ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, November 8, 2009

एयरपोर्टमा भारतीय वायुसेना राख्न नेपाल असहमत


नयाँ पत्रिका
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेना (एयरमार्सल) राख्ने र सुपुर्दगी सन्धिमा अन्तिम हस्ताक्षर गर्ने प्रमुख दुवै प्रस्ताव नेपालद्वारा अस्वीकार

नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वायुसेनाको सुरक्षाका लागि एयरमार्सल राख्ने भारतीय प्रस्ताव अस्वीकार गरेको छ । सुपुर्दगी सन्धिमा अन्तिम हस्ताक्षर गर्न भारतीय पक्षबाट गरिएको प्रस्तावमा पनि नेपाल सहमत हुन सकेन । शनिबार सम्पन्न दुईदिने नेपाल-भारत गृहसचिवस्तरीय बैठकमा भारतका तर्फबाट राखिएका प्रमुख दुई मुद्दामा नेपाल असहमत भएको हो । भारतीय गृहसचिव गोपाल के. पिल्लाईले बैठकमा सुपुर्दगी सन्धिमा प्रारम्भिक हस्ताक्षर भइसकेकाले अन्तिम हस्ताक्षरका लागि नेपाली पक्षलाई दबाब दिएका थिए । नेपाली पक्षले भने उच्चस्तरीय राजनीतिक सहमति नभई हस्ताक्षर गर्न नसकिने जवाफ दिएको छ । 

नेपाल र भारतका गृहसचिवबीच प्रारम्भिक हस्ताक्षर भएको सुपुर्दगी सन्धिमा तेस्रो देशका नागरिकसमेत सुपुर्दगी गर्नुपर्ने, भारतीय सुरक्षाकर्मी हतियारसहित नेपालमा आएर कुनै पनि मुद्दाको अनुसन्धान गर्न पाउनेजस्ता विवादित विषय समावेश छन् । 

नेपालका तर्फबाट बैठकको नेतृत्व गरेका गृहसचिव डा. गोविन्द कुसुमले सन्धिमा हस्ताक्षरका लागि मन्त्रिपरिषद्ले निर्णय गरी संसद्ले अनुमोदन गर्नुपर्ने बताउँदै पहिला राजनीतिक सहमति नबनी सन्धिमा हस्ताक्षर गर्न नसकिने बताएका थिए । भारतीय पक्षले आफ्नो विमानको सुरक्षाका लागि एयर मार्सल राख्न गरेको प्रस्तावमा समेत सहमति हुन सकेन । भारतले प्रमुख प्राथमिकतामा राखेको दुवै प्रस्तावमा सहमति हुन नसकेपछि सीमा क्षेत्रमा हुने अपराध, मानव बेचबिखन र नक्कली पैसाको कारोबारसम्बन्धी अवैध क्रियाकलापको नियन्त्रणमा सहकार्य गर्ने निर्णय गर्दै दुईदिने बैठक सकिएको छ । 

बैठकबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा आतंकवादी गतिविधि एवं असामाजिक तत्त्वका क्रियाकलापलाई निस्तेज पार्न दुवै देशले मिलेर काम गर्न सहमत भएको जानकारी दिइयो । गृहसचिव कुसुमले नेपालका तर्फबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी)द्वारा सीमा क्षेत्रका नेपालीमाथि समय-समयमा हुने दुव्र्यवहारका बारेमा बैठकमा कुरा राखेको बताए । नेपाली पक्षको गुनासोपछि भारत जिल्लास्तरमा रहेका समन्वय समितिमार्फत समस्या समाधान गर्न राजी भएको उनले बताए । 

कुसुमले सुपुर्दगी सन्धि र भारतले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न आग्रह गरिरहेको आप 





\mना सुरक्षाकर्मी (एयर मार्सल) को विषय बैठकको एजेन्डामा नपरेको दाबी गरे । 

भारतीय गृहसचिव गोपाल के. पिल्लाईले बैठकमा दुई देशबीचको खुला सीमा प्रयोग गरी हुँदै आएका विभिन्न आपराधिक र आतंकवादी गतिविधि नियन्त्रणका विषयमा छलफल भएको बताए । उनले भने, 'हामी आतंकवाद नियन्त्रणका लागि सीमा कडाइ गर्न सहमत भयौँ ।' 

पिल्लाईले सुपुर्दगी सन्धि र एयरमार्सलका बारेमा भारतले नेपाल सरकारलाई कुनै दबाब नदिएको पनि दाबी गरे । उनले सुपुर्दगी सन्धिमा हस्ताक्षर अन्तिम चरणमा रहेको पनि खुलासा गरे । नेपालको अनुकूलतामा सन्धिमा हस्ताक्षर हुने उनले बताए । 

पिल्लाईले नेपाली माओवादी र भारतीय माओवादीबीच सम्बन्ध रहेको बताए । तर, हिंसात्मक घटनामा नेपाली माओवादीबाट सहयोग भएको बारे कुनै जानकारी नभएको उनले बताए । पिल्लाईले पत्रकार सम्मेलनमा भने, 'दुई देशका माओवादीबीच सम्बन्ध रहेको हामीलाई थाहा छ, तर दुवैको विचारधारा फरक छ । नेपालको माओवादी लोकतान्त्रिक पद्धतिमा आइसकेको छ । तर, भारतीय माओवादीले आफ्नो सशस्त्र गतिविधि छाडेको छैन ।' 

प्रत्येक वर्ष हुने दुई देशबीचको गृहसचिवस्तरीय बैठक अर्काे वर्ष भारतको राजधानी नयाँदिल्लीमा गर्ने सहमतिसमेत बैठकमा भएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by