ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 14, 2009

आजको कार्टून !


पोखरा पनि स्वाइन फ्लु भेटियो

मनोज अधिकारी, पोखरा- 

पर्यटकीय सहर पोखरामा महामारीका रूपमा देखिएको रुघाखोकी स्वाइन फ्लु नै भएको पुष्टि भएको छ। छिमेकी जिल्ला पर्वतमा एकसाथ ठूलो समुदायमा स्वाइन फ्लुको लक्षण देखिएको एक सातापछि पोखरामा पनि यसको पुष्टि भएको हो।  'कात्तिक १६ र १७ गते बिरामीका र्‍यालको नमुना संकलन गरी परीक्षणका लागि राजधानी पठाएका थियौं, त्यसमध्ये अधिकांशमा स्वाइन फ्लु भेटिएको छ,' पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्याथोलोजी विभाग प्रमुख डा. डुकबहादुर क्षेत्रीले भने। उनका अनुसार नमुना पठाइएका १९ मध्ये १५ जनामा स्वाइन फ्लुको भाइरस देखिएको हो। यसमा सबै १४ वर्षमुनिका बालबालिका रहेको उनले जानकारी दिए। यसमा दुई वर्षका बालकसमेत छन्। उनीहरू सबै पोखरा उपमहानगरपालिकाभित्रका हुन्।

दलहरुले नगर विकासको जग्गा बेचेर रकम बाँडे



गजेन्द्र बोहरा, दाङ- 
दाङ भालुबाङ नगर विकास समितिको नाममा रहेको जग्गा बिक्री गरेर राजनीतिक दलहरुले पैसा भागबण्डा गरेका छन्। नगर विकास बोर्डमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुले ७५ हजारदेखि १ लाख १० हजार रुपैंयाँसम्म बाँडेका हुन्। तर राष्ट्रिय जनमोर्चा नेपालले भने यसरी बाँडिएको 'जनताको पैसा' नलैजाने भन्दै पत्रकार सम्मेलन गरेर घटनाबारे खुलासा गरेको छ। दाङको घोराहीमा पत्रकार सम्मेलन गरी राष्ट्रिय जनमोर्चाले भालुबाङको नगरविकास समितिले बोर्डमा सहभागी भएका सबै राजनीतिक दलका प्रतिनिधिहरुलाई घडेरी बिक्री गरेको पैसा बाँडेको दावी गरेको हो।

'रोप वे' बन्ने भएपछि महिलाहरु तरकारी खेतीमा

पर्वत- पूर्ण विके

स्थानीय जुठीमाया गुरुङ्गले 'रोप वे' वनेपछि आफूहरुको उत्पादन सजिलै बजार पुर्‍याउन सकिने भएकोले व्यावसायीक रुपमा तरकारी खेतीतर्फ लागेको वताइन् । 'पहिला तरकारी उत्पादन गरेपनि वजार पुर्‍याउन गाह्रो थियो,' उनले भनिन्, 'अहिले गाउँमा तरकारी लगाउनेको होड नै चलेको छ ।' 

आफ्नै पहलमा 'रोप वे' निर्माण हुने भएपछि छिम्केश्वरी १ वरालुङ्गका महिलाहरु ब्यावसायीक तरकारी खेतीमा आकषिर्त भएका छन् । आफूहरुले उत्पादन गरेको तरकारी चितवनको पाँचकिलोसम्म पुर्‍याउन दुई घण्टा भन्दा बढी समय लाग्ने गरेपनि 'रोप वे' ले सहज बनाउने भएपछि महिलाहरु तरकारी खेतीतर्फ आकषिर्त भएका हुन् ।

नयाँ प्याराग्लाइडिङ कम्पनी आउने


नयाँ पत्रिका/नवीन तिमिल्सिना

पर्यटन वर्ष २०११ लाई लक्षित गर्दै नयाँ प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा आउने भएको छ । सन् २०१० को जनवरीदेखि सञ्चालनमा आउने गरी अन्नपूर्ण प्याराग्लाइडिङले सेवा सञ्चालन गर्न लागेको हो । मुलुकको छैटौँ प्याराग्लाइडिङ कम्पनीका रूपमा सञ्चालनमा आउने तयारी गरिरहेको सो कम्पनी नागरिक उड्डयन प्राधिकरणबाट सञ्चालन अनुमति पाउने अन्तिम चरणमा छ ।

एयर एम्बुलेन्स/ आकाशमा सघन उपचार इकाई


काठमाडौ/अतुल मिश्र

एयर एम्वुलेन्सवाट न्युनतम समयमा विशेषज्ञ चिकित्सकको निगरानीमा उच्च चिकित्सा सुविधा सहित विशेषज्ञ अस्पतालमा पुर्‍याउन सकिन्छ । एम्वुलेन्समा सवै आवश्यक मेडिकल उपकरण युक्त मिनी थियेटर समेत हुन्छ । विशेषज्ञ, नर्स र सहायकको टोली रोगीको स्याहारको लागि हुन्छ । 
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला शनिवार विहान हवाई एम्वुलेन्सवाट सिंगापुरको लागि उडेका छन । उक्त हवाई एम्वुलेन्स भने सिंगापुरबाटै कोईरालालाई लिन काठमाडौं आएको थियो । मुलुकमा भने यस्तो एम्वुलेन्सको कुनै सुविधा छैन ।

'एक मधेस प्रदेशमा सहमति नभए जनमत संग्रह'

काठमाडौ-सहदेव कार्की
मधेसी जनअधिकार फोरमले भूगोलमा आधारित रहेर सम्पूर्ण मधेसलाई एउटै प्रादेशिक मान्यता दिनुपर्ने संविधानसभामा माग राखेको छ । राज्यको पुनसंरचना तथा राज्यशक्तिको बाँडफाँट समितिको शनिबारको बैठकमा पार्टी अवधारणा प्रस्तुत गर्दै सहअध्यक्ष जयप्रकाश प्रसाद गुप्ताले यस बिषयमा संविधानसभामा सहमति जुट्न नसके मधेसका २० जिल्लाका नागरिकबीच जनमत संग्रह गराउनुपर्ने माग गरे । फोरमले पौराणिक मौलिकता भन्दै तराई नभइ उक्त क्षेत्रलाई मधेस भन्नुपर्ने अडान पनि अघि सारेको छ । पूर्वमा झापादेखि पश्चिममा कंचनपुरसम्मका २० जिल्लाको प्रस्तावित मधेस प्रदेशको जनसंख्या्, आर्थिक अन्तरसम्बन्ध, पूर्वाधार विकासको अवस्था र प्रशासनिक सुगमताको चित्रण गर्दै गुप्ताले ३९ पृष्ठको अवधारणा प्रस्तुत गर्दै एक मधेस प्रदेशको विकल्प नभएको जिकिर गरे ।

