ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 14, 2009

माओवादी आन्दोलन दबाउनुहुँदैनः गौतम


चितवन/ एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादी आन्दोलन दबाउन नहुने बताएका छन् । गौतमले आन्दोलन दबाउन सेना परिचालन गर्छु भन्नु आफैँमा अराजक भएको टिप्पणी गरे । 'नेपालको अन्तरिम संविधानले दिएको अधिकार प्रयोग गरी माओवादीले आन्दोलन गरेको छ,' रक्षामन्त्रीतर्फ संकेत गर्दै उनले भने, 'आन्दोलन दबाउन सेना परिचालन गर्छु भन्नु केटाकेटीपन हो ।' अर्काे एक प्रसंगमा नेपालको शान्तिप्रक्रियामा सहयोग गर्दै आएको संयुक्त राष्ट्रसंघले नेपालका दलहरूलाई दिएको सुझाबलाई हस्तक्षेप भन्नु अत्यन्तै दुर्भाग्यपूर्ण भएको उनले बताए । शुक्रबार अपराह्न चितवन आइपुगेका गौतमले प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, 'केही दिनअघि सत्तारुढ २२ दलले संयुक्त राष्ट्रसंघले नेपालमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ भनी दिएको सुझाबलाई २२ दलले हस्तक्षेप भन्नु अपरिपक्कता हो ।'दलहरूले आफ्नो कमजोरी लुकाउन राष्ट्रसंघलाई दोष दिएको आरोप गौतमले लगाए । 'राष्ट्रसंघ कुनै दलविशेष नभई नेपाली जनताको पनि हो, दलहरूको यो अभिव्यक्ति अन्तराष्ट्रिय जगतविरुद्ध हो यसले नेपाली जनताको हित गर्दैन ।'

बृहत् शान्तिसम्झौताले कसैलाई असर नपारेको भन्दै एमाले नेता गौतमले शान्तिसम्झौता अक्षरसः पालना गर्नुपर्नेमा जोड दिए । दलहरूकै कारण शान्तिसम्झौता प्रभावहीन बनेको उनको भनाइ थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by