ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 3, 2009

आजको कार्टुन !


रात्री गस्तीले अपराध घट्यो

महोत्तरी, २०६६ आश्विन १७ - लोकमार्गमा सुरक्षा सतर्कता बढेपछि सवारी लुटका घटनामा कमी आएको छ । विगतमा दसैं तिहारका बेला दिनहुँजसो लुटपाट घटना भएपछि यसपटक सुरक्षा कडा पारिएको र यात्रा सहज, सुगम र सुरक्षित भएको यात्रु एवं सवारी चालकले बताएका छन् । यसअघि आपराधिक क्षेत्रका रूपमा रहेको लोकमार्गका जंगल इलाकामा 'भयरहीत यात्रा' का लागि सशस्त्र प्रहरीले सुरक्षा निगरानी बढाएपछि अपि्रय घटना हुन नपाएको हो । यसका लागि सुरक्षा विशेष रणनीति अन्र्तगत सडक क्षेत्रमा चेकप्वाइन्ट, रात्रि गस्ती, सूचना सम्प्रेषण तथा पिकेट ड्युटीजस्ता सुरक्षा गतिविधि तीव्र पारेको सशस्त्र प्रहरी बल छिन्नमस्ता गणले जनाएको छ ।

नेताज्यू, पढाइ कहाँ पुग्यो ?



बालकृष्ण, रामशरण, नेत्र/नयाँ पत्रिका
काठमाडौं, १६ असोज/ प्रमुख दल माओवादी, कांग्रेस र एमालेका शीर्ष नेतामध्ये सबैभन्दा बढी अध्ययन गर्ने नेता को होला तपाईंलाई थाहा छ ? छैन भने थाहा पाइराख्नुहोस् । माओवादी र एमाले अध्यक्ष क्रमशः प्रचण्ड र झलनाथ खनालले स्नातकसम्म अध्ययन गरेका छन् भने कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आइएसम्मको अध्ययन गरेका छन् । 

स्याउ, आलु र दालमा राजस्व छली


काठमाडौं, १६ असोज/ राजधानीको बजारमा प्रतिकेजी ४० रुपैयाँभन्दा बढी खुद्रा मूल्य रहेको आलु व्यापारीले चारगुना कम मूल्यको बिल बनाएर भित्र्याउने गरेको पाइएको छ । कालिमाटीमा आलुको थोक बिक्री मूल्य ३० देखि ३८ रुपैयाँ प्रतिकेजी छ । राजस्व अनुसन्धान विभागको थानकोट अस्थायी पोस्टले संकलन गरेको तथ्यांकअनुसार, आलु प्रतिकेजी १२ रुपैयाँ ३१ पैसा, स्याउ प्रतिकेजी १४ रुपैयाँ र दाल प्रतिकेजी ५९ रुपैयाँका दरले मूल्यांकन गरी राजधानी भित्र्याउने गरिएको छ । व्यापारीले कर छल्न कम मूल्यको बिल बनाउने गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक टंकमणि शर्माले बताए ।

तत्काल सहमति हुँदैनःभट्टराई


बुटबलबाट थप अपडेटसहित

बुटवल, १७ असोज। (दैनिकी)
एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले तत्काल सहमतीमा पुगिन संभावना नरहेको बताएका छन। उनले वार्ता र छलफलको क्रम चले पनि सहज ढंगवाट निकास निस्कने संभावना देखा नपरेको बताए। एकिकृत माओवादी रुपन्देही जिल्ला समितिले बुटवलमा गरेको भेटघाट कार्यक्रममा उपाध्यक्ष भट्टराइले राष्ट्रपतिको कदम नसच्चिएसम्म माओवादी कुनै पनि हालतमा पछि नहट्ने उल्लेख गरे। ’वार्ता र कुराकानी चलेको छ सहमती हुन्छ होला भनेर भ्रमित हुनुपर्ने आवश्यक छैन’ नेता भट्टराइले भने–‘नागरिक सर्वोच्चता र राष्ट्रियताको मुद्दा हामी पछि हट्दैनौं।’

