ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 30, 2009

कालापानी र सुस्ताबाहेक सिमाङ्कन सकियो : प्रधानमन्त्री

काठमाडौं, कात्तिक १३ (नागरिक) 
 
कात्तिक प्रधानमन्त्री माधवकुमार नेपालले कालापानी र सुस्ताबाहेक नेपाल भारतबीच सिमाङ्कन बाँकी नरहेको बताएका छन्। संविधानसभाको राष्ट्रिय हितको संरक्षण समितिको बैठकमा प्रधानमन्त्री नेपालले नेपाल भारतबीच ९८ प्रतिशत सिमाङ्कन सकिएको जानकारी दिए। नेपाल र भारतबीच सिमाका बारेमा तयार पारिएको १ सय ८२ ओटा 'स्ट्रिप' नक्सामा नेपाल भित्रै बिबाद देखिएकाले सिमाङ्कन गरी तयार पारिएका नक्सामा दुबै देशको हस्ताक्षर भने हुन नसेकेको प्रधानमन्त्रीले बताए। कालापानीको टुङ्गो नलागे पनि चीनसँगको सिमाको विषयमा हस्ताक्षर भइसकेको जानकारी दिदैं प्रधानमन्त्रीले सभासदहरुसँग प्रश्न गरे, 'बिवाद नभएको ठाउँमा हस्ताक्षर गर्न किन नहुने ?'

उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले भने सिमाबारे परराष्ट्र मन्त्रालयमा सिमा सम्बन्धी कुनै नीति नभएको बताइन्। उनले सिमा क्षेत्रमा भइरहेको बलात्कारलगायतका घटनामा कमी ल्याउन राम्रा हतियारले सुसज्जित प्रहरी खटाउन परराष्ट्र मन्त्रालयमा सहयोग आइसकेको बताइन्।

उनले भनिन्, 'अपराध घटाउन नेपाल तर्फ दुकान खोल्नुपर्छ। सिमा क्षेत्रमा नेपाल तर्फ बजार नभएकाले पनि नेपालीहरु पीडित भएका हुन्।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by