ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 25, 2009

दोश्रो राष्ट्रिय कालीगण्डकी र्याफटिङ महोत्सव हुने

प्रकाश डोटेल स्याङ्जा-८ कार्तिक ।

कालीगण्डकी बेंसीलाई पर्यटकीय जलमार्ग बनाउने उद्देश्यका साथ मनाउन लागिएको दाश्रो कालीगण्डकी रिभर र्याफ्टिङ फेष्टिबल तथा राष्ट्रिय नदि महोत्सव २०६६ आगामी कात्तिक १२ गतेदेखि १५ गतेसम्म स्याङ्जामा संचालन हुनेभएको छ । नेपालकै बहुचर्चित कालीगण्डकी नदिको किनारामा रहेका स्याङ्जाका कुवाकोट रत्नपुर चापाकोट पक्वादी सांखर लगाएतका गाउं विकास समितिलाई पर्यटकीय स्थलको रुपमा घोषणा गराउने अभिप्रायले गत बर्षदेखि कालीगण्डकी रिभर र् याफ्टिङ तथा राष्ट्रिय नदि महोत्सव आयोजना गर्न लागिएको हो ।
दोश्रो राष्ट्रिय रिभर र् याफ्टिङ फेष्टिवल तथा कालीगण्डकी नदि महोत्सवका लागि स्याङ्जा र पाल्पा जिल्लाको सिमानास्थित राम्दीघाट देखि रत्नपुर गाविसको ज्याग्दीघाट सम्मको २८ किलोमिटर जलयात्रा तय गरिएको आयोजक समितिका कोषाध्यक्ष विष्णु थापाले जानकारी दिनुभएको छ ।
तीन दिनसम्म चल्ने नदि महोत्सवका लागि आवस्यक तयारीका कामहरु अन्तिम चरणमा पुर् याइएको आयोजकहरुले बताएका छन् । राष्ट्रिय नदि महोत्सवको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। युवराज खतिवडाले गर्नुहुने कार्यक्रम रहेको छ ।
कोषाध्यक्ष थापाका अनुसार गत वर्ष आयोजना गरिएको नदि महोत्सवमा २ हजारले नदिमा र् याफ्टिङ गरेका र करिब ३० हजार सर्वसाधारणले महोत्सवको अवलोकन गरेका थिए । गत वर्ष र् याफ्टिङका लागि २८ ओटा डुङ्गाको प्रयोग गरिएको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by