एक/दुई दिनमै गतिरोध अन्य हुन्छः नेताहरु

काठमाडौं, १७ असोज(दैनिकी)
शीर्षस्थ नेताहरुले एक/दुई दिनभित्रै राजनीतिक गतिरोध अन्त्य हुने बताएका छन । नेपाली कांग्रेसद्वारा आयोजित चियापानमा सहभागी भएका नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड" र प्रधानमन्त्री माधवकुमार नेपालले सो धारणा राखेका हुन । आयोजकका तर्फबाट कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले भने सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन ।

मलेसियामा नेपालीको हत्या

शनिश्चरे (झापा), असोज १७ -
वैदेशिक रोजगारीमा मलेसिया पुगेका एक झापालीको छुरा प्रहार गरी हत्या भएको छ। झापा चारपाने–१ का २८ वर्षीय किशोर ढकालको कोखमा छुरा प्रहार गरी हत्या गरिएको उनका बुबा जयप्रसाद ढकालले जानकारी दिए। ढकाल दुई वर्षअघि मलेसिया पुगेका थिए। शव नेपाल ल्याउन सकिएको छैन। 

सहमति नभए विद्रोहबाट सत्ता कब्जा गर्छौं : बाबुराम

चितवन, असोज १७ (नागरिक)- एकिकृत माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराईले दलबीच सहमति नभए विद्रोह गरेरै सत्ता कब्जा गर्ने बताएका छन्। दलबीच सहमतिका लागि छलफल भैरहे पनि निष्कर्षमा पुग्ने सम्भावना कम रहेको भन्दै सहमति नभए विद्रोहबाटै सरकारमा जाने चेतावनी उनले दिएका हुन्। नवलपरासीको बेल्डियामा कार्यकर्ता भेटघाटमा बोल्दै माओवादी नेता भट्टराईले तिहार अघिसम्म पनि सहमति जट्न नसके विद्रोह निश्चित रहेको बताए। उनले भने- झिनो आशा छ सहमतिको तर दलहरुको अडानका कारण सहमतिको सम्भावना कम छ। 

जिल्ला प्रहरी कार्यालयभित्र महिला प्रहरी बलात्कृत

५ सदस्यीय छानविन समिति गठन
दिलबहादुर छत्याल, अछाम असोज १७ - अछाम जिल्ला प्रहरी कार्यालयभित्रै आफूलाई ६ जना प्रहरीले बलात्कार गरेको आरोप एक महिला प्रहरी जवानले लगाएकी छन्। मासुमा चरेस मिसाएर खान दिइ प्रहरी सहायक निरीक्षकसहितले बलात्कार गरेको भन्दै उनले धनगढीस्थित डिआइजी कार्यालयमा उजुरी दिएकी हुन। नवमीको दिन असोज ११ गते राति प्रहरी सहायक निरीक्षक दानसिंह भण्डारीलगायतले बलात्कार गरको महिलाले बताएकी छन्। प्रहरी कार्यालयभित्रै सामूहिक बलात्कार गरेको किटानीसहित उजुरी दिए पनि कसैलाई कारबाही अगाडि बढाइएको छैन। 

माओवादीद्वारा कांग्रेस-एमालले तयार पारेको प्रस्ताव अस्वीकार

कांग्रेस एमालेद्वारा प्रस्तावित सहमतिको प्रस्तावको पूर्ण पाठसहित-
काठमाडौ‌, असोज १७ (नागरिक) - एकीकृत नेकपा माओवादीले नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर तयार पारेको साझा स‌कल्प प्रस्तावमा समर्थन नगर्ने निर्णय गरेको छ। माओवादी स्थायी कमिटी शनिबार बसेको बैठकले ती दुई दलले पेश गरेको संकल्प प्रस्तावको मस्यौदाले समस्या समाधान नहुने निष्कर्ष निकालेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए। बैठकले पूर्व प्रधान सेनापति रुक्माङ्द कटवाललाई थमौति गर्ने राष्ट्रपतिको कदम सम्बन्धमा मस्यौदामा ठोस प्रस्ताव नआएको भन्दै अस्विकार गर्ने निर्णय गरेको हो ।

Friday, October 2, 2009

आजको कार्टुन !


