ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 2, 2009

अमेरिकामा नेपालीको हत्या


काठमाडौं, असोज १६ (नागरिक) - अमेरिकाको साउथ क्यारोलोना स्पार्टवर्ग काउन्टीमा रहेको सिट्को ग्यास स्टेशनमा बुधबार राति दुई जनाको हत्या भएकोमा एक जना नेपाली भएको अमेरिकाबाट सञ्चालित नेपाली पोस्टले जनाएको छ। राति साढे दश बजेतिर भएको हत्यामा ग्यास स्टेशन सञ्चालक नेपाली रवीन्द्र शर्मा छन्। नेपाली पोष्टले उनको उमेर करिब ४० वर्ष रहेको जनाएको छ। अर्को सोही ग्यास स्टेशनमा काम गर्ने ३५ वर्षीय मेक्सिकन गुमारो गोन्जालेसको पनि हत्या भएको छ।
गोन्जालेसको स्टोरमै मृत्यु भएको र शर्मालाई भने अस्पताल लैजाँदा मृत्यु भएको वेबसाइटले उल्लेख गरेको छ।

नेपालमा गुल्मी घर भएका कृष्ण कँडेंल र गोली लागी मारिएका नेपाल पर्वत घर भएका रवीन्द्र शर्माको संयुक्त लगानीमा गत जुलाईदेखि मात्र सो ग्यास स्टेशन सुरु भएको थियो । सन् १९९८ मा अमेरिका आएका रवीन्द्र लामो समयसम्म डीसी क्षेत्रको भर्जिनियामा बसेका थिए। आफ्नै व्यवसाय सञ्चालन गर्ने क्रममा उनी गत जुलाइदेखि मात्र साउथ क्यारोलोना गएका थिए।

पर्वतको शंकरपोखरी गाविस कुँडापानीमा जन्मिएका शर्मा तीन दाजु भाइमध्ये माइलो छोरा हुन्। हाल उनको परिवार नवलपरासीमा रहँदै आएका छन्। शर्माका चार वर्षीय छोरी र श्रीमतीसमेत यही नोभेम्बर डिसेम्बरसम्ममा अमेरिका आइपुग्ने क्रममा थिए। स्थानीय प्रहरीले अपराधीको खोजी गरिरहेको भए पनि कोही पक्राउ पर्न सकेका छैनन्।


1 comment:

  1. अमेरिकामा नेपालीको हत्या भएको यो पहिलो समाचार होइन,मैले यो भन्दा अघि पनि यस्तै २/३ वटा समाचार पढेको थिए| यो अत्यन्तै दुःखको कुरा हो, खास गरि आफ्नो र आफ्नो परिवारको जीवन स्तर उकास्न विदेशिएका नेपालीहरु विदेश्मै मारिन्छन ; अमेरिका जस्तो ठाउंमा पनि सेक्युरीटी छैन, कसले त किन मारेको हो सत्य तथ्य पत्ता लगाएर तुरुन्त दोषी माथि कारवाही अघि बढाउनु पर्यो र भविष्यमा यस्ता पसल र ग्यास स्टेशनहरुमा यस्तो हुन नदिन थप सुरक्षा प्रदान गर्नु पर्छ |

    ReplyDelete

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by