको आधारशिविरमा विश्व वातावरण सम्मेलन गरिने बताएका छन् । वातावरण मन्त्री ठाकुर शर्माले तनहुको सदरमुकाम दमौलीमा आज आयोजित एक अन्र्तक्रिया कार्यक्रममा सम्मेलनको प्रस्ताव कोपेनहेगनमा हुन लागेको वातावरण सम्मेलनमा नेपालले गर्न लागेको समेत खुलाशा गर्नुभयो ।
कार्यक्रममा मन्त्री शर्माले विश्वको वातावरणमा आएको ह्रासको जिम्मेवारी अमेरिका तथा युरोपेली देशले लिएको दावी गर्दै वातावरण सुधार्ने दायित्व पनि तिनको काधमा आईपरेको बताउनुभयो ।
मन्त्री शर्माले प्राय सबै मन्त्रीले कामभन्दा बढी भाषण गर्नेगरेको तर आफुले काम गरेर देखाउने भन्दै तीनमहिनाभित्र वातावरणीय समस्याबाट बच्न नीति बनाउने बताउनुभयो ।
अर्को एक प्रसंगमा मन्त्री शर्माले नेपालको वातावरणको क्षेत्रमा काम गर्न धेरै दातृसंस्था तयार रहेपनि वीगतको सरकारको व्यवहारले गर्दा ती आकषिर्त हुन नसकेको बताउनुभयो ।
यसअघि, कार्यक्रममा सहभागि हुन जानुभएका वातावरण मन्त्री ठाकुर प्रसाद शर्मालाई आज दिउँसो साढे १२ बजे एकिकृत नेकपा माओवादिका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा प्रहरी र माओवादि विच झडप हुदाँ एक प्रहरी सहित ३ जना घाईते भएका थिए । झडपमा परि माओवादिको ढुङ्गा प्रहारवाट एक प्रहरी घाईते भएका थिए भने प्रहरीको लाठि प्रहारवाट दुई प्रदर्शनकारी घाईते भएका थिए ।
घाईते हुनेमा प्रहरी हवल्दार पदम बहादुर गुरुङ र माओवादी कार्यकर्ताहरु ओमराज न्यौपाने र रामहरी बजगाइं रहेका छन् । त्यसक्रममा स्थितीलाई लिन प्रहरीले २ सेल अश्रुग्याँस समेत प्रहार गरेको थियो । लाठीचार्जका कारण केहीबेर दमौली खुल्लामैदान तनावग्रस्त बनेको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by