'मधेसी र जनजाति दबाउन विशेष सुरक्षा-योजना’


सप्तरी, १५ असोज/ 
नेकपा माओवादीका अध्यक्ष मातृका यादवले मधेसका मधेसी र पहाडका जनजातिलाई दमन गर्न सरकारले विशेष सुरक्षा-योजना ल्याएको आरोप लगाएका छन् । नेकपा माओवादी सप्तरीद्वारा आयोजित कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्न राजविराज आइपुगेका यादवले बिहीबार बिहान सञ्चारकर्मीसँग यस्तो आरोप लगाएका हुन् ।

कति कमाउँछन् नेपाली राजदूत ?



सबै देशका राजदूतले नेपालका विशिष्ट श्रेणीका कर्मचारीबराबर मासिक करिब २६ हजार बुझ्दै आएका छन् तर भत्ता भने दुई लाखदेखि चार लाखसम्म छ, त्यसमाथि श्रीमती, छोराछोरी र बाबुआमाले पनि भत्ता पाउँछन्रा

काठमाडौं, १५ असोज/ नेपालका राष्ट्रप्रमुखले जति तलब पाउँछन्, त्यसको तीन/चार गुणा बढी भत्ता पाउँछन् विदेशस्थित नेपाली राजदूतहरूले । डेढदेखि पौने चार लाखसम्म भत्ता पाउँदै आएका नेपाली राजदूतहरूले सुविधा कम भयो भनेर गुनासो पनि गर्दै आएका छन् ।

प्रिपेड मोबाइलमा मासिक १० करोड रिचार्ज

मनोज अधिकारी, पोखरा, असोज १६- नेपाल टेलिकमको प्रिपेड मोबाइलका लागि पोखरामा मात्रै मासिक १० करोड रुपैयाँ बराबरको रिचार्ज हुने गरेको छ। पोखरा कार्यालयबाट मासिक ८ देखि १० करोड रुपैयाँको रिचार्ज कार्ड बिक्री हुने गरेको टेलिकम पोखराले जनाएको छ। टेलिकमले पोखरा कार्यालयमार्फत गण्डकी र धवलागिका १० जिल्लामा गत माघदेखि रिचार्ज कार्ड बिक्री गर्न थालेको हो। टेलिकमकाअनुसार पोखरा राजधानीपछि सबैभन्दा बढी रिचार्ज कार्ड कारोबार हुने सहर समेत हो।

चिनियाँ अध्ययन केन्द्रले भारतविरुद्ध जासुसी गरेको 'र’को प्रतिवेदन

काठमाडौ, २०६६ आश्विन १६ -
भारतीय बाह्य खुफिया एजेन्सी 'र' ले नेपालमा स्थापना भएका चिनियाँ अध्ययन केन्द्रहरूले भारतविरुद्ध जासुसी गरेको प्रतिवेदन आफ्नो सरकारलाई बुझाउँदै ती केन्द्र भारतका लागि गम्भीर मुद्दा बन्ने चेतावनी दिएको छ । भारतीय संस्थापन पक्ष निकट टाइम्स न्युज नेटवर्कमा बिहीबार सार्वजनिक समाचारअनुसार, चिनियाँ सेनाले भारतीय भूमि अतिक्रमण गरेका पछिल्ला विवरणभन्दा नेपालमा बढेका चिनियाँ अध्ययन केन्द्र भारतका लागि बढी गम्भीर मुद्दा हुन् ।

गिरिजा, प्रचण्ड र झलनाथ एकै मञ्चमा


काठमाडौं, १६ असोज (दैनिकी)

विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि प्रयास भइरहेको बेला प्रमुख राजनीतिक खेलाडीहरु नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष झलनाथ खनाल शुक्रबार बिहान एकै मञ्चमा देखा परे । विश्व अहिंसा दिवसको अवसरमा तक्षशिला एकेडेमीले आयोजना गरेको कार्यक्रममा तीनै नेताहरुले नेपालमा शान्तिप्रकृयालाई तार्किक निष्कर्षमा पुर्र्याउनका लागि सहमतिमा जोड दिए ।

अमेरिकामा नेपालीको हत्या


काठमाडौं, असोज १६ (नागरिक) - अमेरिकाको साउथ क्यारोलोना स्पार्टवर्ग काउन्टीमा रहेको सिट्को ग्यास स्टेशनमा बुधबार राति दुई जनाको हत्या भएकोमा एक जना नेपाली भएको अमेरिकाबाट सञ्चालित नेपाली पोस्टले जनाएको छ। राति साढे दश बजेतिर भएको हत्यामा ग्यास स्टेशन सञ्चालक नेपाली रवीन्द्र शर्मा छन्। नेपाली पोष्टले उनको उमेर करिब ४० वर्ष रहेको जनाएको छ। अर्को सोही ग्यास स्टेशनमा काम गर्ने ३५ वर्षीय मेक्सिकन गुमारो गोन्जालेसको पनि हत्या भएको छ।

