ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, November 13, 2009

विद्युत् रोयल्टी आम्दानीको मुख्य स्रोत


नयाँ पत्रिका/सिन्धुपाल्चोक
अमेरिकी लगानीमा निर्मित ३६ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत् आयोजना । भोटेकोसीबाट मात्रै जिविसले वाषिर्क करिब ५० लाख रुपैयाँ रोयल्टी पाउँदै आएको छ । तस्बिरः ध्रुव दंगाल
जिल्ला विकास समितिले कुल आन्तरिक स्रोतकोे आधा हिस्सा योगदान विद्युत् रोयल्टीबाट पाउँदै आएको छ । जलविद्युत् नगरीका रूपमा विकसित सिन्धुपाल्चोक जिविसको विद्युत् रोयल्टी एक सय २६ प्रतिशत वृद्धि भई गतवर्ष सवा दुई करोड रुपैयाँभन्दा बढी प्राप्त भएको छ । विद्युत् विकास विभागले गत आर्थिक वर्ष ०६५/६६ मा सिन्धुपाल्चोकलाई दुई करोड ३३ लाख ३९ हजार रुपैयाँ रोयल्टी भुक्तानी गरेको छ । विद्युत् रोयल्टी जिविसको आन्तरिक आम्दानीको ४० प्रतिशत हो । जिविसको कुल आन्तरिक स्रोत तीन करोड ८२ लाख ९९ हजार रुपैयाँ पुगेको छ । आन्तरिक आम्दानीको झन्डै आधा हिस्सा ओगटेको विद्युत् रोयल्टी रकमले जिल्लाको विकास निर्माणमा ठूलो योगदान पुर्‍याउँदै आएको छ ।
विद्युतगृहबाट प्राप्त रोयल्टीकोे ५० प्रतिशत रकम विभागले स्थानीय विकासमा खर्च गर्न जिल्लामा पठाउने प्रावधान छ । विभागले प्राप्त रकममध्ये ३४ प्रतिशत सबै जिल्लामा र बाँकी १२ प्रतिशत रकम प्रभावित जिल्लामा पठाउँदै आएको छ । एक करोड तीन लाख रुपैयाँ विद्युत् रोयल्टी र अघिल्ला वर्षको बाँकी बक्यौतासमेत विभागले आव ०६४/६५ मा जिविसलाई दुई करोड ६६ लाख ५७ हजार दुई सय ५४ रुपैयाँ भुक्तानी दिएको थियो ।

विभिन्न एक दर्जन विद्युतगृहबाट जिविसले सो रकम प्राप्त गरेको हो । जिविसका अनुसार, जिल्लाका चार र विभिन्न जिल्लामा सञ्चालित विद्युतगृहको रोयल्टी प्राप्त हुँदै आएको छ ।

आव ०६४/६५ मा बक्यौतासमेत खिम्ती जलविद्युत् आयोजनाबाट जिविसले ६५ लाख २४ हजार चार सय ८६, सुनकोसी जलविद्युत् आयोजनाबाट ६४ लाख ९६ हजार दुई सय २८, भोटेकोसीबाट ४५ लाख ९६ हजार ७०, कुलेखानीबाट २७ लाख २८ हजार ८८, त्रिशूली पहिलोबाट २१ लाख ४७ हजार ६ सय ६३ र दोस्रोबाट १५ लाख ९८ हजार दुई सय २७ रुपैयाँ भुक्तानी पाएको थियो । त्यस्तै, देवीघाट जलविद्युतगृहले १५ लाख ७६ हजार ६ सय १२, इन्द्रावतीले तीन लाख ६६ हजार ६ सय, सानिमाले दुई लाख ६३ हजार आठ सय ५०, चिलिमेले दुई लाख ६२ हजार चार सय ५७ र पनौतीले एक लाख तीन हजार नौ सय १९ रुपैयाँ रोयल्टी रकम भुक्तानी गरेका थिए ।

आन्तरिक स्रोतमा सबैभन्दा बढी रकम विद्युत् रोयल्टीबाट प्राप्त हुने स्थानीय विकास अधिकारी कृष्णप्रसाद अर्यालले बताए । जिल्लामा मात्र अमेरिकी लगानीको ३६ मेगावाटको भोटेकोसी, ७ दशमलव ५ प्रतिशतको सुनकोसी, ७ मेगावाटको इन्द्रावती तथा एक/एक मेगावाटको चाकु, सानिमा र बराम्ची जलविद्युत् केन्द्र सञ्चालनमा छन् । यी केन्द्रले विद्युत् विकास विभागलाई वाषिर्क पाँच करोड रुपैयाँ रोयल्टी तिर्दै आएको तथ्यांक छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by