ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, November 12, 2009

सरकारमा जान फोरममा तछाड मछाड


• अध्यक्ष यादव र सहअध्यक्ष गुप्ता दुवै उपप्रधानमन्त्रीको दाबीमा

नवीन झा/काठमाडौ
सहभागिताबारे केही भएको छैन' सहअध्यक्ष गुप्ताले भने, 'पहिला हाम्रा मागका बारेमा सरकार स्पष्ट हुनुपर्‍यो ।'
 
सरकारमा सहभागिताबारे मधेसी जनअधिकार फोरमको नेतृत्वमा मतभेद देखिएको छ । फोरम अध्यक्ष उपेन्द्र यादव र सहअहध्यक्ष जयप्रकाश गुप्ताले सहभागिताका लागि छुट्टाछुट्टै कसरत सुरु गरेपछि मतभेद देखिएको हो । सहअध्यक्ष गुप्ताले यसका लागि सभासदहरूसँग छलफल तीव्र बनाएका छन् भने अध्यक्ष यादव पनि नयाँदिल्ली भ्रमणबाट फर्केलगत्तै सरकारमा जाने तयारीमा देखिएका छन् । सरकारमा सहभागिताका लागि मधेसका मुद्दालाई सम्बोधन हुनुपर्ने सार्वजनिक अडान भने दुवै पक्षको कायम छ । 'अध्यक्ष र सहअध्यक्षबीच मतभिन्नता देखिएको छ,' एक केन्द्रीय सदस्यले कान्तिपुरसँग भने, 'सरकारमा जान दुवै तयार छन् । तर कसको नेतृत्वमा भन्नेबारे विवाद छ ।'

सहअध्यक्ष गुप्ताले सरकारमा वरिष्ठ उपप्रधानमन्त्री पाउने सम्भावना कम भएको तर्क गर्दै कनिष्ठ उपप्रधानमन्त्रीमा अध्यक्ष जानु नहुने धारणा राखेका छन् भने अध्यक्ष आफैं वरिष्ठ उपप्रधानमन्त्रीको दाबीसहित सरकारमा जाने मनस्थितिमा देखिएका छन् । भारत भ्रमणबाट फर्केपछि सरकारमा जानुपर्ने निष्कर्षमा यादव पुगेका हुन् ।

त्यसका लागि सभासदहरूसँगको परामर्शलाई दुवै नेताले अघि बढाएका छन् । तर यादवभन्दा गुप्ता यसमा अघि देखिएको ती सदस्यले बताए ।

गुप्ताले छलफलमा सरकारले अल्टिमेटमबारे सम्बोधन गरे मात्रै मन्त्रिपरिषदमा सहभागिताका लागि सोच्न सक्ने बताएका छन् भने, यादव यसमा मौन छन् ।

'सहभागिताबारे केही भएको छैन' सहअध्यक्ष गुप्ताले भने, 'पहिला हाम्रा मागका बारेमा सरकार स्पष्ट हुनुपर्‍यो ।'

तर अध्यक्ष निकट एक केन्द्रीय सदस्यका अनुसार यादव सरकारमा सहभागिताकाबारे तयार जस्तै देखिन्छन् । 'दिल्लीबाट आएपछि सरकारमा जाने मनस्थिति उहाँले बनाउनुभएको छ,' ती सदस्यले भने ।

यसअघि सरकारमै सहभागिताका विषयमा मतभेद उत्पन्न भएपछि फोरम फुटेको थियो । फुटेको फोरमका नेता विजय गच्छदार अहिले वरिष्ठ उपप्रधानमन्त्री छन् । स्रोतका अनुसार फोरम फेरि त्यस्तै फुटको वातावरणतर्फ जान पनि सक्छ ।

सहअध्यक्ष गुप्ताले केही दिनयता सभासदहरूसँग तीव्र पारेको छलफललाई फोरमकै केही नेताले गम्भीररूपमा लिएका छन् । तर सभासद बीपी यादवले भने, 'यादव दिल्ली गएपछि कार्यवाहक अध्यक्षको हैसियतमा सहअध्यक्ष गुप्ताले सभासदहरूसँग छलफल गर्नु अस्वभाविक होइन ।'

'सरकारमा सहभागिताबारे हाम्रा माग पहिला सम्बोधन हुनुपर्छ,' यादवले भने, 'त्यसपछि हामी केन्द्रीय कार्यसमितिको बैठक डाकेर मात्रै निर्णय गछौंं ।'

तर अध्यक्ष निकट नेताका अनुसार पार्टीमा छलफल नभए पनि केही दिनभित्रै अध्यक्ष यादव सरकारमा सहभागी हुने सम्भावना छ ।

सहअध्यक्ष गुप्ताको नेतृत्वमा फोरम सरकारमा जाने सम्भावना रहेको स्रोतले बतायो । 'यो सरकारमा वरिष्ठ उपप्रधानमन्त्री फोरमले पाउँदैन' स्रोतले भन्यो, 'त्यतिखेर पार्टीमा अध्यक्षको सट्टा सहअध्यक्षलाई पठाउन दबाब बढी हुनसक्छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by