ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, November 12, 2009

दार्जीलीङ्गमा मोर्चाद्वारा छुट्टै सेना परीचालन

गोर्खालेण्ड पर्सनल (जि.एल.पि) नाम दिइएको मोर्चाको सेना
सञ्जीव चापागाई(दैनिकी)
अलग राज्य गोर्खालेण्डको माग गर्दै आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले प्रस्तावित गोर्खालेण्ड क्षेत्र प्रवेस गर्ने सम्पुण नाकाहरुमा आजदेखि आफ्नो छुट्टै सेना परिचालन गरेको छ । मोर्चाको केन्द्रिय समितीको बैठकको निर्णय अनुसार मोर्चाले आफ्ना सेनालाइ बिषेस अधिकार प्रत्यायोजन गर्दै सम्पुर्ण नाका क्षेत्रमा आफ्नो छुट्टै सेना परिचालन गरेको हो । गोर्खालेण्ड पर्सनल (जि.एल.पि) नाम दिइएको मोर्चाको सेनाले गोर्खालेण्ड क्षेत्र प्रवेस गर्ने सम्पुर्ण नाकाहरुमा सवारीसाधन माथि निगरानि बढाउने वताइएको छ ।

सो क्रममा सवारी साधनहरुमा मादक पदार्थ भेटिए जि.एल पि ले ति सवारी छ महिना सम्म आफ्नो नियन्त्रण मा लिएर राख्ने मोर्चाका महासचिव रोसन गिरीले जानकारी दिनुभयो । उहाले प्रस्तवित गोर्खालेण्डलाई नशामुक्त क्षेत्र बनाउनका लगि सो अभियान चलाईएको वतउनु भयो। पक्षिल्लो समयम खरो रुपमा प्रस्तुत मोर्चाको कडाई संगै गोर्खालेण्ड क्षेत्रमा लाईसेन्स लिई मादकपदार्थको बिक्री बितरण गर्दै आएका होटल,रेस्टुरेन्ट तथा वारहरु समेत पुर्ण रुपमा वन्द भएका छन ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by