ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, November 10, 2009

मेरो मोबाइलका १८ लाख ग्राहक

कांतिपुर/काठमाडौ- 
मेरो मोबाइलले ग्राहक संख्या बढ्दै गएपछि आफ्नो सेवाको कार्य क्षेत्र (कभरेज) बढाएको छ । मेरोले देशभरि ओगटेको क्षेत्रमा ७ दशमलव ५ प्रतिशत कार्य क्षेत्र वृद्धि गरेको जनाएको छ ।  हाल मेरोको नेटवर्कले ६० प्रतिशत जनसंख्या र २२ प्रतिशत भौगोलिक क्षेत्र ओगटेको स्पाइस नेपालका मुख्य कार्यकारी अधिकृत पासी काइस्टिनेनले बताए । सेप्टेम्बरको अन्त्यसम्म १८ लाखभन्दा बढी ग्राहक भइसकेको स्पाइस नेपालले जनाएको छ । स्पाइस नेपालका अनुसार आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा दिई नेटवर्क वृद्धि गर्न नयाँ टावर निर्माण र नेटवर्क क्षेत्र विस्तारका लागि ४ सय प्राविधिक खटाइएको छ । 
कम्पनीले मेरो मोबाइलमा ल्याएको उपहार योजनाले पनि ग्राहक संख्या बढाउन मद्दत गरेको हो । उसले अक्टोबर महिनामा ल्याएको योजनाअनुसार ग्राहकले १ सय रुपैयाँको रिचार्ज कार्ड किन्दा १५ रुपैयाँ ब्यालेन्स भएको पि्रपेड सिम पाउँछन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by