माग सम्बोधन नभए अडान नछाड्ने माओवादी निर्णय

काठमाडौं, १६ असोज (दैनिकी) 
प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले नागरिक सर्वोच्चताको मुद्दालाई उचित ढ‌गले सम्बोधन नगरिए साझा संकल्प प्रस्ताव मान्य नहुने निर्णय गरेको छ । सो पार्टीको शुक्रबार बसेको स्थायी समिति बैठकले आज साँझ सत्ताधारी दलहरुले प्रस्तुत गर्ने साझा संकल्प प्रस्ताव हेरेर भोलि निर्णय लिने प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए । बैठकमा सत्तारुढ दलहरुसंग वार्ता र सहमति कायम गर्ने विषयमा भइरहेको छलफलको समीक्षा भएको माओवादी प्रवक्ता शर्माले बताए ।

कोइरालाद्वारा अरुलाई गाली नगर्न दाहाललाई सल्लाह

'अहिंसा नै ठूलो अस्त्र' - 
लेखनाथ पाण्डे, काठमाडौं असोज १६- कङ्ग्रेस नेता तथा पूर्व प्रधान मन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भाषण गर्दा अरुलाई गाली नगर्न सल्लाह दिएका छन्। उनले भने- गान्धीले 'कसैलाई अपशब्द नबोल्नु, मीठो बोल्नु, सँधै आफ्नो अडानमा अडिग रहनू' भन्ने सन्देश दिएका छन्। त्यसैले प्रचण्डजी, भाषण गर्दा अन्य दल र नेतालाई गालीगलौज नगर्नुस्। 

Thursday, October 1, 2009

आजको कार्टुन !


नेपाली नाकाबाट तिब्बत प्रवेशमा रोक



ध्रुव दंगाल सिन्धुपाल्चोक, १४ असोज/

आधुनिक चीन स्थापनाको ६०औं वर्षगाँठ मनाउन चीन सरकारले नेपाली सीमा नाकाबाट हुने आवागमनमा रोक लगाएको छ । स्थलमार्गले जोड्ने उत्तरको एकमात्र तातोपानी नाकाबाट बुधबारदेखि दुई दिनका लागि तिब्बत प्रवेश गर्न बन्देज गरिएको छ । तर भिसा, राहदानी र स्थायी प्रवेश पास हुनेहरूका हकमा भने कुनै रोकतोक छैन ।

नेपालीहरु अष्ट्रेलियामा पक्राउ


स्वदेश फर्काउने तयारी

काठमाडौं, १५ असोज (दैनिकी)
अष्ट्रेलियाको गिप्सल्यान्डमा अवैध रुपमा काम गरिरहेका नेपालीसहितका १९ जना अवैध कामदारहरुलाई त्यहाँको अध्यागमन विभागले पक्राउ गरेको छ। पक्राउ परेकाहरुमध्ये ८ जना मलेसियालीहरुलाई तत्कालै फर्काइएको छ भने नेपाली र इन्डोनेसियालीहरुलाई स्वदेश फर्काउने प्रकृया सुरु भएको अध्यागमन विभागका प्रवक्ताले जनाएका छन।
पक्राउ पर्नेहरुमध्ये चार नेपाली, दुई मलेसियाली र चार इन्डोनेशिलीको भिषा रद्द गर्ने प्रकृया सुरु गरिएको जनाइएको छ ।

बेलायतमा नेपाली विद्यार्थीको विचल्ली


नवीन पोखरेल/लन्डन
उच्च शिक्षाको नाममा 'पाउण्ड टिप्न' लाखौं खर्चेर बेलायत आइपुगेका नेपाली विद्यार्थी काम नपाएपछि विचल्ली भएका छन् । आफैं आर्थिक मन्दी खेपिरहेको बेलायतमा पर्याप्त रोजगारी नहुँदा सिमित 'ट्राभल चेक' बोकेर बेलायत उत्रेका असंख्य विद्यार्थी भोकै बस्नुपर्ने वाध्यता छ । आर्थिक अभावले केही नेपाली विद्यार्थी लन्डनस्थित साउथहल पार्कमै सुतेको खवर प्रकाशमा आएका छन् । खर्च सकिएपछि काम खोज्न करिव दश माइल पैदल हिंडेको समेत विद्यार्थीको दुःखेसो छ ।

