ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, November 8, 2009

गोर्खाल्यान्डद्वारा आर्थिक नाकाबन्दी

झापा/ नयां पत्रिका 
छुट्टै गोर्खाल्यान्ड राज्यको माग गर्दै आएको गोर्खा जनमुक्ति मोर्चाले भारतको पश्चिमबंगाल राज्य सरकारविरुद्ध आर्थिक नाकाबन्दी घोषणा गरेको छ । दार्जिलिङमा मोर्चाले नयाँ चरणको आन्दोलनअन्तर्गत शनिबारदेखि आर्थिक नाकाबन्दी थालेको हो । यसअन्तर्गत पहिलो चरणमा मदिरा ओसार-पसार र बेचबिखनमा कडाइ गरिने मोर्चाले जनाएको छ । यसअघि २७ साउनमा नयाँदिल्लीमा भएको त्रिपक्षीय वार्तामा ६ पुसमा दार्जिलिङमा वार्ता गर्ने सहमति भएपछि मोर्चाले आन्दोलनको कार्यक्रम स्थगित गरेको थियो । नाकाबन्दीको प्रारम्भिक चरणमा मदिरापसल बन्द गरिएको मोर्चाका अध्यक्ष विमल गुरुङले बताए ।
मोर्चाले सरकारलाई कुनै पनि कर नतिर्ने जनाउँदै अनिश्चितकालका लागि मदिरापसल बन्द गराएको हो । दार्जिलिङबाट मदिरा बिक्रीको करोडौँ रुपैयाँ राजस्व पश्चिमबंगाल सरकारलाई जाने गरेको छ । यही कारण आर्थिक नाकाबन्दीअन्तर्गत मदिरा बिक्री-वितरणलाई निशाना बनाइएको उनले जानकारी दिए ।

'दसैँ-तिहारमा मात्र दार्जिलिङबाट ५० करोड रुपैयाँभन्दा बढी राजस्व बंगाल सरकारलाई गएको अनुमान गरेका छौँ,' उनले भने, 'अब यहाँ स्थानीय उत्पादनका मदिराको बिक्री-वितरण गछौं ।' मोर्चाले मदिरापसल बन्द गराउन थालेपछि त्यहाँका होटल, रेस्टुरेन्टले दार्जिलिङ आएका पर्यटकलाई स्थानीय उत्पादनका मदिरा बेचिरहेका छन् ।

दार्जिलिङमा अदुवा, सुन्तला, चिम्पिङ र गुराँसबाट मदिरा उत्पादन गरी कारोबार गरिन्छ । ग्राहकले रक्सी र तोङ्बाजस्ता परम्परागत स्थानीय उत्पादन पनि किन्ने गरेका छन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by