ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 14, 2009

पोखरा पनि स्वाइन फ्लु भेटियो

मनोज अधिकारी, पोखरा- 

पर्यटकीय सहर पोखरामा महामारीका रूपमा देखिएको रुघाखोकी स्वाइन फ्लु नै भएको पुष्टि भएको छ। छिमेकी जिल्ला पर्वतमा एकसाथ ठूलो समुदायमा स्वाइन फ्लुको लक्षण देखिएको एक सातापछि पोखरामा पनि यसको पुष्टि भएको हो।  'कात्तिक १६ र १७ गते बिरामीका र्‍यालको नमुना संकलन गरी परीक्षणका लागि राजधानी पठाएका थियौं, त्यसमध्ये अधिकांशमा स्वाइन फ्लु भेटिएको छ,' पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्याथोलोजी विभाग प्रमुख डा. डुकबहादुर क्षेत्रीले भने। उनका अनुसार नमुना पठाइएका १९ मध्ये १५ जनामा स्वाइन फ्लुको भाइरस देखिएको हो। यसमा सबै १४ वर्षमुनिका बालबालिका रहेको उनले जानकारी दिए। यसमा दुई वर्षका बालकसमेत छन्। उनीहरू सबै पोखरा उपमहानगरपालिकाभित्रका हुन्। 
कात्तिक १६ यता १० दिनको अवधिमा क्षेत्रीय अस्पतालले ३ सयजनाको नमूना परीक्षणका लागि राजधानी पठाएको थियो। १६ र १७ बाहेक अरू दिनका नमूना परीक्षणको प्रतिवेदन भने आउन बाँकी छ। 'आइतबारसम्म यसससम्बन्धी विस्तृत विवरण प्राप्त हुनेछ,' उनले भने।

पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले भने स्वाइन फ्लु भेटिएको अनौपचारिक खबर आए पनि आधिकारिक जानकारी नआएको बताएका छन्। 'मैले सुनेअनुसार नमुना परीक्षणमा एन १ (ल् ज्ञ) नदेखिई एच १ (ज् ज्ञ) मात्र देखिएको छ,' निर्देशनालयका निमित्त निर्देशक विष्णुहरि तिमल्सिनाले भने, 'यसको आधिकारिक पुष्टि हुन बाँकी रहेकाले हामी विस्तृतमा बुझेर आइतबारमात्र स्पष्ट भन्न सक्छौं।' उनले पोखरा जोखिमपूर्ण क्षेत्र रहेकाले सबैलाई सचेत हुन सुझाव भने दिएका छन्।

स्थानीय सञ्चारमाध्यमले भने पोखरामा पनि स्वाइन फ्लु भेटिएको खबर शुक्रबार अपराह्नबाटै सार्वजनिक गरिसकेका छन्। धेरैले यो खबर सुनेपछि सतर्कता अपनाउँदै घरमा बस्दासमेत अनिवार्य मास्क लगाउन थालेका छन्।

निजी विद्यालयहरूको संगठन प्याब्सनले पनि यसबारे जिल्ला जनस्वास्थ्य कार्यालयसँग बुझेर कक्षा सञ्चालनबारे उचित कदम चाल्ने बताएको छ। 'हामी तुरुन्तै जनस्वास्थ्य र सम्बन्धित चिकित्सकसँग छलफल अघि बढाउँछौं,' प्याब्सन कास्कीका अध्यक्ष कृष्ण केसीले भने, 'त्यसपछि शनिबार बैठक बसेर आइतबारबाट विद्यालय बन्द गर्ने/नगर्ने निर्णयमा पुग्छौं।' 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by