झापाली कृषकहरु रबर खेतितर्फ आकर्षित

झापा १४ असोज (दैनिकी)

धान तथा अन्य बालीभन्दा बढी आम्दानी हुने भएपछि झापाली कृषकहरु रवर खेतीतर्फ आकर्षित हुन थालेका छन। कृषकहरुले धान, चियालगायतका बाली लगाउने खेतमा ती बाली छोडेर रबर खेति लगाउन थालेका हुन। अहिले संस्थागत रुपमा सामुदायिक वनहरुले समेत रबर खेति सुरु गरेको जिल्ला वन कार्यलय झापाले जनाएको छ।

राष्ट्रपतिका बारेमा छलफल गर्न दिन्नौं ;'माओवादीलाई सरकारको नेतृत्व गर्न दिनु भनेको देशलाई खाल्डामा पुर्नु हो' - सुशील

नेपालगन्ज, असोज १५ (नागरिक) - नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले राष्ट्रपतिको कुनै पनि बिषयमा संविधान सभा बैठकमा छलफल चलाउन नदिइने बताएका छन्। नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक सभापति कोइरालाले भने -'अन्तरिम संविधानमा पनि राष्ट्रपतिका बिषयमा संशोधन हुनै सक्दैन।' नेकपा एमाले र एकिकृत नेकपा माओवादीका नेताहरु जारी राजनीतिक संकट निकासका लागि राष्ट्रपतिका विषयमा

साझा संकल्प प्रस्ताव लगिने


काठमाडौं, १५ असोज(दैनिकी)
बिहीबार बसेको प्रमुख तीन दलको बैठकले माओवादीका मागलाई संवोधन हुने गरी साझा संकल्प प्रस्ताव लैजाने निर्णय गरेको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा साझा संकल्प प्रस्तावमा नागरिक सर्वोच्चता कायम हुने गरी प्रस्ताव लैजाने सहमति भएको हो । बैठकले सहमतिको साझा प्रस्ताव तयार पार्ने जिम्मा सत्ताधारी दलहरु एमाले र कांग्रेसलाई

हवाई एम्बुलेन्सका निम्ति बानेश्वरमा श्रीमद्भागवत् सप्ताह सुरु


काठमाडौ, असोज १५ -
नेपालमा पहिलोपटक परिकल्पना गरिएको खाद्य बैङ्क र हवाई एम्बुलेन्सको व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउन बिहीबारदेखि नयाँ बानेश्वरमा श्रीमद्भागवत् सप्ताह महायज्ञ सुरु भएको छ। गरिबी र भोकमरीका साथै मुलुकको जटिल भौगोलिक अवस्थाको कारण हवाई एम्बुलेन्सको आवश्यकता महसुस गरी युवा समूहले सो कार्यको परिकल्पना गरी अभियान आरम्भ गरेका हुन् ।

अध्यक्ष दाहालद्वारा खनाल र भारतीय राजदूतसँग छलफल

काठमाडौं, असोज १५ (नागरिक) - एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बिहान नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र भारतीय राजदूत राकेश सुदसँग छुट्टाछुट्टै छलफल गरेका छन्। माओवादीले जारी राखेको संसद अवरुद्ध सहितका विषयमा माओवादी र एमाले नेताहरु सिंहदरबारमा छलफलमा व्यस्त रहेका बेला दाहालले खनाल र सुदसँग छलफल गरेका हुन्।

६ महिनापछि राष्ट्रपति-माओवादी अध्यक्ष भेट


काठमाडौं, १४ असोज/ झन्डै पाँच महिना लामो संवादहीनताको अन्त्य गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति डा. रामवरण यादवसँग संवाद थालेका छन् । राजनीतिक गतिरोध अन्त्य गर्न माओवादी अध्यक्षले बुधबार साँझ राष्ट्रपतिलाई भेटेका छन् ।

