ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 3, 2009

सहमति नभए विद्रोहबाट सत्ता कब्जा गर्छौं : बाबुराम

चितवन, असोज १७ (नागरिक)- एकिकृत माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराईले दलबीच सहमति नभए विद्रोह गरेरै सत्ता कब्जा गर्ने बताएका छन्। दलबीच सहमतिका लागि छलफल भैरहे पनि निष्कर्षमा पुग्ने सम्भावना कम रहेको भन्दै सहमति नभए विद्रोहबाटै सरकारमा जाने चेतावनी उनले दिएका हुन्। नवलपरासीको बेल्डियामा कार्यकर्ता भेटघाटमा बोल्दै माओवादी नेता भट्टराईले तिहार अघिसम्म पनि सहमति जट्न नसके विद्रोह निश्चित रहेको बताए। उनले भने- झिनो आशा छ सहमतिको तर दलहरुको अडानका कारण सहमतिको सम्भावना कम छ। 
दलहरुले माओवादीको नागरिक सर्वोच्चताको माग सम्बोधन गर्न नसकेकै कारण सहमतिमा ढिलाई भैरहेको बताउँदै उनले सो माग सम्बोधन नभए कुनै पनि अवस्थामा सहमति नहुने प्रष्ट पारे। नागरिक सर्वोच्चताअनुसार सेना राष्ट्रपति वा संसद कुन पक्षको अधिनमा हुने हो त्यसको स्पष्ट किटान गरी अन्तरिम संविधान संशोधन नगरे सहमतिको आधार नबन्ने भट्टराईले दाबी गरे। 

पुरानो सम्झौतामा माओवादी प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले अरु दललाई पनि सहमतिअनुसार चल्न आग्रह गरे। 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by