ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 14, 2009

लोकतान्त्रिक विधिबाट समाधान खोज्न राष्ट्रपतिको आग्रह

काठमाडौं, २८ कार्तिक (दैनिकी)

राष्ट्रपति डा.रामवरण यादवले चुनौतिका रुपमा मुलुक सामु देखिएका सबै समस्याको लोकतान्त्रिक विधिबाट समाधान खोज्न आग्रह गर्नुभएको छ। सप्तरीको छिन्नमस्ता मन्दिरमा आज बिहान पूजा गरेपछि जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा शुभचिन्तकसँगको भेटमा उहाँले समस्या समाधानका निँहुमा लोकतान्त्रिक प्रक्रिया भन्दा बाहिर जान नहुने नहुने बताउनु भएको छ। राष्ट्रपति डा.रामवरण यादवल नयाँ संविधान निर्माणका लागि आफु जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनु भयो। उहाँले बार्ता र सहमतिबाट सबै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । यसअघि मन्दिरमा पूजा गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रपति यादवले भगवतीसँग दिगो शान्तिका लागि प्रार्थना गरेको जानकारी दिनुभयो।
उहाँले वार्ता र सहमतिबाट सबै समस्याको समाधान खोज्नुपर्नेमा जोड निदुभयो। मेची आँखा अस्पतालको उद्घाटन गर्न हिजो झापा गएका राष्ट्रपति यादव आज बिहान पूजाआजाका लागि छिन्नमस्ता मन्दिर पुग्नु भएको हो। राष्ट्रपतिको सुरक्षालाई ध्यानमा राखेर मन्दिर आसपासका क्षेत्रमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । सो क्रममा एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले सुरक्षा घेराबाहिरबाट राष्ट्रपति यादवलाई कालो झण्डा देखाएका थिए।

जिल्ला प्रशासनले पत्रकारहरुलाइ मन्दिर क्षेत्र प्रवेशमा कडाइ गरेको छ । यसैबीच माओबादीले राष्ट्रपतिको विरोधको कार्यक्रम मन्दीरमा नै राखेको छ । माओबादी जील्ला समिती सप्तरिले राष्ट्रपतिको विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by