माओवादी नेतृत्वको सरकारले गरेको तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई बर्खास्त गर्ने निर्णय राष्ट्रपति डा. यादवले उल्ट्याएपछि माओवादी नेतृत्व र राष्ट्रपतिबीचको सम्बन्ध चिसिएको

Wednesday, September 30, 2009

ई नेपाल खबर


फरारमध्ये थप एक कैदी पक्राउ,जेलर र जेलका प्रहरी निलम्बित

महेन्द्रनगर , २०६६ आश्विन १४ - कंचनपुर कारागारबाट सोमबार फरार भएका १३ जना कैदी मध्ये थप एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । भारतीय प्रहरीको सहयोगमा सीमा क्षेत्रबाट प्रकाशचन्द्र परियारलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक माधव नेपालले बताए ।

निकासको खोजीमा दुई दलबीच छलफल

काठमाडौ, २०६६ आश्विन १४ - राजनीतिक गतिरोधको अन्त्यका लागि दलहरुले छलफल सुरु गरेका छन् । साझा सहमतिको खोजीमा  एमाले र कांगे्रसको बैठक बसेको छ । बुधबार राजधानीको एभरेष्ट होटलमा माओवादीले उठाउँदै आएको नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदमबारे सहमति खोज्न दुई दलबीच छलफल भएको बताइएको छ । सहमतिका लागि साझा प्रस्ताव तयार गर्ने विषयमा

बम राखिएको हल्लाले टेलिभिजनमा त्रास


काठमाडौं, १४ असोज (दैनिकी)
सरकारी स्वामित्वको नेपाल टेलिभिजनमा सुनसरीबाट एक अज्ञात व्यक्तिले फोन गरी बम राखिएको बताएपछि त्यहाँको समाचारकक्षमा आत‌ंक सिर्जना भएको छ । नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक मनोहरि थापाले दिएको जानकारीअनुसार ०२५५६०४३१ नम्बरबाट समाचार कक्षको टेबुलमुनि बम राखिएको खबर दिएपछि तत्कालै नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बमको खोजी गरेको थियो । गोपीकृष्ण ढकाल नाम गरेका व्यक्तिले फोन गरेको बताइएको छ ।

सशस्त्र समूहसँग कार्यगत एकता गर्दै छन मातृका


हेमशंकर सिंह/राजविराज, १४ असोज

एकीकृत माओवादीबाट बाहिरिएर नेकपा माओवादी खोलेका मातृका यादवले तराईका सशस्त्र समूहसँग कार्यगत एकता गर्न आफैले पहल गरिरहेको खुलासा गरेका छन।
मधेशका सशस्त्र समूहहरुसंग कार्यगत एकता गर्न जयकृष्ण गोइतसंग तीन पटक टेलिफोन

सरकार कुनै पनि हालतमा ढल्दैनः कोइराला


प्रियास्मृती ढकाल/बाँके १४ असोज
नेपाली कांग्रेस कार्यबाहक सभापति सुशील कोइरालाले कुनै पनि हालतमा सरकार नढल्ने बताएका छन। केही दिनदेखि गृह जिल्ला बाँकेकोमा कार्यकर्तासागको भेटघाटलाई निरन्तरता दिदै आएका कार्यवाहक सभापति कोइरालाले बुधबार आफनै निवासमा सरकार नढल्ने बताएका हुन। 

संविधान निर्माणलाई केन्द्रमा राखेर सहमति खोजिनेः खनाल मंगलवार

काठमाडौँ, असोज १३-नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष झलनाथ खनालले मुलुकका सबै प्रमुख राजनीतिक दलले संविधान निर्माणलाई केन्द्रमा राखेर कार्य गर्नुपर्ने बताएका छन्। कजाकस्तानको अस्तानामा आयोजित एसियाली पार्टीहरूको पाँचौ सम्मेलनमा भाग लिई मंगलबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै

माओवादीद्वारा वार्ता टोली गठन

काठमाडौँ, असोज १४ (नागरिक)- वर्तमान राजनीतिक गतिरोध टुंग्याउन एकीकृत नेकपा माओवादीले उपाध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ | नयाँबजारस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको बैठकले गठन गरेको वार्ता टोलीमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरु पोष्टबहादुर बोगटी, देव गुरुङ र नेत्रविक्रम चन्द सदस्य छन्।

