ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 30, 2009

माओवादीद्वारा वार्ता टोली गठन

काठमाडौँ, असोज १४ (नागरिक)- वर्तमान राजनीतिक गतिरोध टुंग्याउन एकीकृत नेकपा माओवादीले उपाध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ | नयाँबजारस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको बैठकले गठन गरेको वार्ता टोलीमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरु पोष्टबहादुर बोगटी, देव गुरुङ र नेत्रविक्रम चन्द सदस्य छन्।

माओवादीले गतिरोध अन्त्यका लागि संसदमा साझा प्रस्ताव लान सकिने विकल्प प्रस्तुत गरेको छ। मंगलबार बसेको स्थायी समितिको अनौपचारिक बैठकले गतिरोध अन्त्यका लागि 'अधिकतम लचकता' अपनाउने निर्णय गरेको थियो।

यसैबीच, तीन दलको बैठक भोलि बिहीबार हुने भएको छ। काँग्रेस र एमालेबीच आज बसेको बैठकले त्यस्तो निर्णय गरेको हो

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by