ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 29, 2009

कांगे्रस भावनात्मकरुपमा एकीकरण भएको छैनः कोइराला





पार्टीमा गुटबन्दी हुनु दुख विषय हो । र अमेरिकामा पनि जनसम्पर्क समितिमा पनि गुटबन्दी हुनु खतरा हो ।' 




न्युयोर्क, २०६६ आश्विन १३ - परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाली कांगे्रस भावनात्मक रुपमा एकता नभएको बताएकी छिन् । न्युयोर्कमा आयोजित कार्यक्रममा मन्त्री कोइरालाले अब भावनात्मकरुपमारुपमा
एकीकृत भइ प्रजातन्त्र संस्थागत गर्न कार्यकर्ताहरुलाई आपसी मदभेद त्यागेर एकता हुनुपर्ने बताएकी छिन् । उनले भनिन् 'पार्टीमा गुटबन्दी हुनु दुख विषय हो । र अमेरिकामा पनि जनसम्पर्क समितिमा पनि गुटबन्दी हुनु खतरा हो ।' उनले सबैसँग मिलेर काम गर्न आग्रह समेत  गरिन ।

आज नेपाली कांगे्रस कमजोर भएका कारण तराई कमजोर भएको उल्लेख गर्दै उनले नेपाली भनेर चिनाउने भन्दा पनि  जात विशेषले चिनाउने गरेकोमा मुलुक बचाउन  सबैबीच आपसी सदभाव र एकताको आवश्यकता औल्याइन् ।

न्युयोर्कमा बस्ने नेपाली कांगे्रसका कार्यकर्ताद्वारा आयोजित कार्यक्रममा उनले नेपालमा लगानी गर्नसमेत आग्रह गरिन ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by