Tuesday, September 29, 2009

संसद सुचारु गर्न माओवादीले हदैसम्मको लचकता अपनाउने

काठमाडौ, २०६६ आश्विन १३ - अवरुद्ध व्यवस्थापिका संसद सुचारु गर्न माओवादीले हदैसम्मको लचकता अपाउने निष्कर्ष निकालेको छ । मंगलबार अध्यक्ष पुष्पकमल दाहाल निवास नयाँबजारमा बसेकेा स्थायी समिति बैठकले उक्त निष्कर्ष निकालेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कांगे्रस भावनात्मकरुपमा एकीकरण भएको छैनः कोइराला





पार्टीमा गुटबन्दी हुनु दुख विषय हो । र अमेरिकामा पनि जनसम्पर्क समितिमा पनि गुटबन्दी हुनु खतरा हो ।' 




न्युयोर्क, २०६६ आश्विन १३ - परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाली कांगे्रस भावनात्मक रुपमा एकता नभएको बताएकी छिन् । न्युयोर्कमा आयोजित कार्यक्रममा मन्त्री कोइरालाले अब भावनात्मकरुपमारुपमा

फरार कैदीको सम्बन्धमा गृहमन्त्रालयद्वारा छानवीन समिति गठन

काठमाडौ, २०६६ आश्विन १३ -
गृहमन्त्रालयले सोमबार साँझ कन्चनपुरस्थित महेन्द्रनगरबाट फरार कैदीको छानबीन सम्बन्धमा छानवीन समिति गठन गरेकेा छ । मंगलबार मन्त्रालयका सहसचिव शंकरप्रसाद कोइरालाको संयोजकत्वमा प्रहरी वरिष्ठ उपरीक्षक पूर्णसिंह खडका र अनुसन्धान उप निर्देशक केशव सिंह सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको हो ।

धनकुटा र भोजपुरमा अत्याधुनिक हतियारसहित प्रदर्शन

धनकुटा असोज १३- सरकारले विशेष सुरक्षा योजना अन्तर्गत पहाडी जिल्लामा सशस्त्र प्रहरीको बेस क्याम्प स्थापना गरेको छ। तर पनि धनकुटा र भोजपुरका ग्रामीण क्षेत्रमा एके ४७, इन्सास, मेसिनगन बोकेर किराँत जनवादी वर्कर्स पार्टीका कार्यकर्ताहरुले खुल्लमखुल्ला कार्यक्रम गरिरहेका छन्।

जहाँ दसैं मनाइँदैन


सुरेन्द्र पौडेल, असोज १३- खोकनाबाहेक सबैतिर दसैंको टिका लगाइन्छ, उनीहरू चाहिँ आराम गर्छन्। दसैं नमनाउनुको अर्थ खोकनाबासीले यसको विरोध गरेका होइनन्।  तर, अरूजस्तो उनीहरू टिकाजमरा लगाउँदैनन्। टाढा रहेका आफन्तकहाँ टिका थाप्न जाँदैनन्, न टिका लगाउन कसैलाई घरमा निम्तो दिन्छन्। खोकनाबासी गाईजात्राको दिन दसैं मान्छन्, तर टिकाजमरा केही लाउँदैनन्। नाममात्रको दसैं। उनीहरूको गाईजात्रा पनि पात्रोभन्दा एक दिन ढिला पर्छ।

नेपालको कदमले भारत अप्ठ्यारोमा

काठमाडौँ, असोज १३ (नागरिक)- जेनेभामा भइरहेको राष्ट्रसंघीय मानवअधिकार परिषदको बैठकले कथित दलितविरुद्ध हुने भेदभावहरुको विरोधमा मस्यौदा अनुमोदन गर्दैछ। तर भारतले मस्यौदालाई स्वीकार गर्न मानेको छैन। भारतको विरोधलाई पूर्व हिन्दु अधिराज्य नेपालले गरेको स्वागतले अप्ठ्यारोमा पारिदिएको छ।

Sunday, September 27, 2009

आजको कार्टुन !


