ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, November 11, 2009

आवश्यक परे राष्ट्रिय सहमतिको सरकार बनाउन तयार : झलनाथ

भारत माओवादीसँग शङ्कित
काठमाडौं(नागरिक)- 

एमाले अध्यक्ष झलनाथ खनालले राजनीतिक गतिरोध अन्त्य गर्नका लागि आवश्यक परे राष्ट्रिय सहमतिको सरकार बनाउनसमेत आफ्नो पार्टी तयार रहेको बताएका छन् । तर उक्त सरकार कसको नेतृत्वमा गठन हुन्छ र कसरी हुन्छ भन्नेबारे भने उनले केही बताएनन्। भारत भ्रमणमा रहेका खनाल आज बिहान स्वदेश फर्केपछि उनले सञ्चारकर्मीसँग काठमाडौं विमानस्थलमा भने- जसरी पनि राजनीतिक निकास निकाल्नुपर्छ र त्यसका लागि सहमति र सहकार्यको विकल्प छैन।

भारतले पनि सहमतिमै जोड दिएको र सहमति र सहकार्यविना शान्ति प्रक्रिया र संविधान निर्माण अघि बढ्न गाह्रो पर्ने बताएको जानकारी उनले दिए। भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएको जानकारी दिँदै उनले थपे- हाम्रा समस्या हामीले नै समाधान गर्ने हो। 

खनालले माओवादीको पछिल्ला गतिविधिबाट भारत शङ्कित भएको आफूले पाएको पनि बताए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by