ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 29, 2009

संसद सुचारु गर्न माओवादीले हदैसम्मको लचकता अपनाउने

काठमाडौ, २०६६ आश्विन १३ - अवरुद्ध व्यवस्थापिका संसद सुचारु गर्न माओवादीले हदैसम्मको लचकता अपाउने निष्कर्ष निकालेको छ । मंगलबार अध्यक्ष पुष्पकमल दाहाल निवास नयाँबजारमा बसेकेा स्थायी समिति बैठकले उक्त निष्कर्ष निकालेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बैठकले पछिल्लो राजनीतिक समस्या र समाधानका लागि भइरहेकेा प्रयासको समिक्षा गरएको थियो । बैठकमा चाँडै बस्ने तीन दलका शिर्ष नेताहरुको बैठकमा पार्टीको भूमिकाको बारेमा समेत औनपचारिक छलफल भएको उनले बताए ।
स्थायी समितिको अर्को बैठक आगामि शुक्रबार बस्ने नेता श्रेष्ठले जानकारी दिए । 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by