ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 30, 2009

फरारमध्ये थप एक कैदी पक्राउ,जेलर र जेलका प्रहरी निलम्बित

महेन्द्रनगर , २०६६ आश्विन १४ - कंचनपुर कारागारबाट सोमबार फरार भएका १३ जना कैदी मध्ये थप एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । भारतीय प्रहरीको सहयोगमा सीमा क्षेत्रबाट प्रकाशचन्द्र परियारलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक माधव नेपालले बताए ।

चन्द समेत फरार कैदी मध्ये ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसैबीच कारागार सुरक्षामा लापरवाही गरेको भन्दै जेलर धनबहादुर चन्द, प्रहरी नायव निरीक्षक भीमबहादुर बम तथा प्रहरी जवानहरु कृष्ण महट्टा, सोनु बिक, सुरेश धामी र रवीन्द्रबहादुर शाहीलाई निलम्बन गरिएको छ । गृहमन्त्रालयले छानवीनका लागि सहसचिव शंकर कोइरालाको नेतृत्वमा गठन गरेको टोलीले बुधबारबाट छानवीन सुरु गर्दैछ

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by