अविन

राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन / सरकारका चार प्रमुख प्राथमिकता





मेरो सरकारका चार वटा मुख्य कार्यहरू रहेका छन्- शान्ति प्रक्रियालाई सकारात्मक निष्कर्षमा पुर्‍याउने, निर्धारित समयभित्र संविधानसभामार्फत नयां लोकतान्त्रिक संविधान निर्माण गर्ने, हाम्रा जनतालाई गरीवीको रेखाबाट माथि उठाउन मुलुकको आर्थिक विकासको अभिबृद्धि गर्ने र नयां लोकतान्त्रिक परिवेश अन्तर्गत जनताहरूका बढ्दा आकांक्षाहरूलाई सम्वोधन र व्यवस्थापन गर्ने ।


पक्राउपरेपछि सशस्त्र समूहका नेता राजधानी ल्याइने

काठमाडौ, २०६६ आश्विन ११ - गृहमन्त्रालयले शस्त्र समूहको केन्द्रीय नेता पक्राउ पर्नासाथ राजधानी पठाउन स्थानिय सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृमन्त्रालयको यस्तो निर्देशनपछि एक महिना यता पूर्वबाट सशस्त्र समूहका आधा दर्जन भन्दा बढी केन्द्रीय नेतालाई पक्राउ गरेर राजधानी ल्याइएको छ ।

के होला कोइराला-दाहाल वार्तामा?

समाचार विश्लेषण
काठमाडौँ, असोज ११ (नागरिक)- दुई पूर्वप्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलका प्रमुखहरु नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच आज साँझ वार्ता हुँदैछ। यो वार्तापछि केही समयदेखि रहेको राजनीतिक गतिरोध अन्त्य

पटेर गुन्द्री बुनाइ आम्दानीको प्रमुख स्रोत

इटहरी, असोज ११- सुनसरी जिल्लाको मधुवन र पश्चिम कुशाहा गाविसमा बसोवास गर्दैआएका झाँगड समुदायका मानिसका लागि यतिखेर पटेरको गुन्द्री बनाई पेसा आम्दानीको गतिलो माध्यम सावित भएको छ।
विगतमा सामान्य रूपमा खेतीपाती र माछा मार्ने पेसा गर्दैआएका झाँगड समुदायका केही मानिसले मात्र यो पेसाको रूपमा पटेर गुन्द्री बुन्दै आएकोमा यतिखेर प्रायः सबै झाँगड समुदायका महिलाहरू पटेर गुन्द्री

गाईपालनमा आकर्षण बढ्यो

रुकुम, असोज ११- भैंसीको भन्दा बढी दूध उत्पादन हुन थालेपछि रुकुममा गाईपालनप्रति आकर्षण बढेको छ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार गाईपाल्ने किसानहरूको सङ्ख्या तीन हजार पैतालिस छ। बजारनजिक हुँदा व्यापार गर्न सकिने र गाईले दिनमा तीनपटकसम्म दूध दिने भएकाले आफूले गाई पाल्न थालेको खलङ्गा-५ का सुरवीर खत्री बताउँछन्।

प्रधानमन्त्री स्वदेश फर्कँदै

काठमाडौं, असोज ११ (नागरिक)- प्रधानमन्त्री माधवकुमार नेपाल संयुक्त राष्ट्रसंघको ६४ औँ महासभालाई सम्बोधन गरी भोलि स्वदेश फर्कँदै छन्। परराष्ट्रमन्त्री सुजाता कोइरालासहित भ्रमण टोलीमा संलग्न अन्य भने पछि फर्कने कार्यक्रम छ। प्रधानमन्त्री आइतबार नेपाली समय अनुसार ९ बजेर ३५ मिनेट जाँदा अमेरिकाको न्युयोर्कबाट कतारको दोहाका लागि प्रस्थान गरेका छन्।

दल र विदेशी शक्ति संविधानसभा विघटन गर्ने षड्यन्त्रमा: श्रेष्ठ

चाँदनी हमाल,चितवन,असोज ११- एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानसभा नै विघटन गर्ने षड्यन्त्र भैरहेको बताएका छन्। चितवनको माडीस्थित बालग्रामको आन्तरिक कार्यक्रममा सहभागी हुन माडी पुगेका श्रेष्ठले संचारकर्मीहरुसँग कुरा गर्दै संविधानसभा विघटनको षड्यन्त्रमा विदेशी शक्तिहरुसँगै अन्य दलहरु पनि लागेको आरोप लगाए।

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by