ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, September 27, 2009

पक्राउपरेपछि सशस्त्र समूहका नेता राजधानी ल्याइने

काठमाडौ, २०६६ आश्विन ११ - गृहमन्त्रालयले शस्त्र समूहको केन्द्रीय नेता पक्राउ पर्नासाथ राजधानी पठाउन स्थानिय सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृमन्त्रालयको यस्तो निर्देशनपछि एक महिना यता पूर्वबाट सशस्त्र समूहका आधा दर्जन भन्दा बढी केन्द्रीय नेतालाई पक्राउ गरेर राजधानी ल्याइएको छ ।
इटहरीमा पक्राउ गरिएका किंरात वर्कस जनवादी पार्टीका केन्द्रीय सदस्य काइला खम्बु भनिने अजय कुमार राईलाई राजधानी ल्याइएको छ । 
पक्राउ परेपछि स्थानी प्रहरीले हिरासतमा राख्दा राजनैतिक दवाव पर्ने र कारबाही गर्न अप्ठेरो भएकाले उनीहरुलाई राजधानी ल्याइएको उच्च सुरक्षा अधिकारीले बताए ।
स्रोतका अनुसार विभिन्न मधेसवादी र प्रमुख राजनैतिक दलको आडमा सशस्त्र गतिविधिमा संलग्न भएकाले पनि पक्राउ गरिएपछि राजधानी ल्याइने छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by