माओवादी आन्दोलन दबाउनुहुँदैनः गौतम


चितवन/ एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादी आन्दोलन दबाउन नहुने बताएका छन् । गौतमले आन्दोलन दबाउन सेना परिचालन गर्छु भन्नु आफैँमा अराजक भएको टिप्पणी गरे । 'नेपालको अन्तरिम संविधानले दिएको अधिकार प्रयोग गरी माओवादीले आन्दोलन गरेको छ,' रक्षामन्त्रीतर्फ संकेत गर्दै उनले भने, 'आन्दोलन दबाउन सेना परिचालन गर्छु भन्नु केटाकेटीपन हो ।' अर्काे एक प्रसंगमा नेपालको शान्तिप्रक्रियामा सहयोग गर्दै आएको संयुक्त राष्ट्रसंघले नेपालका दलहरूलाई दिएको सुझाबलाई हस्तक्षेप भन्नु अत्यन्तै दुर्भाग्यपूर्ण भएको उनले बताए । शुक्रबार अपराह्न चितवन आइपुगेका गौतमले प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, 'केही दिनअघि सत्तारुढ २२ दलले संयुक्त राष्ट्रसंघले नेपालमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ भनी दिएको सुझाबलाई २२ दलले हस्तक्षेप भन्नु अपरिपक्कता हो ।'

लोकतान्त्रिक विधिबाट समाधान खोज्न राष्ट्रपतिको आग्रह

काठमाडौं, २८ कार्तिक (दैनिकी)

राष्ट्रपति डा.रामवरण यादवले चुनौतिका रुपमा मुलुक सामु देखिएका सबै समस्याको लोकतान्त्रिक विधिबाट समाधान खोज्न आग्रह गर्नुभएको छ। सप्तरीको छिन्नमस्ता मन्दिरमा आज बिहान पूजा गरेपछि जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा शुभचिन्तकसँगको भेटमा उहाँले समस्या समाधानका निँहुमा लोकतान्त्रिक प्रक्रिया भन्दा बाहिर जान नहुने नहुने बताउनु भएको छ। राष्ट्रपति डा.रामवरण यादवल नयाँ संविधान निर्माणका लागि आफु जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनु भयो। उहाँले बार्ता र सहमतिबाट सबै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । यसअघि मन्दिरमा पूजा गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रपति यादवले भगवतीसँग दिगो शान्तिका लागि प्रार्थना गरेको जानकारी दिनुभयो।

Friday, November 13, 2009

नेपाली निर्माण कम्पनी विदेशमा


शिला पाण्डे/काठमाडौ- 

'नेपाली ओभरसियर र इन्जिनियरले कन्स्ट्रक्सन कम्पनीबाट मात्र नभई स्वतन्त्र रूपमा विदेशमा काम गरिरहेका छन्,' महासंघका उपमहासचिव रामशरण देउजाले भने, 'यसले अन्तर्राष्ट्रियस्तरमै नेपाली निर्माण व्यवसायीको विश्वसनीयतालाई बढाएको छ ।'
पूर्वाधार निर्माणमा विदेशी विज्ञ ल्याएर काम गर्ने प्रवृत्ति बढिरहेका बेला नेपाली निर्माण व्यवसायीले भने मुलुक बाहिर आफूलाई चिनाएका छन् ।

मङ्सिर ५ गतेसम्म अल्टिमेटम : दाहाल

'हामीले नजिते संविधानसभा विघटन हुन्छ'
काठमाडौं, कात्तिक २७ (नागरिक)– माओवादी अध्यक्ष पुष्पकमल दाहालले नागरिक सर्वोच्चता कायम गर्न सरकारलाई मङ्सिर ५ गतेसम्मको अल्टिमेटम दिएका छन् । उनले नत्र तेस्रो चरणको आन्दोलन योभन्दा आक्रामक र व्यापक हुने तथा त्यसले दलहरुका धृष्टता समाप्त पार्ने चेतावनी पनि दिए। वर्तमान सरकारले माओवादी जङ्गल पसोस् र आफूहरु लुटेर खान पाइयोस् भन्ने चाहना राखेको बताएका छन्। यो सरकारलाई जनसमर्थन नभएको र जनताले साह्रै घृणा गर्न थालेको दाबी पनि उनले गरे । र, भने- उनीहरु जे चाहन्छन्, हामी त्यसको विपरित गर्छौं। माओवादीले थालेको लडाइ क्रान्ति, नयाँ संविधान र परिवर्तनका विरोधीविरुद्धको भएको पनि उनले बताए। 

माओवादीले लडाकुलाई बाहिर निकालोस् र त्यही बहानामा वितण्डा मच्चाउन सकियोस् भनेर शासकहरुले चाहेको तर आफूहरु नयाँ ढङ्गको आन्दोलनमा उत्रेको पनि उनले बताए। भृकुटीमण्डपमा भइरहेको माओवादी सभामा बोल्दै उनले यो लडाइमा माओवादी नहार्ने तर शासकहरु भाग्ने पनि दाबी गरे । कूटनीतिज्ञहरुले आफूलाई यत्रो मान्छे उतारेर पनि शान्तिपूर्ण आन्दोलन गरेकामा बधाइ दिएको पनि उनले सुनाए।

संविधानसभा विघटन गर्ने षडयन्त्र भइरहेको दाबी पनि उनले गरे । 'यो लडाइ हामीले जितेनौं भने स‌ं‌विधानसभा विघटन हुन्छ', उनले भने- हामी कुनै पनि हालतमा सम्झौता गर्ने छैनौं। 

सेना लगाएर माओवादीलाई दमन गर्ने सपना देख्नेलाई अझै पनि समय छ, शिक्षा लेउ भन्दै उनले चेतावनी दिए- अहिले सिंहदरबारमा जानेहरु कसरी त्यहाँ पुगे भन्ने सबैलाई थाहा छ, उनीहरु त्यहाँ पुग्नु मुलुकको बेइज्जति हो। यो राष्ट्रिय स्वाधीनताको लडाइ भएकाले हामीले जित्नैपर्छ, हामीले जितेनौं भने देश ठूलो दुर्भाग्यमा पर्छ।

अहिले सङ्घीयताविरुद्ध पनि षडयन्त्र भइरहेको बताउँदै उनले माओवादीले आन्दोलन छाड्छ कि भन्ने भ्रम छाड्न पनि सबैलाई आग्रह गरे । छिमेकीसँग राम्रो सम्बन्ध चाहने बताउँदै उनले राणाकाल र राजतन्त्रकालमा भएका सन्धिलाई माओवादीले मान्यता नदिने पनि उल्लेख गरे । 

यो आन्दोलनले प्रतिक्रियावादीहरुको सात्तो गइसकेको भन्दै दाहालले भने- हामी कुनै हालतमा सम्झौता गर्दैनौं, सिंहदरबार र बालुवाटारमा बस्नेहरुले सुने हुन्छ। जनताले बनाएका भए सरकारमा बस्नेहरुले राजिनामा दिन्थे भन्दै उनले थपे- उताबाट रिमोटको स्वीच नथिचेसम्म वा नेपाली जनताले नलत्याएसम्म उनीहरु छाड्दैनन्। इतिहासबाट शिक्षा लिन पनि उनले दलहरुलाई सुझाए।

'बुख्याचा सरकारलाई चेतावनी'
यसैगरी बाबुराम भट्टराईले अहिलेको आन्दोलन ढोकाअगाडि मात्र भएको तर तेस्रो चरणको आन्दोलन ढोका भत्काउने हुने चेतावनी दिए । उनले यो बुख्याचा सरकारलाई मान्यता नभएको बताएका छन्। उनले नेपाली जनता आफ्नो भाग्य आफैं निर्माण गर्न चाहन्छन् भन्दै जनताको आन्दोलनलाई कुल्चने कसैलाई बाँकी नराख्ने बताए।

