ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, November 11, 2009

राष्ट्रपतिलाई भोट दिएकोमा सेरचनको पश्चताप


नेपालगन्ज/जनक नेपाल

'राष्ट्रवादी ठानेर मैले पार्टी निर्णयबिरुद्ध उनलाई भोट दिए । तर, अहिले असंबैधानिक काम गरेर गद्दारी गर्नुभयो । मलाई पश्चाताप लागेको छ ।' 

माओवादी स्थायी कमिटी सदस्य अमिक सेरचनले राष्ट्रपति रामवरण यादवलाई भोट दिएकोमा पछुतो जनाएका छन् । राष्ट्रपतिले संविधान मिचेर राष्ट्रघाती काम गरेको आरोप लगाउँदै उनले भने,'राष्ट्रवादी ठानेर मैले पार्टी निर्णयबिरुद्ध उनलाई भोट दिए । तर, अहिले असंबैधानिक काम गरेर गद्दारी गर्नुभयो । मलाई पश्चाताप लागेको छ ।'
राष्ट्रपति निर्वाचनमा माओवादीद्वारा उम्मेदवार बनाइएका रामराजाप्रसाद सिंहलाई भोट नदिएर उनले यादवलाई भोट दिएका थिए । तत्कालीन जनमोर्चा नेपालका अध्यक्ष समेत रहेका सेरचनलाई पार्टी निर्णयबिरुद्ध लागेको भन्दै कारवाही समेत भएको थियो ।
उनले मुलुकले अहिले इतिहासमै सबैभन्दा बढी बैदेशिक हस्तक्षेपको सामना गरिरहेको पनि बताए । बैदेशिक शक्तिहरुले योजनाबद्ध ढंगले हस्तक्षेप गरिरहेको दाबी गर्दै उनले भने,'यही स्थिति रहिरहे देश अफगानीस्तान वा सिक्किम बन्ने खतरा छ ।' सार्वभौमसत्ता जोगाउन राष्ट्रिय सहमति र एकता अनिवार्य रहेको शेरचनले बताए । २२ दलको गठबन्धन सरकारलाई उनले भारतीय इसारामा चलेको आरोप लगाए ।

हुम्लाबाट फर्केर काठमाण्डौ जानुअघि क्रान्तिकारी पत्रकार संघद्वारा बुधवार नेपालगन्जमा गरिएको पत्रकार भेटघाटमा माओवादी नेता शेरचनले भने,- 'मेरो ५० बर्षको राजनीतिक अनुभवले भन्छ अहिलेजति बैदेशिक हस्तक्षेप कहिल्यै भएन् । पन्चायतकालमा समेत भएन् ।' संयुक्त राष्ट्रसंघले राष्ट्रिय सरकार बनाउन गरेको आग्रहलाई भने उनले हस्तक्षेप नभई 'साझा अन्र्तराष्ट्रिय अड्डाको सुझाव' का रुपमा अथ्र्याए ।

माओवादीले युद्धको हृयाङ्गओभर छाडेर सच्चिएर आएको उनको दाबी छ । 'माओवादीले तोडफोड र अशान्तिबाहेक अरु जान्दैन भन्ने परेको थियो'-उनले भने,'तर, पार्टी धेरै सच्चिईसक्यो । काँग्रेसको भद्रअवज्ञाभन्दा शान्तिपूर्ण आन्दोलन गरेर नमूना पेस गरेको छ ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by