ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, November 9, 2009

'नेपाली राजनीतिज्ञका लागि दिल्ली मक्का मदिना'


काठमाडौ-

मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले इस्लाम धर्मका लागि मक्का मदिना पवित्र गन्तब्य भएजस्तै नेपाली राजनीतिका लागि दिल्ली मक्का मदिना भएको टिप्पणी गरेका छन् । दिल्ली भ्रमणबाट आइतबारमात्र स्वदेश फर्केका उनले त्यहा नगइ नेपाली राजनीतिबारे जानकारी राख्न नसकिने बताए । 'इस्लाम धर्मका लागि मक्का मदिना भनेजस्तै हो नेपाली राजनीतिको लागि दिल्ली' दिल्ली भ्रमणको उपलब्धीबारे सोमबार रेडियो कान्तिपुरसँग कुरा गर्दै उनले भने, 'त्यहा नगइकन नेपालको राजनीतिमा के कसो हुने हो भन्ने कुरा नै थाहा हुदैन ।'
यसअघि सरकार विरुद्ध कडा रुपमा प्रस्तुत हुदै माओवादीसँगै आन्दोलन थाल्ने बताएका यादवले दलहरुबीच आपसमा छलफल गरी राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुको विकल्प नभएको पनि बताए ।

उनले भने, 'दलहरुबीच संवाद, अन्तक्रिर्या गरेर सहमतिकै आधारमा अघि बढ्नुपर्छ । राष्ट्रिय सहमतिको विकल्प छैन् ।' यादवले स्थायी शान्ति, संविधान निर्माण र राष्ट्रिय सहमति कायम गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्नका लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा प्रयत्न भइरहेको बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by