ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, November 11, 2009

एमालेले विमानस्थल सफा गर्न सर्फ उपलब्ध गरायो

काठमाडौँ (नागरिक)- 

नेकपा एमालेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सरसफाइमा बेवास्ता भएको जनाउँदै साङ्केतिक विरोधस्वरुप दुई पाकेट लुगा धुने सर्फ उपलब्ध गराएको छ। हवाईमार्गद्वारा पर्यटक नेपाल भित्रिने प्रमुख द्वारको रुपमा रहेको विमानस्थलको सरसफाइका बारेमा पटकपटक ध्यानाकर्षण गराउँदासमेत नेपाल नागरिक उड्डयन प्राधिकरणले बेवास्ता गरेकाले त्यसमा सुधार ल्याउन विरोधस्वरुप सरफ किनेर दिएको एमालेका पोलिटब्यूरो सदस्य केशव बडालले बताए। विमानस्थल भएर विशिष्ट व्यक्तिहरु आउने/जाने मुख्य प्रवेशद्वार भित्र विश्रामकक्षमा राखिएका सोफाका खोल धुन एमालले सो पाउडर उपलब्ध गराएको हो।
प्रारम्भमा त्यहाँ राखिएका सोफाका खोलहरु सेता रङ्गका भए पनि ज्यादै मैलो भएकाले कुन रङ्गको हो चिन्न नसकिने अवस्थामा छन्।

साताव्यापी भारत भ्रमण पूरा गरेर स्वदेश फर्कन लाग्नुभएका एमाले अध्यक्ष झलनाथ खनालको स्वागतका लागि विमानस्थल पुगेका बडालले विमानस्थलका प्रमुखलाई सरसफाइका लागि पुनः आग्रह गरिएको पत्रसहित दुई पाकेट पाउडर त्यहाँका कर्मचारीलाई हस्तान्तरण गरे।

नेता बडालले सोफाका मैला खोल देखाउँदै भने- 'यी खोलहरु धुनका लागि मैले धेरै पटक अनुरोध गरेको थिएँ, मेरो अनुरोधले काम गरेन', उनले भने- 'विशिष्ट महानुभाव आउने जाने प्रवेशद्वारमा रहेको विश्रामस्थलको यो हालत छ! नेपाल आउने पर्यटकलाई नेपालप्रति सुरुमै कस्तो असर पर्ला?'


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by