ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 1, 2009

झापाली कृषकहरु रबर खेतितर्फ आकर्षित

झापा १४ असोज (दैनिकी)

धान तथा अन्य बालीभन्दा बढी आम्दानी हुने भएपछि झापाली कृषकहरु रवर खेतीतर्फ आकर्षित हुन थालेका छन। कृषकहरुले धान, चियालगायतका बाली लगाउने खेतमा ती बाली छोडेर रबर खेति लगाउन थालेका हुन। अहिले संस्थागत रुपमा सामुदायिक वनहरुले समेत रबर खेति सुरु गरेको जिल्ला वन कार्यलय झापाले जनाएको छ।

विषेस गरी वनको खाली जमिनमा रबर खेति विस्तार गर्ने क्रम बढेको छ। झापाका ३ वटा सामुदायिक वन र दुई वटा निजी वनले व्यवसायिक रुपमा सुरु गरेको रबर खेतिबाट आम्दानी लिन थालेका छन। सुरुङ्गा गाउँ विकास समितमा रहेको जामुन वारी सामुदायिका वनले आठ हेक्टर जमिनमा लगाएको रबर खेतिबाट वाषिक ६ लाख रुपैया आम्दानी लिन थालेको समूहका अध्यक्ष परशुराम गिरी बताउछन।

झापाकै बुधबारे गाविसस्थित आदर्श नमूना सामुदायिक वनले ७ हेक्टर जमिन र धाइजनमा रहेको कालिका सामुदायिक वनले ३ हेक्टर जमिनमा रबर खेति लगाएका छन। २०४५ सालमा झापा शनिस्चरेका वीरमणी ढकालले परीक्षणका रुपमा जिल्लामै पहिले पटक रबर खेति सुरु गरेको र त्यसको सफलतासंगै ढकालले २० हेक्टर जमिनमा सो खेति विस्तार गरेको जिल्ला वन कार्यालयले जनाएको छ। 

रोपेको पाँच वर्ष पुगेपछि रबरको विरुवाले चोप उत्पादन गर्न थाल्ने र त्यही चोप बिक्री गरी आम्दानी हुने गर्छ। 
रबरको विरुवाले ३० वर्षसम्मलगातार चोप उत्पादन गर्ने जानकारहरु बताउछन। रुखबाट निस्केको चोप टिनको बटुकामा थापिन्छ।  चोपमा फेमिक एसिड नामका केमिकल मिसाइ एक भाग चोपमा दुइ भाग पानि हाली ट्रेमा राखिन्छ। ट्रेमा रखेको केही घण्टापछि चोप जम्छ र त्यसलाई मेसिनमा पेलेर पातलो बनाई केही दिन घाममा सुकाएपछि रबरको कच्चा पदार्थ तयार हुन्छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by