उनले अदृश्य शक्तिले राष्ट्रपतिलाई ज्ञानेन्द्रकै शैलीमा कु गर्न उक्साइरहेको पनि दाबी गरे। उनले भने– नागरिक सर्वोच्चता भनेको सेना जनताको अधीनमा रहनु हो भन्दै थपे– यो लाटाले पनि बुझ्ने कुरा हो। जनताको बाहेक अरु कसैको पनि आदेश मान्न हामी तयार छैनौं। उनले यही संसदले राष्ट्रपति चुनेकाले उनीबारे संसदमा छलफल हुन पाउनुपर्ने जिकिर पनि गरे। राष्ट्रपति राजा नभएकाले उनीबारे संसदमा छलफल गर्न दिन र नदिए योभन्दा उच्चस्तरको आन्दोलन गरिने चेतावनी पनि उनले दिए। उनले आफूहरुले दाहिने हातले दिएका विकल्प सुनिएन भने देब्रे हात उचाल्ने भन्दै थपे– देब्रे हात भनेको क्रान्तिको हात हो। दाहिने हातले उठाएका माग नसुनिए देब्रे हात उठाउने र त्यसो भयो भने कसैलाई बाँकी नराखिने उनको भनाइ थियो। हाम्रो आन्तरिक मामिलामा कसैको हस्तक्षेप सह्य हुँदैन, नेपाली जनता नै सर्वोपरि हुन– उनले भने।

बजेट सकियो, प्रमको समेत तलब रोकियो

बलराम बानियाँ, काठमाडौं- 
राजनीतिक गतिरोधका कारण कात्तिक चौथो सातासम्म बजेट पारित हुन नसकेपछि त्यसको पहिलो मारमा परेका छन्- प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का ४४ सदस्य। उनीहरूले लगातार तलबसुविधा नपाएको दुई महिना भएको छ। उनीहरूले न असोजको तलब खान पाए, न कात्तिकको। तलब खान नपाउनेमा मन्त्रिपरिषद्का सदस्यमात्र छैनन्, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, सल्लाहकार र स्वकीय सचिवालयका पदाधिकारीले समेत तलब खान नपाएको दुई महिना नै भएको छ। माओवादीको सदन अवरोधले गर्दा बजेट पारित हुन नसकेपछि कात्तिक मसान्तसम्मका लागि विनियोजित चौमासिक बजेट अधिकांश मन्त्रालयमा सकिइसकेको छ।

'नेपालको नम्बर १ कम्पनी बन्दै छौं'


कांतिपुर/काठमाडौ- योगेश खतिवडा
मेरो मोबाइलका ग्राहक संख्या १८ लाख नाघेका छन् । सेवा सञ्चालनको करिब ५ वर्षमै यो कम्पनीले नेपाली मोबाइल बजारको ४० प्रतिशत हिस्सामा कब्जा जमाइसकेको छ । तर यो कम्पनीका प्रमुख कार्यकारी अधिकृत पासी क्वोइन्टिनन अझै सन्तुष्ट छैनन् । 'हामीले सफलता हासिल गरेका छौं,' उनले भने, 'तर गन्तव्यमा अझै पुगेका छैनौं ।' कम्पनीको भावी योजना के छ भन्ने प्रश्न भुइँमा र्झन नपाउँदै उनको जवाफ थियो, 'हामी पहिलो हुने लक्ष्यमा अगाडि बढिरहेका छौं, जुन अब धेरै टाढा छैन ।' स्पाइस निजी क्षेत्रबाट सञ्चालित नेपालको पहिलो मोबाइल सेवा प्रदायक कम्पनी हो । 

मैले संविधान मिचेको छैनः राष्ट्रपति

कान्तिपुर/झापा
राष्ट्रपति रामवरण यादवले आफुबाट संविधान मिच्ने काम नभएको स्पष्ट पारेका छन् । माओवादीले सेनापति प्रकरणमा राष्ट्रपतिको कदम असंबैधानिक भन्दै देशव्यापी आन्दोलन गरी रहेको बेला उनको यो स्पष्टिकरण आएको हो । मेची आँखा अस्पताल उद्घाटनका लागि शुक्रबार झापा आइपुगेका राष्ट्रपति यादवले भने, 'मैले संविधान मिचेको छैन, हिजो पनि मिचिन, आज पनि मिच्दिन र भोली पनि मिच्ने छैन ।' बरु उनले सबै राजनीतिक पक्षहरुले संविधानको पालना गर्नुपर्ने बताए । 'जबरजस्तीको कुनै ठाउँ छैन, हिंसाको ठाउँ छैन' उनले भने, 'राजनीतिक शक्तिहरुले संविधानको पालना गर्नुपर्छ ।'

विद्युत् रोयल्टी आम्दानीको मुख्य स्रोत


नयाँ पत्रिका/सिन्धुपाल्चोक
अमेरिकी लगानीमा निर्मित ३६ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत् आयोजना । भोटेकोसीबाट मात्रै जिविसले वाषिर्क करिब ५० लाख रुपैयाँ रोयल्टी पाउँदै आएको छ । तस्बिरः ध्रुव दंगाल
जिल्ला विकास समितिले कुल आन्तरिक स्रोतकोे आधा हिस्सा योगदान विद्युत् रोयल्टीबाट पाउँदै आएको छ । जलविद्युत् नगरीका रूपमा विकसित सिन्धुपाल्चोक जिविसको विद्युत् रोयल्टी एक सय २६ प्रतिशत वृद्धि भई गतवर्ष सवा दुई करोड रुपैयाँभन्दा बढी प्राप्त भएको छ । 

सीडीओ कुट्ने मन्त्रीलाई पक्रन निर्देशन

काठमाडौ, (नागरिक)-
पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकरी दुर्गाप्रसाद भण्डारीलाइ हातपात गर्ने कृषि राज्यमन्त्री करिमा बेगमलाई प्रक्रउ गर्न उपत्यकका सबै प्रहरी युनिटलाई प्रहरी प्रधान कार्यलयले निर्देशन दिएको छ। पर्सा प्रहरीको अनुरोधमा प्रधान कार्यलयले यस्तो निर्देशन दिएको हो। प्रहरी प्रवक्ता विज्ञान राज शर्माले भने पर्सा प्रहरीको अनुरोधमा प्रक्राउ गर्न निर्देशन दिएको हो। बेगमलाई पर्सा प्रहरीले वुधवार सार्वजनिक ऐन अन्तर्गत मुद्दा दयार गरेको हो। सरकारी अधिकारीलाई अभद्र व्यवहार र गालिगलौज गरेकोले सार्वजनिक अपराधमा हदैसम्म कारवाही गर्न माग गरीएको छ।

Thursday, November 12, 2009

आजको कार्टून !


