ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, November 13, 2009

'नेपालको नम्बर १ कम्पनी बन्दै छौं'


कांतिपुर/काठमाडौ- योगेश खतिवडा
मेरो मोबाइलका ग्राहक संख्या १८ लाख नाघेका छन् । सेवा सञ्चालनको करिब ५ वर्षमै यो कम्पनीले नेपाली मोबाइल बजारको ४० प्रतिशत हिस्सामा कब्जा जमाइसकेको छ । तर यो कम्पनीका प्रमुख कार्यकारी अधिकृत पासी क्वोइन्टिनन अझै सन्तुष्ट छैनन् । 'हामीले सफलता हासिल गरेका छौं,' उनले भने, 'तर गन्तव्यमा अझै पुगेका छैनौं ।' कम्पनीको भावी योजना के छ भन्ने प्रश्न भुइँमा र्झन नपाउँदै उनको जवाफ थियो, 'हामी पहिलो हुने लक्ष्यमा अगाडि बढिरहेका छौं, जुन अब धेरै टाढा छैन ।' स्पाइस निजी क्षेत्रबाट सञ्चालित नेपालको पहिलो मोबाइल सेवा प्रदायक कम्पनी हो । 

उनका अनुसार यस वर्षको अन्तसम्म स्पाइसले ५२ जिल्लामा सञ्जाल विस्तार गर्नेछ । कम्पनीको विस्तार उनका शब्दमा मात्र होइन, कारोबार र सरकारलाई तिर्ने राजस्वमा पनि प्रतिबिम्बित भएको छ । सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीको सूचीमा स्पाइस गत वर्ष दोस्रो नम्बरमा उक्लेको थियो । नेपाल टेलिकम यसमा पहिलो छ । 

गत वर्ष स्पाइस नेपालले ७ करोड ३५ लाख अमेरिकी डलर बराबरको कारोबार गरेको थियो । यो वर्षको पहिलो नौ महिनामा कम्पनीले ७ करोड अमेरिकी डलरको कारोबार गरिसकेको बताए । 

'हामीसँग धेरै किसिमका सेवा छन्,' पासीले भने, 'उचित समयमा ती सेवा सुरु गर्छौं ।' उनले नेपाललाई यस क्षेत्रको उत्कृष्ट दूरसञ्चार सेवा भएको मुलुकका रूपमा विकास गर्ने योजनामा स्पाइस रहेको दाबी गरे ।

यसको स्वामित्व टेलियासोनेराले किनेपछि स्पाइस अन्तर्राष्ट्रिय कम्पनी भएकोे उनले बताए । टेलियासोनेरा स्विडिस र फिनल्यान्डको सफल दूरसञ्चार सेवा प्रदायक कम्पनी हो । 

आगामी वर्षको योजनाबारे छलफल गर्न टेलियासोनेराका उच्च अधिकारीहरू आगामी साता नेपाल आउने भएको छन् । 'आगामी वर्षको योजना अझ आक्रामक हुनेछ,' उनले भने, 'हामी सकेसम्म धेरै ग्रामीण भेगमा जाँदै छौं । साथै ठूला सहरको सञ्जाललाई अझ विस्तार गर्नेछौं ।' 

कम्पनीले सञ्चालन गरेको एक सय रुपैयाँको सिम योजनाले उपभोक्तालाई परिवार र साथीसँग कुरा गर्ने अवसर दिनुका साथै कम्पनीको सञ्जाल विस्तारपछिको प्रतिक्रिया लिन सहयोग पुर्‍याएको उनले बताए । 'यस अभियानबाट धेरै राम्रो प्रतिक्रिया पाएका छौं,' पासीले भने । 

पासीले नेपालमा मोबाइल घनत्व २० प्रतिशतभन्दा कम रहेको सन्दर्भमा कम्पनीले आधारभूत सेवा सञ्चालन गर्नु आवश्यक भएको र यसबारे सोचिरहेको बताए । यसबाट सेवा प्रयोगकर्ताले थप सुविधा पाउने उनको भनाइ छ ।

टेलियासोनेराले सेवा सञ्चालन गरेको ६ महिनाको अवधिमा नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरण र अन्य सरकारी निकायसँग राम्रो सहकार्य भइरहेको उनको भनाइ छ । 'तर यहाँ कल बाइपासको समस्या धेरै छ,' उनले भने, 'जुन हामीले अन्य देशमा सेवा सञ्चालनका क्रममा नभोगेको कुरा हो ।' 

यसबाट धेरै रकम गैरकानुनी रूपमा कसैले बाहिर लगिरहेको उनले बताए । 'यो कसले गरेको हो, हामी भन्न सक्दैनौं,' उनले भने, 'तर यो धेरै ठूलो समस्या 

हो । यसले दूरसञ्चार सेवाबाट आउने धेरै राजस्व बाहिरिन्छ ।' यस्तै भ्याइस सेवाको गुणस्तर कमजोर हुनु पनि अहिलेको मुख्य समस्या रहेको उनको भनाइ छ । 

उनले कम्पनी आगामी दुईर् वर्षसम्म मुख्य रूपमा भ्याइस सेवामा केन्दि्रत हुने बताए । 'त्यसपछि एसएमएस र मोबाइल इन्टरनेट सेवालाई पनि प्राथमिकताका साथ विकास गर्छौं,' उनले थपे । 

उनले नेपालको दूरसञ्चार बजार तीव्र विकासको क्रममा रहेकाले कम्पनीले यसमा लगानी गरेको उनले बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by