ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 14, 2009

'रोप वे' बन्ने भएपछि महिलाहरु तरकारी खेतीमा

पर्वत- पूर्ण विके

स्थानीय जुठीमाया गुरुङ्गले 'रोप वे' वनेपछि आफूहरुको उत्पादन सजिलै बजार पुर्‍याउन सकिने भएकोले व्यावसायीक रुपमा तरकारी खेतीतर्फ लागेको वताइन् । 'पहिला तरकारी उत्पादन गरेपनि वजार पुर्‍याउन गाह्रो थियो,' उनले भनिन्, 'अहिले गाउँमा तरकारी लगाउनेको होड नै चलेको छ ।' 

आफ्नै पहलमा 'रोप वे' निर्माण हुने भएपछि छिम्केश्वरी १ वरालुङ्गका महिलाहरु ब्यावसायीक तरकारी खेतीमा आकषिर्त भएका छन् । आफूहरुले उत्पादन गरेको तरकारी चितवनको पाँचकिलोसम्म पुर्‍याउन दुई घण्टा भन्दा बढी समय लाग्ने गरेपनि 'रोप वे' ले सहज बनाउने भएपछि महिलाहरु तरकारी खेतीतर्फ आकषिर्त भएका हुन् ।
२१ परिवारको वरालुङ्ग गाँउमा पहिले भने केही कृषकले मात्र तरकारी खेती गर्दै आएका थिए ।  स्थानीय जुठीमाया गुरुङ्गले 'रोप वे' वनेपछि आफूहरुको उत्पादन सजिलै बजार पुर्‍याउन सकिने भएकोले व्यावसायीक रुपमा तरकारी खेतीतर्फ लागेको वताइन् । 'पहिला तरकारी उत्पादन गरेपनि वजार पुर्‍याउन गाह्रो थियो,' उनले भनिन्, 'अहिले गाउँमा तरकारी लगाउनेको होड नै चलेको छ ।' गुरुङ्गले पोहोर करिव एक रोपनी क्षेत्रफलमा तरकारी लगाएकोमा यसवर्ष पाँच रोपनी भन्दा बढी क्षेत्रफलमा तरकारी खेती गरेको जनाइन् ।
कृषकहरु 'रोप वे' बनाउन कस्सिएपछि ताजा तरकारी बजारसम्म पुर्‍याउन सजिलो हुने भएकोले महिलाहरु तरकारी खेतीतर्फ आकषिर्त भएको स्थानिय नानीमाया गुरुङ्गले जानकारी दिइन् । गत वर्ष केही जग्गामा तरकारी लगाएपनि यस वर्षदेखि नियमित तरकारी लगाउने सोंच वनाएको नानीमायाको भनाइ छ । 'अहिले त तीन रोपनी भन्दा वढि क्ष्ाेत्रफलमा तरकारी लगाएको छु,' उनले भनिन् ।

रोप वे निर्माण गर्न थालेपछि यहाँका महिलाहरुले दुई तीन रोपनी भन्दा बढी क्षेत्रफलमा तरकारी खेती गरेका छन् । कृषि उपजलाई वजारसम्म पुर्‍याउन सजिलो होस् भनेर 'रोप वे' निर्माण गर्न सुरु गरेको स्थानिय रामवहादुर गुरुङ्गले सुनाए । 'पुरुषहरु रोप वे वनाउन खटिएका छौं, महिलाहरु तरकारी खेतीमा खट्ने गर्छन्,' उनको भनाइ छ ।

'रोप वे' बनाउने कृषकहरुको जमर्कोलाई प्राक्टिकल एक्सन, युरोपियन युनियनले करिव ७० प्रतिशत आर्थिक सहयोग गरी सघाउने भएको छ । वरालुङ्गदेखि चितवनको दाह्रेचोक पाँचकिलोसम्म करिव ९ सय मिटर दुरीको 'रोप वे' निर्माण गर्न आर्थिक सहयोग गर्न लागेको हो । 'रोप वे' निर्माण गर्न करिव १३ लाख रुपैंयाँ लाग्ने संस्थाले जनाएको छ । साउन पहिलो सातादेखि निर्माण कार्य सुरु भएको 'रोप वे' पुस मध्यसम्ममा पूरा हुने कार्यक्रम संयोजक ईन्जिनीयर रेशमजंग सिंहले वताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by