नेपालसम्म पेट्रोलियम पाइप बिच्छाउन इरान तयार

काठमाडौं(नागरिक)- 
इरानले नेपालसम्म सोझै पेट्रोलियम पाइप लाइन बिच्छाउन सकिने तर यस निम्ति विस्तृत छलफल आवश्यक हुने बताएको छ। चीन र भारतसम्म पेट्रोलियम लाइन बिस्तारका लागि काम गरिरहेको इरानले नेपालसम्म त्यसलाई तन्काउन सकिने बताएको हो। 'नेपालसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्न सकिन्छ' इरानी राजदूत सयद म्हादी नाविजादेहलाई उद्यृत गर्दै परराष्ट्र मन्त्रालयका अधिकारीले भने, 'तर यस निम्त विस्तृत छलफल आवश्यक पर्छ, हामी यसमा सकारात्मक छौं।' इरान हाल साउदी अरेबियापछि विश्वमै धेरै पेट्रोलियम उत्पादन गर्ने राष्ट्र हो।

हाल खवर बुझ्दै घरघरमा प्रहरी


माधब अर्याल /पाल्पा- 
हातमा 'घरदैलो हालखवर तथा शुभकामना कार्यक्रम २०६६' लेखिएको झोला । बर्दीधारी तीन चार जना प्रहरीको टोली घर घरमा पुगि सोध्दै छन्, आमा, बुवा सन्चै हुनुहुन्छ ? के छ तपाईका पीर मर्का ? गुनासा के छन् नी ?  हातमा लाठी लिएर चिटिक्क परि गाउमा पुगेका प्रहरीको प्रश्नमा गाडाकोट गाविस पन्थेका बुढा बा दानबहादुर मल्लले जवाफ फर्काए, 'अ,

'इन्डियन पुलिसले भन्यो, देश तेरो शासन हाम्रो'



लक्ष्मण सुवेदी-फिल्म-संवाद नायक/निर्माता नवल खड्कासँग
माया बसेछ र आवाजपछि नायक-निर्माता नवल खड्काले निर्माण गरेको तेस्रो फिल्म दशगजाको सुटिङ हालै सकिएको छ । भारतले गरिरहेको सीमा अतिक्रमणबाट आहत भएका नेपालीको पीडालाई कथामा उतारेको बताउने नवल सुटिङका क्रममा भारतीय प्रहरी प्रशासनबाट निकै तनाव व्यहोरेको दुखेसो पोख्छन् । अहिले पनि विभिन्न शक्तिकेन्द्रले दशगजा फिल्म पूरा हुन नदिन षड्यन्त्र र चियोचर्चाे गर्ने गरेको बताउने उनी आफ्नो फिल्म राष्ट्र र राष्ट्रियताको पक्षमा भएकाले कसैको दबाब, डर, धम्कीले आफू नडराउने अडान व्यक्त गर्छन् । दशगजाकै सेरोफेरोमा उनीसँग गरिएको वार्ताः

पचास हजारमा जापान

योगेश खतिवडा/ काठमाडौ- 
प्रशिक्षार्थी कामदार रूपमा जापान जाने नेपालीले ५० हजारभन्दा बढी खर्चनु नपर्ने भएको छ । हालै अन्तिम रूप पाएको जापानमा औद्योगिक प्रशिक्षार्थी कामदार पठाउने निर्देशिकामा यस्तो व्यवस्था गरिएको हो । श्रम तथा यातायात मन्त्रालयले बुधबार निर्देशिकालाई अन्तिम रूप दिएको हो । 'कामदारले लगभग ५० हजार रुपैयाँ तिरे पुग्छ,' मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराइले भने, 'यो एजेन्सीले जानुअघिको तयारी र व्यवस्थापन खर्चका रूपमा लिन पाउने भएका हुन् ।' भिसा प्रक्रिया, हवाई टिकट खर्चलयायत अन्य खर्च कामदार लैजाने कम्पनीले नै बेहोर्ने उनले बताए ।

दुई बन्दुक र दुई सेना घातक : कमल थापा

गणतन्त्रको विचारले पनि देश टुक्रन्छ
चाँदनी हमाल/नागरिक- 
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले दुई बन्दुक र दुई सेना शान्ति प्रक्रियाका लागि सबैभन्दा घातक भएको बताएका छन्। उनले यी दुई तत्त्व कायम रहेसम्म मुलुकमा दिगो शान्ति छाउन नसक्ने दाबी पनि गरे। राप्रपा नेपाल चितवनद्वारा बिहीबार चितवनको भरतपुरमा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले गणतन्त्र र राजतन्त्र देशमा अहिले पनि दुई विचारको बाहुल्यता रहेको बताए । प्रचण्ड भनेको गणतन्त्र हुन् र कमल थापा भनेको संवैधानिक राजतन्त्र हुन, उनले अगाडि भने- गणतन्त्र ल्याउने त कुरै नगरौ, त्यसको विचारले पनि देश टुक्रिन्छ।

उनले अहिलेको सरकारले नयाँ नेपाल निर्माणमा कुनै लछारपाटो नलगाउने बताए। दिनानुदिन देशको अवस्था नाजुक भैरहेको बताउँदै उनले यो सरकार पनि विगतको भन्दा फरक नहुने ठोकुवा गरे।

माओवादी सरकारले केही गर्छ कि भन्ने जनताको आशा नौ महिने कार्यकालले देखाइसकेको भन्दै उनले अबको सरकार पनि पुरानै अनुहार भएकाले जनताको आशा मरिसकेको बताए। जनताको भावनाअनुसारको काम नगरेर तीन ठूला दल पार्टी स्वार्थमा लागेको बताउँदै उनले दलहरुले सरकार र आन्दोलनलाई नै महत्व दिएकाले हरेक नेपाली स्वतन्त्र रहन्छ भन्नेमा शङ्का रहेको उल्लेख गरे।

अहिलेको आवश्यकता सरकार बनाउने वा गिराउनेभन्दा जनताको नयाँ संविधान कसरी बनाउने भन्नेमा केन्द्रित हुनुपर्नेमा राष्ट्रलाई युद्धको भुमरीमा दलहरुले आफैं फसाउँदै लगेको थापाको भनाई थियो। संविधान निर्माण भाँड्ने काम कङ्ग्रेस र एमालले नै गरिरहेको आरोप लगाउँदै उनले दलहरुले लोकतान्त्रिक पद्धति बिर्संदै गएको बताए।

जनताको चाहनाअनुसार देशमा शान्ति सुरक्षाको प्रत्याभूति नभएको उनको धारणा थियो। शान्ति प्रक्रियाले पनि अहिले अर्कै मोड लिएको उल्लेख गर्दै उनले समयमै दलका नेता सजग नभए नेपालको अस्तित्व खतरातर्फ उन्मुख हुने औल्याए।

सरकारमा जान फोरममा तछाड मछाड


• अध्यक्ष यादव र सहअध्यक्ष गुप्ता दुवै उपप्रधानमन्त्रीको दाबीमा

नवीन झा/काठमाडौ
सहभागिताबारे केही भएको छैन' सहअध्यक्ष गुप्ताले भने, 'पहिला हाम्रा मागका बारेमा सरकार स्पष्ट हुनुपर्‍यो ।'
 

दार्जीलीङ्गमा मोर्चाद्वारा छुट्टै सेना परीचालन

गोर्खालेण्ड पर्सनल (जि.एल.पि) नाम दिइएको मोर्चाको सेना
सञ्जीव चापागाई(दैनिकी)
अलग राज्य गोर्खालेण्डको माग गर्दै आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले प्रस्तावित गोर्खालेण्ड क्षेत्र प्रवेस गर्ने सम्पुण नाकाहरुमा आजदेखि आफ्नो छुट्टै सेना परिचालन गरेको छ । मोर्चाको केन्द्रिय समितीको बैठकको निर्णय अनुसार मोर्चाले आफ्ना सेनालाइ बिषेस अधिकार प्रत्यायोजन गर्दै सम्पुर्ण नाका क्षेत्रमा आफ्नो छुट्टै सेना परिचालन गरेको हो । गोर्खालेण्ड पर्सनल (जि.एल.पि) नाम दिइएको मोर्चाको सेनाले गोर्खालेण्ड क्षेत्र प्रवेस गर्ने सम्पुर्ण नाकाहरुमा सवारीसाधन माथि निगरानि बढाउने वताइएको छ ।

Wednesday, November 11, 2009

आजको कार्टून !


