ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 27, 2009

देउवाको गाडीमा माओवादी आक्रमण/ आधा दर्जन घाईते

दीपेन्द्र बडुवाल/चितवन


चितवनमा तरुण दलद्वारा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा चढेको गाडीमा वाईसीएलका कार्यकर्ताले मंगलबार ढुङ्गामुढा गरेका छन् । आक्रमणवाट देउवाको बा ६ च १०२५ नम्बरको निजी गाडीको सिसा फुटेको छ । देउवा भने सुरक्षित रहेको उनका निजी सचिव भानु देउवाले जानकारी दिए । आक्रमणमा कांग्रेस एकाई समितिका कोषाध्यक्ष ठाकुर बिष्ट घाईते भएका छन् । घटनामा दुवै तर्फका आधा दर्जन घाईते भएका छन् । 



संगै गएका सिंचाइमन्त्री बालकृष्ण खाँण चढेको गाडीलाई लक्षित गरेर आक्रमण गरेको तर भुलबस देउवा चढेको गाडीमा परेको वाईसीएलको दावी छ । स्थापनको अबसरपारेर तरुण दल चितवनले नारायणगढ स्थित नारायणि कला मन्दिरमा आयोजना गरेको चियापान तथा स्वागत समारोहमा देउवा र सिंचाई मन्त्री बालकृष्ण खाँड पुगेका थिए । 


भरतपुर बिमानस्थलवाट तरुणदलका सयौ कार्यकर्ताहरुको मोटरसाईकल र्‍याली सहित कार्यक्रम स्थल पुगेका उनलाई क्याम्पाचौरमा भेला भएका वाईसीएलले कालो झण्डा देखाउदै ढुङ्गा मुढा प्रहार गरेका थिए । दुवैपक्षवाट केहिवेर ढुंगा हानाहान भएपछि प्रहरीले भीड तितरबितर पारेको थियो । 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by