ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, November 13, 2009

मैले संविधान मिचेको छैनः राष्ट्रपति

कान्तिपुर/झापा
राष्ट्रपति रामवरण यादवले आफुबाट संविधान मिच्ने काम नभएको स्पष्ट पारेका छन् । माओवादीले सेनापति प्रकरणमा राष्ट्रपतिको कदम असंबैधानिक भन्दै देशव्यापी आन्दोलन गरी रहेको बेला उनको यो स्पष्टिकरण आएको हो । मेची आँखा अस्पताल उद्घाटनका लागि शुक्रबार झापा आइपुगेका राष्ट्रपति यादवले भने, 'मैले संविधान मिचेको छैन, हिजो पनि मिचिन, आज पनि मिच्दिन र भोली पनि मिच्ने छैन ।' बरु उनले सबै राजनीतिक पक्षहरुले संविधानको पालना गर्नुपर्ने बताए । 'जबरजस्तीको कुनै ठाउँ छैन, हिंसाको ठाउँ छैन' उनले भने, 'राजनीतिक शक्तिहरुले संविधानको पालना गर्नुपर्छ ।'उनले विवादहरुको समाधान संविधानसभाबाट निकाल्न पनि आग्रह गरे । उनले भने, 'समुद्र -संविधानसभा) मन्थन गरेर अमृत निकाल्नुस् ।' दिउँसो १२.३० बजे सेनाको हेलिकप्टरद्वारा आइ पुगेका राष्ट्रपति दुई घण्टाभन्दा बढि बसेका थिए ।

राष्ट्रपतिको झापा आउने कार्यक्रमलाई लक्षित गरी माओवादी शुक्रबार जिल्ला बन्दको आयोजना गरेको थियो हेलिकप्टरबाट अस्पताल परिसरमा अवतरण भएका कारण अवरोध हुन पाएन । माओवादीले सडकमा भने टायर बालेर बिरोध प्रदर्शन गरेका थिए

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by