दलाई लामासँग पारस शाहको सम्बन्ध/चीन बिरोधी कार्य गरेको आरोप


पारस तिन वटा हेलिकप्टरबाट सहयोगिहरुसहित जोमसोम पुगेका थिए

काठमाडौं (दैनिकी)
चीन विरोधी नयाँ रणनीति निर्माण गर्ने योजनामा रहेका दलाई लामाका दूतसँग पूर्व युबराज पारस शाहको संकास्पद सम्बन्ध रहेको खुलासा भएको छ। हिजो दलाई लामाका विशेष दूतसँग जोमसोम गएर त्यहाँ झण्डै डेड घण्टासम्म शाहले गोप्य छलफल गर्नुभएको छ। जोमसोमको माउन्ट रिसोर्टमा डेढ घण्टा गोप्य बैठक गरेका पारस साह र दलाई लामाका प्रतिनिधिबीच भेटघाट भइरहँदा रिसोर्टमा सेना र प्रहरीलाई पनि प्रवेश दिइएको थिएन। दलाइ लामाका लडाकू दस्ताले रिसोर्ट वरपर घेरा हालेर सुरक्षा दिएको थियो भने प्रहरी र सेनालाई पनि प्रवेश नदिइएको जनाइएको छ।

नयाँ पत्रिका/प्रमिला देवकोटा
२६ वर्षसम्म अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा अध्यापन गरेकी डाक्टर मीनासिंह खड्का आफ्नो नेपाली नागरिकता सुरक्षित राख्दै नेपालै फर्किन् र समाजसेवामा लागिन् । निरक्षरहरूलाई आफ्नै खर्चमा पढाउने 'ल्याप्चे होइन.' अभियान चलाएकी खड्काको दाबी छ- समाजसेवाकै लागि मैले सहरका दुई घर बेचेर बेघर भएकी छु ।'

राज्यमन्त्री वेगमबिरुद्ध सार्वजनिक अपराधमा मुद्दा दर्ता/कुटिएका प्रजिअ बाहिर निस्केनन्

कांतिपुर/शंकर आचार्य

घटनाबारे संचारकर्मीलाई प्रतिक्रिया दिंदा पनि उनी निक्कै तनाव र आक्रोशमा देखिएकी थिईन् । कम समयमा राजनीतिक सफलता हात पार्न सफल उनी मधेश आन्दोलनपछि चर्चामा आएकी हुन् । 

कुट्ने र कुटिनेः- बाँया राज्यमन्त्री करिमा वेगम र दाँया पर्साका प्रजिअ दुर्गा भण्डारी । तस्वीर- शंकर आचार्य
घटनाबारे संचारकर्मीलाई प्रतिक्रिया दिंदा पनि उनी निक्कै तनाव र आक्रोशमा देखिएकी थिईन् ।

एमालेले विमानस्थल सफा गर्न सर्फ उपलब्ध गरायो

काठमाडौँ (नागरिक)- 

नेकपा एमालेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सरसफाइमा बेवास्ता भएको जनाउँदै साङ्केतिक विरोधस्वरुप दुई पाकेट लुगा धुने सर्फ उपलब्ध गराएको छ। हवाईमार्गद्वारा पर्यटक नेपाल भित्रिने प्रमुख द्वारको रुपमा रहेको विमानस्थलको सरसफाइका बारेमा पटकपटक ध्यानाकर्षण गराउँदासमेत नेपाल नागरिक उड्डयन प्राधिकरणले बेवास्ता गरेकाले त्यसमा सुधार ल्याउन विरोधस्वरुप सरफ किनेर दिएको एमालेका पोलिटब्यूरो सदस्य केशव बडालले बताए। विमानस्थल भएर विशिष्ट व्यक्तिहरु आउने/जाने मुख्य प्रवेशद्वार भित्र विश्रामकक्षमा राखिएका सोफाका खोल धुन एमालले सो पाउडर उपलब्ध गराएको हो।

आवश्यक परे राष्ट्रिय सहमतिको सरकार बनाउन तयार : झलनाथ

भारत माओवादीसँग शङ्कित
काठमाडौं(नागरिक)- 

एमाले अध्यक्ष झलनाथ खनालले राजनीतिक गतिरोध अन्त्य गर्नका लागि आवश्यक परे राष्ट्रिय सहमतिको सरकार बनाउनसमेत आफ्नो पार्टी तयार रहेको बताएका छन् । तर उक्त सरकार कसको नेतृत्वमा गठन हुन्छ र कसरी हुन्छ भन्नेबारे भने उनले केही बताएनन्। भारत भ्रमणमा रहेका खनाल आज बिहान स्वदेश फर्केपछि उनले सञ्चारकर्मीसँग काठमाडौं विमानस्थलमा भने- जसरी पनि राजनीतिक निकास निकाल्नुपर्छ र त्यसका लागि सहमति र सहकार्यको विकल्प छैन।

भारतले पनि सहमतिमै जोड दिएको र सहमति र सहकार्यविना शान्ति प्रक्रिया र संविधान निर्माण अघि बढ्न गाह्रो पर्ने बताएको जानकारी उनले दिए। भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएको जानकारी दिँदै उनले थपे- हाम्रा समस्या हामीले नै समाधान गर्ने हो। 

खनालले माओवादीको पछिल्ला गतिविधिबाट भारत शङ्कित भएको आफूले पाएको पनि बताए।

राष्ट्रपतिलाई भोट दिएकोमा सेरचनको पश्चताप


नेपालगन्ज/जनक नेपाल

'राष्ट्रवादी ठानेर मैले पार्टी निर्णयबिरुद्ध उनलाई भोट दिए । तर, अहिले असंबैधानिक काम गरेर गद्दारी गर्नुभयो । मलाई पश्चाताप लागेको छ ।' 

माओवादी स्थायी कमिटी सदस्य अमिक सेरचनले राष्ट्रपति रामवरण यादवलाई भोट दिएकोमा पछुतो जनाएका छन् । राष्ट्रपतिले संविधान मिचेर राष्ट्रघाती काम गरेको आरोप लगाउँदै उनले भने,'राष्ट्रवादी ठानेर मैले पार्टी निर्णयबिरुद्ध उनलाई भोट दिए । तर, अहिले असंबैधानिक काम गरेर गद्दारी गर्नुभयो । मलाई पश्चाताप लागेको छ ।'

Tuesday, November 10, 2009

आजको कार्टून !

