ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, November 13, 2009

सीडीओ कुट्ने मन्त्रीलाई पक्रन निर्देशन

काठमाडौ, (नागरिक)-
पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकरी दुर्गाप्रसाद भण्डारीलाइ हातपात गर्ने कृषि राज्यमन्त्री करिमा बेगमलाई प्रक्रउ गर्न उपत्यकका सबै प्रहरी युनिटलाई प्रहरी प्रधान कार्यलयले निर्देशन दिएको छ। पर्सा प्रहरीको अनुरोधमा प्रधान कार्यलयले यस्तो निर्देशन दिएको हो। प्रहरी प्रवक्ता विज्ञान राज शर्माले भने पर्सा प्रहरीको अनुरोधमा प्रक्राउ गर्न निर्देशन दिएको हो। बेगमलाई पर्सा प्रहरीले वुधवार सार्वजनिक ऐन अन्तर्गत मुद्दा दयार गरेको हो। सरकारी अधिकारीलाई अभद्र व्यवहार र गालिगलौज गरेकोले सार्वजनिक अपराधमा हदैसम्म कारवाही गर्न माग गरीएको छ।

मन्त्री वेगमले मंगलबार सीडियो भण्डारीको कार्यकक्षयमा गएर थोत्रो गाडी पठाएको निहुमा हागपात गरेकी थिइन्। मन्त्री बेगम हाल काठमाडौमा रहेकी छिन्।  पार्टीले छानबिन समिति बनाउने यसैबीच बेगमकै पार्टी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले हातपातलाई अशोभनीय भन्दै त्यसको विषयमा छानबिन गर्ने भएको छ।  पार्टी राजनीतिक समितिको बिहीबारको बैठकमा पार्टी सदस्यहरूले मन्त्रीबाटै यस्तो घटना हुनु अशोभनीय भन्दै छानबिन समिति बनाउने निर्णय गरेका हुन्। 

छानबिन समिति बनाउनेमा सबैको सहमति छ,' फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य उपेन्द्र झाले भने, ...भोलि (शुक्रबार) समिति गठन हुन्छ।' पार्टी अध्यक्ष विजयकुमार गच्छदार साँझ ६ बजे मन्त्रीहको अनौपचारिक बैठकमा सहभागी हुन निस्किएकाले बिहीबार समिति गठन हुन नसकेको झाले जानकारी दिए। छानबिन समितिको प्रतिवेदनका आधारमा पार्टीले बेगमको विषयमा निर्णय लिने उनले बताए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by