ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, November 8, 2009

संविधान बन्दैनः मातृका

काँकडभिट्टा- 

पुर्नगठित माओवादीका अध्यक्ष मातृका यादवले निर्धारित समयमा संबिधान बन्न नसक्ने ठोकुवा गरेका छन् । माओवादीको कोचिला राज्य स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम उदघाटन गर्न झापाको धुलावारी आएका यादवले भने,' संबिधान बन्दै बन्दैन, बनिहालेपनि जनताले चाहेको जस्तो हुदैन ।' सत्ताको लुछाचुँडीमा लागेर दलहरुले संबिधान निर्माण प्रक्रियामा ढिलाई गरिरहेको यादवको आरोप थियो । 'दलहरुको क्रियाकलापले निर्धारित मितिमा संबिधान बन्ला जस्तो देखिदैंन', यादवले थपे,'जनता आफै संबिधान निर्माणमा जुट्नु पर्छ ।' उनले अबको संबिधान बहुसंख्यक जनताको हीतको हुनु पर्ने बताए । जनताले चाहेजस्तो संबिधान नबनेसम्म मुलुकमा संघर्ष भइरहेन उनको भनाइ थियो । 
एक अर्को प्रसंगमा उनले वर्तमान सरकारलाई लुटेराहरुको सरकारको संज्ञा दिए । 

एकीकृत माओवादीप्रति लक्षित गर्दै यादवलेे उसको आन्दोलनलाई कुर्सीमा जाने काइदा भएको बताए । 'यो कार्यकर्तालाई भ्रममा पार्ने आन्दोलन मात्रै हो', यादवको भनाई थियो 'उहाँहरु आन्दोलन गर्दै हैन बरु छाड्दै हुनुहुन्छ ।' ग्ाणराज्य घोषणा र अन्तर्राष्ट्रिय एयरपोर्ट बन्द फिर्ता कार्यक्रमले त्यहीे कुराको संकेत गरेको उनले भने । अहिले बिदेशीले मुलुक संचालन गरिरहेको उनको कथन थियो । उनले भने- 'डाइरेक्टर बिदेशी र दलका नेताहरु कलाकार छन् ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by