मन्त्रीले सिडिओ कुटिन्

झापड हान्दै चस्मापनि फोडिदिन् - सिडिओ-
सोभनिय भएन - फोरम लोकतान्त्रीक प्रवक्ता- 
उपेन्द्र लामिछाने– 

कृषि तथा सहकारी राज्यमन्त्री करिमा वेगमले मंगलबार दिउसो पर्साका प्रमूख जिल्ला अधिकारीमाथी जिल्ला प्रशान कार्यलयभित्रै हातपात गरेको घटनालाई फोरम लोकतान्त्रीकले 'असोभनीय' भन्दै बुधबार बस्ने पार्टी वैठकमा गंभिर छलफल हुने जनाएको छ। एभिन्यूज च्यानललाई मंगलबार दिउसो उक्त घटनाको बारेमा प्रतिक्रीया दिदै फोरम लोकतान्त्रीकका प्रवक्ता जितेन्द्र देवले जुनसुकै वाहानामा पिटेको भएपनि उक्त कार्य 'असोभननीय' रहको बताए। 'यस बारेमा थप कुरा बुझन् वाकी छ ', उनले बताए - 'जुन सुकै वाहानामा उक्त कार्य गरेको भएपनि त्यो असोभनीय कार्य हो।'

भारतीय नागरिक हतियारसहित पक्राउ

नयाँ पत्रिका/काठमाडौं

दुईजना भारतीय नागरिक ४२ राउन्ड गोली र पेस्तोलसहित पक्राउ परेका छन् । प्रहरीले काठमाडौं र ललितपुरबाट नलकटुवा र इटालियन पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको हो । भारत घर बताउने २३ वर्षीय कृष्ण जानत र २० वर्षीय रोशन कुँवरलाई आइतबार राति पुरानो बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रहरी गस्तीटोलीले उनीहरूलाई राति १२ बजे पुरानो बसपार्कपछाडि शंकास्पद अवस्थामा फेलापारेको थियो । दुवैलाई नियन्त्रणमा लिएर तलासी लिँदा नलकटुवा पेस्तोल १ थान, त्यसको गोली ४२ राउन्ड, धारिलो हतियार चक्कु १ थान र ह्याक्सो ब्लेड २ थान बरामद भएको थियो । प्रहरीले दुवैजना लुटेरा भएको आशंका गरेको छ ।

भारतले नेपालका मेडिकल कलेजलाई दिएको मान्यता हटायो


नेपालका ४ मेडिकल कलेजबाट एमबिबिएस गर्नेले भारतमा सोझै प्राक्टिस गर्न पाउने व्यवस्था खारेज भएपछि नेपाल आउने विद्यार्थी घटे
नयाँ पत्रिका/अर्जुन पौडेल
भारतले नेपालका चार मेडिकल कलेजलाई भारतीय कलेेजसरह दिएको मान्यता हटाएको छ । भारतीय मेडिकल काउन्सिलको मापदण्डअनुरूप नभएको भन्दै

बुद्ध एयरले पोखरा- लखनउ उडान गर्ने

कांतिपुर/काठमाडौ- 
बुद्ध एयरले पर्यटकीय नगरी पोखराबाट भारतको लखनउसम्म अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । नेपाल- भारतबीच भएको नयाँ हवाई सम्झौताबाट थप उदार भएको आकाशमा फाइदा लिन अग्रसर हुने यो पहिलो कम्पनी हो । हालै दुई देशबीच भएको सम्झौताले सीमापार उडान गर्ने बाटो खुला गरेको थियो । 'मार्च पहिलो सातादेखि उडान गर्ने योजनामा छौं,' बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने । यसका लागि पर्यटन मन्त्रालयमा निवेदन दिएको उनले बताए ।

मन्त्रीद्वारा वन मन्त्रालयमा छड्के, १९ अनुपस्थित

काठमाडौं (नागरिक)- 

वन मन्त्री दीपक बोहोराले वन मन्त्रालयमा छड्के गरेका छन्। छड्केमा १९ कर्मचारी अनुपस्थित भेटिएका छन्। छड्केका लागि मन्त्री बोहोरा १० बजेर २० मिनेट जाँदा मन्त्रालय पुगेका थिए। छड्केमा सहसचिव १, उपसचिव ३, शाखा अधिकृत ४ र राजपत्र अनंकित कर्मचारी ११ गरी १९ कर्मचारी अनुपस्थित थिए। सरकारी कर्मचारीमा लापरबाही बढ्दै गएको बताउँदै मन्त्री बोहोराले अनुशासनहीनलाई कारबाही गरिने बताए।

मेरो मोबाइलका १८ लाख ग्राहक

कांतिपुर/काठमाडौ- 
मेरो मोबाइलले ग्राहक संख्या बढ्दै गएपछि आफ्नो सेवाको कार्य क्षेत्र (कभरेज) बढाएको छ । मेरोले देशभरि ओगटेको क्षेत्रमा ७ दशमलव ५ प्रतिशत कार्य क्षेत्र वृद्धि गरेको जनाएको छ ।  हाल मेरोको नेटवर्कले ६० प्रतिशत जनसंख्या र २२ प्रतिशत भौगोलिक क्षेत्र ओगटेको स्पाइस नेपालका मुख्य कार्यकारी अधिकृत पासी काइस्टिनेनले बताए । सेप्टेम्बरको अन्त्यसम्म १८ लाखभन्दा बढी ग्राहक भइसकेको स्पाइस नेपालले जनाएको छ । स्पाइस नेपालका अनुसार आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा दिई नेटवर्क वृद्धि गर्न नयाँ टावर निर्माण र नेटवर्क क्षेत्र विस्तारका लागि ४ सय प्राविधिक खटाइएको छ । 

गोर्खाल्याण्डको समर्थन र विरोधमा आन्दोलन तिव्र


वंगाल सरकार दार्जीलिङ्ग पहाडलाई खतरामा पार्ने योजनामा

सञ्जीव चापागाई ,झापा २४ कार्तिक

भारतको पश्चिम बंगाल स्थीत दार्जीलिङ्ग पहाडमा अलग राज्य गोर्खालेण्डको माग गर्दै नेपालीभाषी हरु द्वारा शुरु गरीएको 'स्टेट गोर्खालेण्ड'को बिरोधमा बंगाली समुदाय आन्दोलनमा उत्रीएको छ। प्रस्ताबित गोर्खालेण्ड क्षेत्रमा 'स्टेट गोर्खालेण्ड' लेख्ने अभियान सुरु भएपछि सो को बिरोधमा 'वंगला अनि वंगलाभाषी समिती' आन्दोलनमा उत्रीएको हो। समितीले सो क्षेत्रमा स्टेट गोर्खालेण्ड लेख्ने काम तत्काल नरोके दार्जीलिङ्ग पहाडमा खाद्यान्य सहित अत्यावस्यका वस्तुको निर्यातमा रोका लगाउने चेतावनि सहित आन्दोलन सुरु गरेको हो।

त्यसको दवाव स्वरुप समितिले पश्चिम बंगाल राज्य टुक्र्याउन नहुने भन्दै बिभिन्न स्थानमा बिरोध सभा गर्ने क्रमलाई तिव्र पारीएको आन्दोलनरत 'वंगला अनि वंगलाभासा समिती' का सभापती डा.मुकुल मजुमदारले जानकारी दिनुभयो। उहाँले 'स्टेट गोर्खालेण्ड' लेख्ने अभियान राज्य टुक्र्याउन षड्यन्त्रबाट प्रेरीत भएको भन्दै गोर्खा जनमुक्ति मोर्चाका शिर्ष नेताहरुलाइ पक्राउ गर्न राज्य सरकार संग माग समेत गर्नुभयो।

