ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, November 8, 2009

आन्दोलन सत्ता प्राप्तिका लगि मात्रै केन्द्रत रहेको यादवको भनाइ

सञ्जीव चापागाई/झापा

पुनर्गठित नेकपा माओवादीका संयोजक मातृका यादवले एकिकृत माओवादीको जारी आन्दोलन नागरीक सर्वोच्चताका लगि नभई सत्ता प्रप्तिका लगि मात्रै केन्द्रत रहेको दाबी गर्नुभएको छ। कोचिला राज्य स्तरीय कार्यकर्ता प्रशिक्षणका क्रममा झापाको धुलावारी आइपुग्नुभएका यादवले नागरीक सर्वेच्चताको नाम दिएर झुटो आश्वासन बाँड्दै एकीकृत माओवादीले जनतालाई भ्रममा पारेको आरोप लगाउनुभएको छ। प्रशिक्षण कार्यक्रमको उद्धघाटन गर्दै यादवले एकीकृत माओवादीको जारी आन्दोलनप्रति आफ्नो दलको कुनै समर्थन नरहेको स्पस्ट पार्दै माओवादीले पहिले घोषण गरिसकेको आन्दोलन छाड्नु लज्जास्पद भएको बताउनुभयो। 
उहाले नयाँ जनवादी क्रान्तिको योजना बनाएर एकीकृत माओवादीसंग समेत सहकार्य गर्नसकिने संकेत गर्नुभयो। आफूहरुसंग सेन पर्याप्त रहेको स्पस्ट पार्दै यादवले वर्तमान सरकार बिरुद्ध हत्तियार नै उठाउनुपर्ने अवस्था भने अहिले नरहेको बताउनुभयो।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by