ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 30, 2009

केएफसी र पिज्जा हट मंसिरदेखि


रोशन अधिकारी/काठमाडौ

विश्व प्रख्यात 'फास्ट प'mुड' केएफसी र पिज्जा हटले मंसिर पहिलो सातादेखि काठमाडौमा शाखा सञ्चालनमा ल्याउने भएका छन् । यी दुवैका शाखाको निर्माण अन्तिम चरणमा पुगेको छ ।
दरबार मार्गस्थित अन्नपूर्ण कम्प्लेक्समा दुवैको शाखा खुल्न लागेको हो । केएफसीको शाखा भुइँ तलामा र पिज्जा हट पहिलो तलामा हुनेछ । नेपालमा पहिलोपटक दुई अन्तराष्ट्रिय रेस्टुराँ आउन लागेका हुन् ।
केएफसी कुखुराको मासुले बनेका परिकार र हट पिज्जाका विभिन्न परिकारका लागि विश्वभर प्रख्यात छन् ।

यी दुवै रेस्टुराँ आरजे कोरले नेपालमा भित्राएको हो । यसबाहेक नेपालमा पेय पदार्थ पेप्सीको उत्पादन गर्ने वरुण ब्रेभरेजमा पनि आरजे कोरको लगानी छ । भारतमा पनि केएफसी र पिज्जा हटको व्यवस्थापन यसले नै गर्दै आएको छ ।

'दुवै रेस्टुरा छुट्टाछुट्टै समूहले हेर्ने छन्,' वरुण ब्रेभरेज नेपालका युनिट म्यानेजर सुरन्जन डेले भने । उनका अनुसार यी दुवै रेस्टुराँको तयारी अन्तर्राष्ट्रिय स्तरकै रूपमा गरिएको छ । रेस्टुराँको सजावटमा प्रयोग भएका सामान भारत, चीन र थाइल्यान्डबाट मगाइएको छ । यसका साथै रेस्टुराँमा प्रयोग हुने केही कच्चा पदार्थ पनि विदेशबाट आयात गरिनेछ । केएफसीले कुखुराको मासु ब्राजिलबाट आयात गर्नेछ ।

यसबाहेक रेस्टुराँमा काम गर्नेलाई पनि भारतमा तालिम दिइएको छ । डेका अनुसार हाल ५० जना स्थानीयलाई भारत लगेर तालिम दिइएको छ । यसबाहेक थप ५० लाई तालिम दिइनेछ । केएफसी -केन्टकी प|mाइड चिकेन) अमेरिकी रेस्टुराँ ब्रान्ड हो । सन् १९५२ मा स्यानडविद, सलाद आदिमा प्रयोग गर्न मिल्ने गरी कुखुराको मासुका टुक्रा बिक्री गर्दै यसको स्थापना भएको थियो ।

पिज्जा हट विश्वको सबैभन्दा धेरै 'चेन' -शाखा) भएको पिज्जा रेस्टुराँ हो । यो पनि अमेरिकी ब्रान्ड हो । यसले पास्ता, पिज्जा, ब्रेड स्टिक, लसुनको पाउरोटीलगायत बिक्री गर्छ । यसले विश्वका १ सय देशमा ३४ हजारको हाराहारीमा रेस्टुराँ सञ्चालन गरिरहेको छ ।

भारतमा मात्र केएफसीले ११ सहरमा ५० को हाराहारीमा रेस्टुराँ सञ्चालन गरेको छ । यसका साथै पिज्जा हटले ३६ सहरमा १ सय ३७ रेस्टुराँ सञ्चालन गरेको छ ।

1 comment:

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by