उता दार्जीलीङ्ग पहाड लगायत प्रस्तवित गोर्खालेण्ड क्षेत्रमा अलग राज्यको आन्दोलनलाई तिव्रपार्दै लगेको गोर्खा जनमुक्ति मोर्चाले आफुहरुको माग जायज भएको दाबि गर्दै आफुहरुको आन्दोलन उत्कर्षमा पुगेकोले कसैले दवाउन नसक्ने जनाएको छ। मोर्चाले 'वंगला अनि वंगलाभासा समितीले' शुरु गरेको अलग राज्य बिरुद्धको आन्दोलनले आफुहरुलाई कुनै फरक नपार्ने जनाएको छ। यसैबिच गोर्खालेण्ड आन्दोलनको बिरोध सुरुभए संगै सैनिक मोर्चाले भने पहाडलाई खतरामा पार्ने योजनामा वंगाल सरकार रहेको खुलासा भएको छ। गोर्खा जनमुक्ति मोर्चाको भातृ संगठन भारतिय गोर्खा भुतपुर्प सैनिक मोर्चाका एन के गुरुङ्गले सो खुलासा गर्नुभएको हो।
 
चौथो त्रिपक्षीय वार्ताको तयारी भईरहेको वेला पश्चिम वंगालमा गोर्खालेण्डको समर्थन र बिरोधमा आन्दोलन शुरु भएपछि त्यसले हिंसात्मक रुपलिन सक्ने सम्भावन बढेको छ। चौथो त्रिपक्षिय वार्ता २१ डिसेम्बरमा दार्जीलिङ्गमा हुने तय भईसकेको छ। यस अघि अलग राज्यको माग सहित आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चा ,राज्य सरकार र केन्द्र सरकार बिच तिनपटक सम्म भईसकेको बार्ता बिना निस्कर्ष टुङि्गदै आएको छ।

Monday, November 9, 2009

आजको कार्टून


  

युटिएलका सवा लाख फोनबाट चोरीका कल



नयाँ पत्रिका /यदु देवकोटा
युनाइटेड टेलिकम लिमिटेड (युटिएल) का करिब सवा लाख फोनबाट अवैध रूपमा विदेशमा फोन भइरहेको पुष्टि भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गठन गरेको छानबिन समितिले नै युटिएलका मोबाइल तथा सिडिएमए फोन दुरुपयोग भइरहेको ठहर गरेको छ । 

प्रसारण लाइन निर्माणमा त्रिपक्षीय सहमति



नयाँ पत्रिका/रमेश घिमिरे
विश्व बैंकको सहयोगमा नेपाल-भारत उच्च क्षमता तथा नेपालभित्र पूर्व-पश्चिम उच्च क्षमता प्रसारण लाइन निर्माणबारे त्रिपक्षीय सहमति भएको छ । आइतबार विश्व बैंक, भारतीय र नेपाली पक्षबीच ४०० केभी ढल्केबर-मुजफ्फपुर र दुहबी-बुटवल ४०० केभी प्रसारण लाइन निर्माण गर्ने प्रारम्भिक सहमति भएको हो । तत्काल भारतबाट विद्युत् आयात गर्न र भविष्यमा नेपालबाट भारतमा ऊर्जा निर्यात गर्ने उद्देश्यले यो लाइन निर्माण गर्न लागिएको हो ।

हुलाकी सडक निर्माण सुरु हुने/ तराईका सबै क्षेत्र जोडिने

काठमाडौ- मैना धिताल
सरकारले हुलाकी मार्ग निर्माणका लागि यसै महिना सात सडक भारतलाई हस्तान्तरण गर्ने भएको छ । पहिलो चरणअन्तर्गत तराईका २० हुलाकी सडक निर्माण गर्ने योजना छ । त्यसमा १० सडक पुससम्म र बाँकी तीन माघसम्म हस्तान्तरण गरिसक्ने हुलाकी राजमार्ग तथा पुल आयोजनाले जनाएको छ । 'सात सडकको वातावरण प्रभाव अध्ययन गरी मुअब्जा दिन सूचना जारी गरिसकेका छौं,' आयोजना प्रमुख गुरुप्रसाद ढकालले भने, 'नोभेम्बरभित्रै हस्तान्तरण गर्छौं ।'

'नेपाली राजनीतिज्ञका लागि दिल्ली मक्का मदिना'


काठमाडौ-

मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले इस्लाम धर्मका लागि मक्का मदिना पवित्र गन्तब्य भएजस्तै नेपाली राजनीतिका लागि दिल्ली मक्का मदिना भएको टिप्पणी गरेका छन् । दिल्ली भ्रमणबाट आइतबारमात्र स्वदेश फर्केका उनले त्यहा नगइ नेपाली राजनीतिबारे जानकारी राख्न नसकिने बताए । 'इस्लाम धर्मका लागि मक्का मदिना भनेजस्तै हो नेपाली राजनीतिको लागि दिल्ली' दिल्ली भ्रमणको उपलब्धीबारे सोमबार रेडियो कान्तिपुरसँग कुरा गर्दै उनले भने, 'त्यहा नगइकन नेपालको राजनीतिमा के कसो हुने हो भन्ने कुरा नै थाहा हुदैन ।'

यो देश माओवादीको मात्र होइनः गच्छदार



नयाँ पत्रिका /भोला पासवानौं
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले २२ दलको संयुक्त सरकार ढालेर नयाँ सरकार बनाउने दिवास्वप्न नदेख्न मओवादीलाई चेतावनी दिएका छन् । मधेसी दलित अधिकार संघर्ष समिति, काठमाडौंद्वारा आइतबार आयोजित सामूहिक पार्टी प्रवेश कार्यक्रममा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री गच्छदारले भने, 'अल्पमत रहेको माओवादी महिनौँदेखि संसद् अवरुद्ध पारेर अलोकतान्त्रिक प्रक्रियाबाट सरकार बनाउने सपना देख्दै छ । त्यो कदापि पूरा हुँदैन ।'

कोइरालाको स्वास्थ्य गम्भीर

काठमाडौं (दैनिकी)
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला गम्भीर रुपमा अस्वस्थ हुनु भएको छ । निमोनियाबाट पीडित कोइरालाको फोक्सोमा पानी जमेको छ । यो खबर सार्वजनिक भएपछि सोमबार बिहानैबाट कोइराला निवास महाराजञ्जमा कांग्रेसका नेताहरु भेला भएका छन । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सभापति कोइरालाको उपचारका लागि आजै वा भोलिसम्ममा सिंगापुर लाने तयारी भइरहेको जानकारी दिनुभयो ।

Sunday, November 8, 2009

आजको कार्टून !


'सशस्त्र समूहको हतियार स्रोत र आश्रय भारत'

भोजराज भाट/काठमाडौ- 

नेपालले तराईका १ सय ९ सशस्त्र समूहले साना हतियारको स्रोत र अपराध गरिसकेपछि आश्रय लिने स्थल बनाएको भन्दै भारतलाई सचेत गराएको छ। साथै गत वर्ष तराईसँग जोडिएको भूभाग आसपास ५ सय ४० जना नेपालीको हत्या भएको स्मरण गराउँदै 'राजनीतिक आवरण' मा लुकेका अपराधी पक्रन पनि भारतसँग सहयोग मागेको छ। कात्तिक २०-२१ मा राजधानीमा सम्पन्न नेपाल-भारत गृहसचिवस्तरीय बैठक भएको थियो। बैठकमा दुबै देश अन्तरदेशीय अपराध नियन्त्रण गर्न डीआईजीस्तरको 'नुडल अफिसर' नियुक्ति प्रक्रिया अझ प्रभावकारी बनाउन सहमत भएका छन्।

एयरपोर्टमा भारतीय वायुसेना राख्न नेपाल असहमत


नयाँ पत्रिका
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेना (एयरमार्सल) राख्ने र सुपुर्दगी सन्धिमा अन्तिम हस्ताक्षर गर्ने प्रमुख दुवै प्रस्ताव नेपालद्वारा अस्वीकार

नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वायुसेनाको सुरक्षाका लागि एयरमार्सल राख्ने भारतीय प्रस्ताव अस्वीकार गरेको छ । सुपुर्दगी सन्धिमा अन्तिम हस्ताक्षर गर्न भारतीय पक्षबाट गरिएको प्रस्तावमा पनि नेपाल सहमत हुन सकेन । शनिबार सम्पन्न दुईदिने नेपाल-भारत गृहसचिवस्तरीय बैठकमा भारतका तर्फबाट राखिएका प्रमुख दुई मुद्दामा नेपाल असहमत भएको हो । भारतीय गृहसचिव गोपाल के. पिल्लाईले बैठकमा सुपुर्दगी सन्धिमा प्रारम्भिक हस्ताक्षर भइसकेकाले अन्तिम हस्ताक्षरका लागि नेपाली पक्षलाई दबाब दिएका थिए ।

मौसमकै बढी माउन्टेन फ्लाइट


शिला पाण्डे- कांतिपुर
शनिबार एकै दिनमा २८ पटक जहाजहरू विदेशी पाहुना बोक्दै हिमालयको दृश्यावलोकन गराउन उडे । यससँग शनिबार यस मौसममा सबैभन्दा बढी माउन्टेन फ्लाइट भएको दिन बनेको छ । पर्यटकीय मौसममा घुम्न आउने विदेशी पाहुनाको संंख्या बढेपछि माउन्टेन फ्लाइट उडानको संख्या पनि बढेको हो । मौसममा नियमित १० उडान भर्ने बुद्ध एयरले शनिबार १५ वटा माउन्टेन फ्लाइट गरेको जनाएको छ । 'यो मौसमकै सबैभन्दा बढी हो,' बुद्ध

गोर्खाल्यान्डद्वारा आर्थिक नाकाबन्दी

झापा/ नयां पत्रिका 
छुट्टै गोर्खाल्यान्ड राज्यको माग गर्दै आएको गोर्खा जनमुक्ति मोर्चाले भारतको पश्चिमबंगाल राज्य सरकारविरुद्ध आर्थिक नाकाबन्दी घोषणा गरेको छ । दार्जिलिङमा मोर्चाले नयाँ चरणको आन्दोलनअन्तर्गत शनिबारदेखि आर्थिक नाकाबन्दी थालेको हो । यसअन्तर्गत पहिलो चरणमा मदिरा ओसार-पसार र बेचबिखनमा कडाइ गरिने मोर्चाले जनाएको छ । यसअघि २७ साउनमा नयाँदिल्लीमा भएको त्रिपक्षीय वार्तामा ६ पुसमा दार्जिलिङमा वार्ता गर्ने सहमति भएपछि मोर्चाले आन्दोलनको कार्यक्रम स्थगित गरेको थियो । नाकाबन्दीको प्रारम्भिक चरणमा मदिरापसल बन्द गरिएको मोर्चाका अध्यक्ष विमल गुरुङले बताए ।

संविधान बन्दैनः मातृका

काँकडभिट्टा- 

पुर्नगठित माओवादीका अध्यक्ष मातृका यादवले निर्धारित समयमा संबिधान बन्न नसक्ने ठोकुवा गरेका छन् । माओवादीको कोचिला राज्य स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम उदघाटन गर्न झापाको धुलावारी आएका यादवले भने,' संबिधान बन्दै बन्दैन, बनिहालेपनि जनताले चाहेको जस्तो हुदैन ।' सत्ताको लुछाचुँडीमा लागेर दलहरुले संबिधान निर्माण प्रक्रियामा ढिलाई गरिरहेको यादवको आरोप थियो । 'दलहरुको क्रियाकलापले निर्धारित मितिमा संबिधान बन्ला जस्तो देखिदैंन', यादवले थपे,'जनता आफै संबिधान निर्माणमा जुट्नु पर्छ ।' उनले अबको संबिधान बहुसंख्यक जनताको हीतको हुनु पर्ने बताए । जनताले चाहेजस्तो संबिधान नबनेसम्म मुलुकमा संघर्ष भइरहेन उनको भनाइ थियो । 

आन्दोलन सत्ता प्राप्तिका लगि मात्रै केन्द्रत रहेको यादवको भनाइ

सञ्जीव चापागाई/झापा

पुनर्गठित नेकपा माओवादीका संयोजक मातृका यादवले एकिकृत माओवादीको जारी आन्दोलन नागरीक सर्वोच्चताका लगि नभई सत्ता प्रप्तिका लगि मात्रै केन्द्रत रहेको दाबी गर्नुभएको छ। कोचिला राज्य स्तरीय कार्यकर्ता प्रशिक्षणका क्रममा झापाको धुलावारी आइपुग्नुभएका यादवले नागरीक सर्वेच्चताको नाम दिएर झुटो आश्वासन बाँड्दै एकीकृत माओवादीले जनतालाई भ्रममा पारेको आरोप लगाउनुभएको छ। प्रशिक्षण कार्यक्रमको उद्धघाटन गर्दै यादवले एकीकृत माओवादीको जारी आन्दोलनप्रति आफ्नो दलको कुनै समर्थन नरहेको स्पस्ट पार्दै माओवादीले पहिले घोषण गरिसकेको आन्दोलन छाड्नु लज्जास्पद भएको बताउनुभयो। 

सभासदद्वारा राष्ट्र सङ्घका महासचिवप्रति आपत्ति

माधव ढुङ्गेल, काठमाडौं- 

संविधानसभा संवैधानिक समितिको बैठकमा सभासद्हरूले संयुक्त राष्ट्रसंघका महासचिवले पेश गरेको प्रतिवेदनले समितिबारे भ्रम सिर्जना गरेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्। बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले सुरक्षा परिषदमा पेश गरेको प्रतिवेदनले भ्रम सिर्जना गरेकाले नेपालका लागि महासचिवका प्रतिनिधि अनमिन प्रमुख करिन लनग्रेनलाई समितिमा बोलाएर छलफल गर्नसमेत सभासद्हरूले माग गरे। न्युयोर्कबाट गत साता सार्वजनिक प्रतिवेदनमा 'संवैधानिक समितिले छैठौंपटक कार्यतालिका परिवर्तन गरेको छ, बाँकी रहेका ५ वटा विषयगत समितिका प्रतिवेदनमाथि डिसेम्बर १५ सम्म छलफल सक्नुपर्ने हो।

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by